वल्लोपल्लो, तल्लोमाथ्लो...सबै ध्वस्त!
२८ वैशाख २०७२
•
११ मिनेट पाठ
वल्लोपल्लो, तल्लोमाथ्लो...सबै ध्वस्त!
वैशाख १२ गते गएको महाभूकम्पको ७२ घण्टा नबित्दै हामी सिन्धुपाल्चोक पुगेका थियौँ। भूकम्पले तेस्रो दिन पनि स–साना झट्का दिइरहेको थियो। डर र त्रासबीच हामीले धुलिखेल हुँदै चौतारासम्म पुग्ने योजना बनायौँ। अगाडि बढ्दै जाँदा बाटोमा पहिरोहरू खसेको थिए। गाडी चलाउन मिल्नेसम्म पहिरो भने पन्छाइएको थियो।




सिन्धुपाल्चोक टेक्नेबित्तिकै बाटो वारिपारिका अधिकांश घर ध्वस्त देखिन्थे। साँघु चोक पुग्दा एउटा चारतले घर ध्वस्तै थियो। त्यहाँ वरपर थुप्रै मानिस थुप्रिएका थिए। त्यही भीडमा ६१ वर्षीया वृद्ध र उनका २८ वर्षीय छोरा रेशमलाल श्रेष्ठ पनि थिए। चारतले भवनमै पुरिएका थिए, ती वृद्धका बुहारी र नाति। अझै जिउँदै निकाल्ने आशमा उनीहरूका आँखा त्यही भग्नावशेषमा अडिएका थिए। डोजर नलाएका पनि होइनन्, तर डोजरले जिउँदै उद्धार गर्न नसकिने देखेपछि उनीहरू सरकारी उद्धारकर्मीको पर्खाइमा बसे। भरिएका आँखाले रेशमलाल भने एकनासले त्यही घरमा हेरिरहेका थिए। श्रीमती र छोराको जीवितै उद्धार हुने आशमा।

'मसँग कुनै शब्द छैन। के गर्ने/नगर्ने अन्योलमा छु। जिउँदै निकाल्न सके म पूर्ण हुने थिएँ। उनीहरूबिना मेरो जीवन अधुरो हुनेछ,' उनी भन्दै थिए। उनका बुबा बुहारी र नातिबिना बाँच्न नसकिने बताउँदै तेस्रो दिनसम्म पनि सरकार नआएकोमा दुखेसो पोख्दै थिए। 'सबै बर्बाद भयो। हाम्रो देशमा सरकारै छैन। मरे सबै प्रशासन,' उनी भन्दै थिए, 'घर छैन, बास छैन, त्रिपाल छैन। सरकारै मरिसक्यो यो देशमा।'

पाँचौँ दिन पुनः सोही ठाउँ पुग्दा नेपाली सेनाका जवानहरू घरको भगनावशेष हटाउँदै थिए। सोहीबीच ती वृद्धका बुहारी र दुई नातिको मृत शरीर फेला परे। छोरासँगै ती वृद्ध पनि मुर्छा परे।

होस खुलेपछि भरिएका आँखा पुछ्दै भने, 'बरु मरेको भए हुन्थ्यो। यो सब देख्न त पर्दैनथ्यो।'

'यो देशमा मन्त्री छैन, माननीय छैन, सरकार छैन। सबै मरे,' उनी आक्रोश पोख्दै थिए, 'बुहारी मरी। नाति मर्यो।। म किन बाँचेँ? मरेको भए हुन्थ्यो। दैवले मलाई किन लगेन?'

त्यस्तै दयनीय अवस्था थियो, सानो सिरुबारीको दुलाल गाउँमा। सबै घर ध्वस्त थिए। घरमा बचेका समान निकाल्न व्यस्त थिए पीडितहरू। भगनावशेषका बीच उनीहरू धानको भकारी खोजिरहेका थिए।

'अचानक आयो र घर ध्वस्तै भयो। घरबाट बाहिर निस्किने मौका नै मिलेन,' एक स्थानीयले भने, 'खाने, बस्ने व्यवस्था केही छैन। पानी खाएर बसेका छम्। अहिलेसम्म कोही आएको छैन।'

