काठमाडौं— काठमाडौंका प्रहरी सोमबारदेखी रहस्यमा जेलिएको नरेफाँट हत्या घटनाको अनुसन्धानमा केन्द्रीत छन्। महानगरीय प्रहरी अपराध महशाखा, महानगरीय प्रहरी अनी बानेश्वर बृत्तका प्रहरीका लागी केस सुल्झाउन चुनौती बनेको घटना हो काठमाडौं नरेफाँटमा फेला परेको शबको टुक्राले भरिएको २ वटा सुटकेस।अनुसन्धानका प्रारम्भिक प्रमाण पहिचान खुलाउनै मुस्किल पर्ने सुटकेसमा भेटिएका शबको टुक्रा, शबलाई बेर्न प्रयोग भएका प्लास्टिक अनी शब राख्न प्रयोग गरिएको सुटकेस मात्रै छन् । मृतकको पहिचाननै चुनौतीपूर्ण बनेको घटनामा संलग्नको खोजीतिर प्रहरी केन्द्रीत भए पनि अनुसन्धान शुरु भएको २४ घन्टा उपलब्धीमुलक भने छैन ।
सोमबार नरेफाँटको निर्माणाधिन ढलको अनुगमनमा खटिएका सरकारी प्रतिनिधिको शंकाको आधारमा ढलभित्र छिर्दा प्रहरीले मानव अङगले भरिएको सुटकेस फेला पारेका थिए । सोमबार विहान काठमाडौं उपत्यका खानेपानी लिमिटेडका सर्वेयरहरु १९ विघा खेलमैदान नजिकै रहेको नयाँ ढलको अवस्था जाँच्न गएका थिए । ढल निर्माणको गुणस्तर जाँच्नका लागी उनीहरुले मंगल खोल्दा ह्वास्स मासु कुहिएको गन्ध आएपछि उनीहरुले प्रहरीलाई खवरगर्दा त्यहाँभित्र मानव अंगले भरिएको खैरो रंगको सुटकेस फेला परेको थियो ।
मनोहरा र हनुमन्तेखेलाको दोभानको १९ विगाह भन्ने स्थानमा रहेको निर्माणाधिन ढलको मंगलभित्र मंगलबार प्रहरीले उस्तै प्रकृतीको अर्को सुटकेस फेला पा¥यो, जसमा सोमबार फेला परेको शबका बाँकी अङगहरु थिए ।
प्रहरीले घटनास्थलमा फेला परेको सुटकेस र घटनास्थल वरीपरीबाट अनुसन्धालाई अगाडि बढाउन सक्ने कुनै संकेत फेला पार्न सकेको छैन । अनुसन्धान शुरु भएको २४ घन्टामा मृतक ब्यक्ति पुरुष भएको र उसको अन्दाजी उमेर ३० वर्षमाथीको हुनसक्ने खुले पनि शब कसको हो भन्ने खुल्न सकेको छैन ।
सोमबार फेला परेको सुटकेसमा कुशल ढंगले प्याक गरिएको शबका टाउको, हात, खुट्टा लगायतका अङगहरु फेला परेका थिए । मंगलबार प्रहरीले सोही स्थानमा जाँचगर्दा उस्तै प्रकृतीको दोस्रो सुटकेस फेला प¥यो ।
ढलभित्रको भागमा अझै केही हुनसक्ने आशंकामा मंगलबार प्रहरी टोली पुन त्यही पुगेको थियो । ढलको भित्री भागमा पुग्दा उस्तै प्रकृतीको अर्को सुटकेस फेला परेपछि खोलेर हेर्दा त्यसमा पनि सोमबार फेला परेको सुटकेसमाझै पोको पारिएको अवस्थामा मानव अङग फेला परे ।
घटनास्थलमा पुगेका महानगरीय प्रहरी बृत्त बानेश्वरका डिएसपी दानबहादुर कार्कीका अनुसार सुटकेसभित्र तीन तहमा प्याक गरिएको अवस्थामा शबका टुक्रा फेला परेका थिए । पहिलो तहमा बोराले बेरिएको थियो । त्यो खोल्दा फेरी सेतो बोराले बेरिएको थियो । त्यो बोरा निकाल्दा सेतो प्लास्टिकले बेरिएको टाउको, हात, खुट्टा लगायतका शरिरका अंग फेला परेका थिए ।
शब गन्हाउन थालिसकेकाले एक साता अगाडिनै हत्या गरी सुटकेस ढलमा राखेको प्रहरीको निष्कर्ष छ । सुनसान स्थानमा रहेको प्रयोगमा आइनसकेको ढलको चयन, शबको टुक्राहरुको कटाईका आधारमा प्रहरी घटनामा शब काट्ने ज्ञान भएको ब्यक्ति संलग्न रहेको र समुहनै मिलेर हत्या भएको निष्कर्ष नजिक पुगेको छ ।
डिएसपी कार्कीका अनुसार फेला परेको शबको टुक्रा पुरुषको भएको र उमेर ३० वर्ष माथीको देखिए पनि सो शब कसको हो भन्ने अनुमान गर्न सकिने अवस्था समेत छैन अहिले ।
प्रहरीमा परेको मानिस हराएको सूचना भेला पारी त्यसमा उल्लेख हुलिया फेला परेको शबसँग मिलाउँदा त्यस्तो ब्यक्ति हराएको सूचना फेला परेको छैन । प्रहरी अहिले उपत्यकाका तीन जिल्ला र छिमेकी जिल्लाका प्रहरी कार्यालयमा मानिस हराएको बारे परेको निवेदन भेला पार्न सक्रिय छ ।
'घटनाको प्रकृतीले एक भन्दा बढी ब्यक्तिको संलग्नतामा सो घटना भएको हो भन्नेमा आशंका रहेन' डिएसपी कार्कीले भने' शबको अवस्थाले मृतक पहिचान गर्न सकिएको छैन, अहिले हामी उपत्यकाकाभरीका प्रहरी कार्यालयमा हराएको निवेदनको विवरण संकलनमा केन्द्रीत छौं ।'
यो विचमा राजधानीमा थुप्रै हत्याका घटना भए । तर, यत्ति क्रुर घटना ६ वर्ष अगाडि घटेको थियो । नरेफाँटमा फेला परेको शबको अवस्था र घटनाको प्रकृती ६ वर्ष अगाडि राजधानीमा भएको ख्याती श्रेष्ठको हत्याकान्डसँग मिल्दोजुल्दो छ ।
२०६६ जेठ २२ मा विज्ञानका शिक्षक बिरेन श्रेष्ठ र उनकी विद्यार्थी मेरिना मानन्धरले अनामनगर बस्ने ख्यातीको अपहरणपछी नयाँ बजारमा रहेको कोठामा लगेर हत्या गरेर नरेफाँटकै शैलीमा उनको शब व्यवस्थापनको असफल प्रयास गरेका थिए ।
घटनाको १४ औं दिनमा श्रेष्ठ पक्राउ परेपछि प्रहरीले उनको जानकारीको आधारमा ख्यातीको शबका टुक्राहरु फेला परेका थिए ।
ललितपुरको सैबू क्षेत्रमा ख्यातीको शरिरको मुख्य भाग, चीतवनमा हातखुट्टा र मुड्कुमा हातखुट्टा फेला पारेको थियो । असार ६ गते पक्राउ परेका यी दुबै अहिले ख्याती हत्या अभियोग पुष्टीसँगै आजीवन कारागार भोगिरहेका छन् ।