बैतडी-चितुवाको हड्डी र छाला सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी नायव निरिक्षक वीरेन्द्र जोहारीको नेतृत्वको क्षेत्रीय अनुसन्धान टोली महाकालीले सिगास–४ का ४१ बर्षिय दानसिंह धामीलाई पक्राउ गरेको हो।
आइतबार बिहान साढे दश बजे सिद्धपुर–४ पल्लो हतासमा ७ फिट ९ ईन्च लम्बाई र ४ फिट ११ इन्च चौडाई भएको एक थान छाला र ४ किलो ८ सय ग्राम चितुवाको हड्डी सहित धामीलाई पक्राउ गरिएको जोहारीले बताए।
बरामद गरिएको छाला र हड्डी सहित धामीलाई आवश्यक कार्वाहीको लागि जिल्ला बन कार्यालयमा बुझाइएको छ।
पक्राउ परेका धामीलाई राष्टि्य निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को विरुद्धको अपराध अनुसार कार्वाही गरिने जिल्ला बन कार्यालयका निमिक्त जिल्ला बन अधिकृत अमर बुलनले बताए।