त्यहाँबाट पाँच सय मिटरअगाडि ठूलो सिरुबारीको हालत पनि उस्तै थियो। घरहरू ध्वस्त थिए। जसोतसो स्थानीयहरूले शव निकालेका थिए। तर चौपायाहरूको शव भने अझै निकाल्न सकेका थिएनन्। वरपर दुर्गन्ध फैलिएको थियो।

श्रीमती र सबै छोराछोरी घरमै पुरिएको खबरपछि मुस्ताङबाट तेस्रो दिन घर आइपुगेका थिए, रेशम गिरी। ध्वस्त घर अगाडि नियालेर बसिरहेका उनले भने– 'श्रीमती, छोराछोरीलाई अन्तिमपटक यहीँ देखेको थिएँ। अहिले उनीहरूका लाश देख्नुपर्योे। दैवले परिवारै लग्यो। अब न परिवार छ, न बस्ने घर। के गरेर बस्नु यो संसारमा?' सँगै रहेका उनका दाजु भने बुहारी र भतिजाभतिजीलाई बचाउन नसकेकोमा दु्ःखी थिए। भन्दै थिए, 'आफू त लंगडो मान्छे। राम्रोसँग हिँड्न सक्दिन। भाइको जहान बचाउन सकिनँ। संसारै सबै डुबिगो। वल्लो घर, पल्लो घर, तल्लो घर, माथ्लो घर सबै गइगो। काँ बस्ने? मर्ने त मरिगए बाँच्नेलाई पो सकस। कि मरिजान पाए यो देख्नै पर्थेन।'

०००

सिन्धुपाल्चोकको सदरमुकाम चौतारा जाने बाटोमा पर्छ जल्केनी। त्यहाँ एक हुल युवा राहतको पर्खाइमा बसेका थिए। उनीहरू खान नपाएर मर्न थालेको बताइरहेका थिए। 'खान नपाएर मर्न लागियो,' राजकुमार गिरी भन्दै थिए, 'चौपायाको दुर्गन्धले पनि मरेतुल्य बनाएको छ।' नेपाली सेना, सशस्त्र प्रहरी र गैरसरकारी संस्थाका गाडीहरूलाई उनीहरूले त्यहीँ रोकेर राखेका थिए। मान्छेको उद्धारभन्दा पनि गाँस, बास, कपास चाहिएको भन्दै उनीहरूले ती गाडी रोकेका थिए।

'घरघरका शव आफैँ निकाल्यौँ, सेना, प्रहरी नाक थुन्दै आउँछन्। उद्धार गर्न आएको रे! खोइ गनाएको ठाउँको शव निकालेको?' राजकुमारले प्रश्न गरे। उनीहरूले सरकारलाई सेना र प्रहरीभन्दा पनि राहत पठाइदिन आग्रह गरे। 'हामीलाई सुत्नको लागि पाल चाहिएको छ। खानेकुरा चाहिएको छ,' उनले भने, 'हामीलाई सेना, प्रहरी होइन, राहत पठाइदेऊ!'

सिरुबारीको जस्तै हालत अरनिको राजमार्ग आसपासका गाउँमा पनि देखियो। बलेफी, लामो साँघु, बाह्रबिसेजस्ता राजमार्गका मुख्य बजार नै ध्वस्त भएका छन्। हजारौँ परिवार खुला आकाशमुनि बस्नुपरेको छ। न यहाँ सरकारको उपस्थिति देखिएको छ, न कुनै संघसंस्थाकै। खान, बस्न र ओढ्न केही नभएको लामोसाँघुका भूकम्प पीडित बिपिनकुमार चौधरीले बताए। पानी पर्दा भिजेर बस्नुपरेको उनले बताए।

आफ्नो अवस्था निकै नाजुक भएको राजकुमार बुढाथोकीले बताए। उनले राजधानीदेखि दुई घण्टाको बाटोमा पर्ने लामो साँघुमा कोही नआउँदा खिन्न माने– 'काठमाडौँदेखि दुई घण्टामा लामो साँघु पुग्न सकिन्छ। तर, खोइ अहिलेसम्म न सरकारको उपस्थिति छ, न कुनै संघसंस्थाकै।' पार्टीका नेताहरू झन्डा बोकेर आउने गरेको उनले बताए। त्यस्ता नेतालाई झन्डा नभएर राहत बोकर आउन उनले आग्रह गरे। राहत पीडितले पाउनुपर्नेमा नेताहरूले आफ्ना पिछलग्गुहरूलाई बाँडेको सुन्दा उनी दुःखी छन्। 'यस्तो पीडाको बेला पनि नेताहरू भोकसँग राजनीति गर्दै छन्। धिक्कार छ त्यस्ता नेताप्रति,' उनले भने।

०००

बाह्रबिसेको हालत पनि उस्तै थियो। पुरानो बजार ध्वस्तै थियो। प्रहरीले शवहरू निकाल्न सकेको थिएन। बाटा छेउका बजारमा भने घरहरू ठडिएकै देखिन्थे। तर नचर्केका कुनै घर थिएनन्। प्रहरी निरीक्षक मन्जिल गुरुङले सीमित स्रोतसाधनका बीच काम गर्नुपरेको बताए। उपकरणकै अभावमा शवहरू झिक्न नसेकको उनले स्विकारे।

उनका अनुसार बाह्रबिसेदेखि तातोपानीसम्मको नाका अवरुद्ध हुँदा त्यस वरपरका गाउँहरूसँगको सम्पर्क टुटेको थियो। त्यस वरपर ठूलो मात्रामा हताहत भएको हुनसक्ने अनुमान गुरुङको थियो। 'बाह्रबिसेमाथिको अवस्था नाजुक छ,' उनले भने।

०००

बाह्रबिसेसँगै बग्ने भोटोकोशीको कलकल अवाज आइरहेको थियो। नदी किनारसँगैको स्वास्थ्य शिविरमा थिए, मनमाया गुरुङ र रञ्जिता गुरुङ। उनीहरू दुवै बाह्रबिसेको माथ्लो गाउँबाट आएका थिए। दुवैका छोरा भूकम्पबाट घाइते भएपछि उपचारका लागि दिनभरि हिँडेर बाह्रबिसे झरेका थिए। 'बल्लतल्ल छोराको उद्धार गर्न सकेँ। गाउँमा उपचार गर्ने केही नभएपछि बाह्रबिसे झरेको हुँ,' मनमायाले भनिन्, 'माथिको गाउँमा हालत खराब छ। सबै घर ध्वस्त छन्। न त्यहाँ राहत पुगेको छ, न कोही मान्छे नै उद्धारका लागि पुगेका छन्।'

ती दुवैका छोरा पाउरोटी खाइरहेका थिए। उनीहरू आफैँ भने भोकै पेट बस्नुपरेको बताए। 'बजार भन्नुमात्र हो। हामी भोकै बसेर छोरालाई जसोतसो खान दिइरहेका छौँ,' मञ्जिताले भनिन्, 'राहतको नाममा कसैले केही दिएको छैन।'
अर्को समाचार
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
०८ मंसिर २०८३
•
३ मिनेट पाठ
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
चीनको एक चिडियाखानामा रहेको मोटो चितुवा यतिबेला इन्टरनेटमा चर्चित बनेको छ। 




डिज्नीको चर्चित फिल्म ‘जुटोपिया’को गोलो अनुहार भएको चितुवा पात्र अफिसर बेन्जामिन क्लाउहाउजरसँग मिल्दोजुल्दो देखिएपछि यो चितुवा हेर्न मानिसहरूको भीड लाग्न थालेको हो।

दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तस्थित पान्झिहुआ सहरको चिडियाखानामा रहेको यो चितुवालाई ‘पान बाओबाओ’ नामले चिनिन्छ। मोटो शरीरका कारण सामाजिक सञ्जाल प्रयोगकर्ताले उसलाई ‘अफिसर चितुवा’ उपनाम दिएका छन्।

चितुवा हेर्न चिडियाखाना पुगेका मानिसहरूले उसका तस्बिर र भिडियो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन्। धेरैले उसको मोटो शरीर देखेर रमाइला टिप्पणी गरेका छन्।

