प्रेमीसँग विवादका कारण धुम्बाराहीमा एक महिला मारिएकी छन्। विवादका क्रममा धकेलाधकेल हुँदा तेस्रो तलाको शौचालयको झ्यालबाट खस्दा ३५ वर्षीया ज्योत्सना तामाङ मारिएकी हुन्। प्रहरीले घटनालाई शंकास्पद भन्दै अनुसन्धानका लागि उनका प्रेमी प्रितम मानन्धरलाई पक्रेको छ।
वैदेशिक रोजगारीका क्रममा श्रीमान विदेशमा रहेका भारत दार्जिलिङकी मानन्धर धुम्बाराहीको प्रगतिटोलमा ७ वर्षीय छोरीसँगै बस्दै आएकी थिइन्। उनी राजधानीमा डेरामा बस्दै आएकी थिइन्। उनको अर्धनग्न शव सडक किनारमा खसेको अवस्थामा बुधबार बिहान फेला परेको थियो। खसेको स्थान शौचालयको झ्यालबाट सिधै तल पर्छ।

सडकमा महिलाको अर्धनग्न शव रहेको जानकारी आएपछि घटनास्थल पुगेको प्रहरी नजिकैको घरको तेस्रो तलामा पुग्यो। डेरामा पुग्दा उनको प्रेमी प्रितम सुतिरहेका थिए भने महिला साथी पवित्रा लिम्बु र छोरी अर्को कोठामा फेला परेका थिए। प्रहरीले प्रितमलाई पक्राउ गरी हत्या आशंकामा अनुसन्धान अगाडि बढाइरहेको छ।

महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख एसएसपी पुष्कर कार्कीले प्रारम्भिक अनुसन्धानमा प्रितमले धकेल्दा झ्यालबाट खसी ज्योत्सनाको मृत्यु भएको देखिएको जानकारी दिए। …अनुसन्धान गर्दा प्रारम्भिक रूपमा शंकास्पद देखिएकाले थप अनुसन्धान र कारबाहीका लागि पक्राउ गरिएको छ,' उनले भने।
प्रितम र पवित्राको बयान अनुसार रेस्टुरेन्ट व्यवसायी ३८ वर्षीय प्रितम मृतकको प्रेमी हुन्। श्रीमान रोजगारीका लागि विदेशिएपछि २ महिनाअगाडि यी दुईबीच सम्बन्ध बनेको थियो। पक्राउ आरोपीले प्रहरीलाई दिएको बयानअनुसार २ महिनाअगाडि ज्योत्सनाको व्यावसायिक साझेदार रञ्जु थापामार्फत ज्योत्सना र प्रितमको भेट भएको थियो। यो बीचमा ज्योत्सनाको सम्बन्धविच्छेद भइसकेको थियो।
प्रितमको भाटभटेनीस्थित एटिक रेस्टुरेन्टमा आउजाउ क्रममा दुईको सम्बन्ध घनिष्ठ भयो र कोठामा आउजाउ सुरु भयो। प्रितम हप्ताको एक पटक ज्योत्सनाको धुम्बाराही डेरामा जान्थे। प्रितमको बयानअनुसार कोठामा मदिरा पिएर रमाइलो गर्थे।
मंगलबार रेस्टुरेन्ट बन्द गरेपछि प्रितम बेलुका साढे १० बजे ज्योत्सनाको डेरा पुगेका थिए। कोठामा ज्योत्सनासँगै उनकी साथीसमेत थिइन्। प्रहरीका अनुसार यी तीनै जनाले बेलुका साढे १२ बजेसम्म मदिरा पिएका थिए।
मध्यरात भएपछि ज्योत्सनाकी साथी छोरीसँग सुत्न कोठातिर लागिन्। प्रितम र ज्योत्सना अर्को कोठामा गए। प्रहरीले प्रितमको बयानका आधारमा दिएको जानकारी अनुसार कोठामा यी दुवैबीच शारीरिक सम्पर्क भयो। उनीहरु कोठाबाट लिभिङ रुममा फर्किए।
मदिराले लट्ठ ज्योत्सनाले प्रितमलाई ट्वाइलेटमा पुनः यौन सम्बन्ध राख्न आग्रह गरेपछि दुवै शौचालय गए। प्रहरीका अनुसार ज्योत्सनालाई प्रितमले विवाहको आश्वासन दिएका थिए। ज्योत्सनालाई प्रितमको अर्को महिलासँग समेत घनिष्ठ सम्बन्ध रहेकोमा शंका थियो।
शौचालयमा ज्योत्सनाले सोही प्रसंग निकाल्दा दुईबीच झगडा भयो। धकेलाधकेलका बीच ग्रिल नभएको शौचालयको झ्यालबाट उनी तल झरिन्। ज्योत्सना शौचालयको झ्यालबाट सडकमा झरेपछि प्रितम कोठामा आए र सुते।
बिहान ज्योत्सनाकी महिला साथीले उनलाई नदेखेपछि प्रितमलाई सोधिन्। उनले थाहा छैन भनेका थिए। बिहान होहल्लापछि प्रहरी कोठामा आएर ज्योत्सनाबारे सोधेपछि मात्रै उनी झ्यालबाट खसेको चाल पाए।
प्रितमले धकेलाधकेलका क्रममा ज्योत्सना आफैं झ्यालबाट खसेको दाबी गरे पनि प्रहरीले हत्या भएको आशंकामा उनलाई हिरासतमा राखेको छ। धकेलाधकेलका क्रममा उनी झरेको हो भने तत्काल अस्पताल लैजानुपर्नेमा सुतेकाले प्रितमले हत्या गरेको प्रहरीको आशंका छ। उनले अत्यधिक मदिरा पिएकाले ज्योत्सना झ्यालबाट खसेको यादै नभएको दाबी गरेका छन्।
भिडियो