चितवन-भारतबाट गहना र अमेरिकन पेस्तोल चोरेर आएको आरोपमा दैलेखका प्रकाश थापालाई चितवन प्रहरीले गिरफ्तार गरेको छ। शंकर पनि भनिने दैलेख नारायण नगरपालिका वडा नं. १ का २७ वर्षीय थापाले भारत अमृतसरका अमर एकवाल सिंह भिण्डरको घरमा चोरी गरेको चितवन प्रहरीले जानकारी दिएको छ। थापा उनको घरमा काम गर्न बसेका थिए।
फागुन १२ गते उनी चोरी गरेर नेपाल छिरेको विवरण प्रहरीलाई प्राप्त भएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए। उनले चोरी गरेर ल्याएको भनिएका समानहरु चैत्र १४ गते भरतपुर १० मा रहेको एउटा घरको कोठामा फेला परेको उनले बताए।
'दैलेखमा उनी पक्राउ परेपछि भरतपुरमा लुकाएको बयान दिएको आधारमा हामीले समानहरु बरामद गरेको हो' चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) राजन अधिकारीले भने। उनले चोरी गरेको भनिएको एक थान सिक्सर र त्यसमा प्रयोग हुने २३ राउण्ड गोली बरामद भएको छ।
त्यस्तै सुन, चाँदी, हिरा, मोती जडित गरगहना र तीनवटा घडी पनि प्रहरीले बरामद गरेको छ। सवै समानहरुको मुल्य १० देखि १५ लाख रुपैयाँसम्म पर्ने डिएसपी अधिकारीले बताए। थापा विरुद्ध हातहतियार तथा खरखजना ऐन अन्तर्गत मुद्दा दर्ता गरिने उनले जानकारी दिए। सो अपराध ठहर भएमा तीनदेखि पाँच वर्ष कैद, ६० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुन्छ।