एक आगन्तुकले ‘अफिसर चितुवा अझै पनि तौल घटाउन सफल भएनछ!’ भन्दै ठट्टा गरेका छन्। कतिपयले उसलाई केही समय खाना नदिन सुझाव दिएका छन् भने केहीले उसको शरीर मात्र होइन, शरीरका धब्बासमेत गोलाकार देखिएको भन्दै मजाक गरेका छन्। केहीले त अब उसलाई आफूहरूले सजिलै उछिन्न सक्ने टिप्पणीसमेत गरेका छन्।

तर, चिडियाखानाका कर्मचारीले भने चितुवाको उमेर र स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उसको तौल घटाउने योजना नरहेको बताउँछन्।

‘ऊ बूढो हुँदै गएको छ। त्यसैले अहिले तौल घटाउनु उचित हुँदैन। उसको अहिलेको अवस्था कायम राख्दै स्वस्थ राख्नु हाम्रो प्राथमिकता हो,’ चिडियाखानाका एक कर्मचारीले जिउपाई न्युजलाई बताएका छन्।

उनले वृद्ध मानिसको छाला खुकुलो हुँदै गएजस्तै चितुवाको शरीरमा पनि उमेरसँगै परिवर्तन आएको बताए। ‘यो अवस्थामा उसले पर्याप्त खाना पाएको सुनिश्चित गर्नुपर्छ। खानाको गुणस्तरमा पनि कुनै सम्झौता गर्न चाहँदैनौँ,’ उनले भने।

कर्मचारीका अनुसार पान बाओबाओले दैनिक आधा किलोभन्दा बढी गाईको मासु खान्छ। सन्तुलित आहारका लागि उसको खानामा कुखुराको मासु पनि समावेश गरिएको छ।

केही समयअघि चितुवाको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणमा उसको स्वास्थ्य अवस्था राम्रो देखिएको र तौलमा पनि खासै परिवर्तन नभएको कर्मचारीले बताएका छन्।

अहिले उसको तौल नियमित रूपमा नाप्न केही कठिन हुने गरेको छ। तर, तौल स्थिर रहेको र उसको मुड राम्रो रहेको अवस्थामा चिन्ता गर्नुपर्ने अवस्था नरहेको कर्मचारीको भनाइ छ।

इन्टरनेटमा चर्चित बने पनि चितुवाको चिडियाखानाभित्रको दैनिकी भने निकै आरामदायी छ। ऊ खाने, सुत्ने र कहिलेकाहीँ आफ्नो खोरमा यताउता घुमेर शरीर तन्काउने गर्छ।

उसलाई अलि बढी सक्रिय बनाउन खोरभित्र खेल्ने बलसमेत राखिएको छ। ‘उसले खेल्न र केही शारीरिक गतिविधि गर्न सकोस् भनेर खोरभित्र एउटा बल राखेका छौँ,’ एक कर्मचारीले भने।

चितुवाको चर्चा बढेपछि चिडियाखानाले उसको बस्ने ठाउँसमेत विस्तार गरेको छ। छेउको अर्को बासस्थानसँग छुट्याउने बार र तारको जाली हटाएर उसको खोर ठूलो बनाइएको हो।

यससँगै उसको बस्ने क्षेत्रफल ४५ वर्गमिटर पुगेको छ। यो पहिलेको भन्दा दोब्बर हो। चिडियाखानाले गरेको सुधारपछि उसले फराकिलो ‘एक बेडरुमको अपार्टमेन्ट’ जस्तै ठाउँ पाएको जिउपाई न्युजले जनाएको छ।

चितुवाको उमेर र स्वास्थ्य अवस्थाबारे थाहा पाएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि उसको तौल घटाउन दबाब दिन नहुने बताए। उनीहरूले बाँकी जीवन आरामसँग बिताउन दिनुपर्ने सुझाव दिएका छन्।

एक प्रयोगकर्ताले ‘ऊ बूढो हुँदै छ, त्यसैले प्रकृतिलाई आफ्नै गतिमा अघि बढ्न दिऔँ!’ भन्दै लेखेका छन्। अन्यले उसको चम्किलो र राम्रोसँग स्याहार गरिएको रौँको प्रशंसा गर्दै ‘मोटो भए पनि निकै जवान देखिन्छ!’ भनेर टिप्पणी गरेका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस