पाल्पा—महाभूकम्पले भत्केको सिन्धुपाल्चोकको जेलबाट फरार भएका एक कैदी पक्राउ परेका छन्। आफ्नै दाईको हत्या गरेको अभियोगमा २० बर्ष कैद सजाय पाएका तानसेन प्रभास ११ का २५ वर्षीय सुजन कोइरालाई प्रहरीले रुपन्देही जिल्लामा पक्राउ गरेको हो।
उनी जिल्ला कारागार सिन्धुपाल्चोकमा कैद सजाय भोग्दै आएका थिए। २०७२ बैशाख १२ गते गएको महाभूकम्पमा जिल्ला कारागार सिन्धुपाल्चोकको कारागार भत्किएपछि उनीसहित केही कैदी, बन्दीहरू भागेका थिए।
सुजनले अरु दुई जनासमेतको मिलेमतोमा आफ्नो दाइ सुदिप कोइरालाको हत्या गरेर पाल्पा–बुटवल सडक खण्डको मस्याम गाविस–४ केराबारी भिरमा फालेका थिए। जिल्ला अदालत पाल्पाले उनलाई २०७० माघ २९ गतेको फैसलामा २० बर्षको जेल सजाए सुनाएको थियो।
प्रहरी नायव निरीक्षक प्रकाश सिंखडाको टोलीले बुधबार लुकिछिपी बसेको अवस्थामा रुपन्देही जिल्ला देविनगरबाट प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यलय पाल्पाका प्रहरी प्रमुख डिएसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए।