काठमाडौं- वैशाख १२ को शक्तिशाली भूकम्पलगत्तै ठूलो जनशक्ति उद्धार र राहतमा खटाउनुपरेकाले मुलुकभर आपराधिक घटना बढ्ने विश्लेषण सुरक्षा संगठनको थियो। सोहीअनुसार सुरक्षा व्यवस्था मिलाइएको पनि थियो।
ठूला विपत आएका प्रायः सबै देशमा खोजी, उद्धार र राहतभन्दा सबैभन्दा ठूलो चुनौती कानुनी व्यवस्था कायम गर्नु नै देखिएको पनि थियो। लुटपाट, बलात्कार, हत्या, वित्तीय संस्था तथा ठूला घरमा आक्रमण र डकैतीका घटना यस्तो अवस्थामा बढ्ने अनुमान प्रहरीको थियो।
कानुनी व्यवस्था कायम गर्ने जिम्मेवारी पाएको नेपाल प्रहरीको ७५ प्रतिशत जनशक्ति भग्नावशेषमा पुरिएकाको खोजी र उद्धार तथा राहत वितरणमा खटिएको थियो।
अपराध अनुसन्धानको क्षेत्राधिकार तोकिएको केन्द्रीय अनुसन्धान ब्युरो, अपराध अनुसन्धान विभाग, महानगरीय प्रहरी अपराध महाशाखाबाहेकका प्रहरी कार्यालयमा कार्यालय सञ्चालनका लागि चाहिने जनशक्तिमात्रै छाडिएको थियो।
भूकम्पबाट कम प्रभावित जिल्लाका प्रहरीलाई बढी प्रभावित १४ जिल्लामा खटाइएको थियो। यस्तो अवस्थामा नियन्त्रण गर्नै नसक्नेगरी अन्य अपराध बढ्ने पो हो कि भन्नेमा प्रहरी अधिकारी चिन्तित थिए।
दैवी विपत्तिलगत्तै देशभर खाद्यान्नलगायत वस्तुको अभाव हुने भएकाले डकैती र लुटपाटका घटना बढ्ने गरेको अनुभवका आधारमा प्रहरी प्रधान कार्यालयले तत्काल ठूला मल, खाद्यगोदाम रहेका क्षेत्रमा प्रहरी खटाइसकेको थियो।
अनुकम्पनको निरन्तरता कायमै रहँदा रित्तो भएको बस्तीमा चोर पस्ने भयले रात्रिगस्ती पनि बढाइयो। शिविरमा बसेका महिला र बालबालिका यौन उत्पीडन र बलात्कारको सिकार हुनसक्ने भयले प्रहरीको संख्या थपियो।
पूर्व एआइजी नवराज ढकालको विश्लेषणमा पनि यस्तो प्रकृतिको विपतपछि सबैभन्दा ठूलो समस्या कानुनी प्रबन्ध नै हो। 'यस्तो अवस्थामा खोजी, उद्धार राहत त छँदैछ, सबैभन्दा ठूलो चुनौती शान्ति–सुरक्षा कायम राख्नु हुन्छ,' उनले भने। तर, हाइटीलगायत अन्य देशले भोग्दै आएको कानुनी सुव्यवस्थाको ठूलो चुनौती नेपालले व्यहोर्नुपरेन। सामान्य अवस्थाको तुलनामा विपत्तिको दुई महिनामा गम्भीरदेखि सामान्य प्रकृतिसम्मको अपराध संख्या घट्यो।
सहरी क्षेत्रमा सामान्य चोरीका घटनाबाहेक ठूला लुटपाटका घटना भएनन्। राहत बाँड्न गएका टोलीको सामग्री केही स्थानमा जबर्जस्ती कब्जामा लिएका घटना सार्वजनिक भए पनि प्रहरीले विपतपछि आउनसक्ने सुरक्षा चुनौतीका रूपमा विश्लेषण गरेअनुसार कुनै मल फोरिएनन्, खाद्यगोदाम लुटिएनन्।
प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार विपतको बेला अपराध सामान्य अवस्थाको भन्दा कम छ। कालोबजारीको संख्या केही बढेको देखिए पनि फागुन, चैतको तुलनामा वैशाख–जेठमा अपराध न्यून छन्।
प्रधान कार्यालयले आइतबार सार्वजनिक गरेको फागुनदेखि जेठसम्मको तथ्यांकमा गम्भीर प्रकृतिका अपराधदेखि सार्वजनिक अपराधसम्ममा वैशाख र जेठमा सबैभन्दा कम घटना भए।
तथ्यांकअनुसार फागुन र चैतमा ९२ वटा हत्या भएका थिए, वैशाख–जेठमा यसको संख्या ७५ मा झर्यो । अघिल्लो दुई महिनामा १ सय ८ वटा हत्या प्रयासको घटना प्रहरीसम्म आएकोमा भूकम्पछिको दुई महिनामा यसको संख्या ९१ मात्रै छ।
भूकम्पपछिको अवस्थामा आत्महत्या, डकैती, अपहरण, ठगी, लागुऔषध, हातहतियार, मानव बेचविखन र बलात्कारका घटनासमेत उल्लेख्य घटेको छ।
फागुन–चैतमा १ सय ८५ वटा बलात्कारका घटना प्रहरीसम्म आइपुगेको थियो। खुला स्थानमा त्रिपालमा रहेको अवस्थामा केही बालिका बलात्कार भएको घटना सार्वजनिक भए पनि संख्यात्मक रूपमा भने वैशाख–जेठमा बलात्कार घटना कम छ। विपतको यो दुई महिनामा १ सय ४३ बलात्कारका घटना घटेका छन्।
अघिल्ला २ महिनामा ९४ वटा बलात्कार प्रयासका घटना प्रहरी कार्यालयमा दर्ता भएकामा वैशाख–जेठमा ८३ वटा घटना प्रहरीसम्म आइपुग्यो।
करिब ६ लाख उपत्यकावासी करिब एक महिना आफ्नो घर छाडेर खुला स्थानमा रात बिताए। यो अवस्थामा चोरीको घटना ह्वात्तै बढ्ने सुरक्षा अधिकारीकै विश्लेषण थियो। काठमाडौं र ललितपुरमा केही चोरीका घटना घटे पनि यस्ता घटनामा संलग्न ५० भन्दा बढी पक्राउ परे। मनोहराको मंगालमा सुटकेसमा प्याक पारेर फालिएको शव कसको भन्ने खुलेको छैन। उपत्यकामा अन्य हत्याका घटना भएन।
आखिर कसरी सम्भव भयो यो?
प्रहरी प्रवक्ता कमलसिंह बम भूकम्पप्रभावित जिल्लामा नयाँ सुरक्षा रणनीति कार्यान्वयनमा ल्याएर प्रहरी परिचालन बढाएको, सूचना एजेन्टको संख्या बढाउनु, केन्द्र तथा क्षेत्रीय प्रहरी कार्यालयबाट थप जनशक्ति परिचालन, गस्ती र निगरानी बढाउँदा सुरक्षा अवस्था बिग्रन नपाएको बताए।
'अस्थायी शिविरमा चौबिसै घन्टा निगरानी बढायौं, रित्ता बस्तीमा गस्ती बढायौं,' बमले भने, 'अपराध हुनसक्ने सम्भावित स्थान र क्षेत्रको पूर्वानुमान गरी पहिल्यै परिचालन बढाएका थियौं।'
कानुन पालना गराउने संगठनलाई त्यसैमा बढी प्राथमिकता दिने सरकारी निर्णय, शान्ति सुरक्षाको जिम्मेवारी भएको संगठनले सही समयमा सही रणनीति बनाउन सक्नु, भूकम्पबाट तर्सिएर ठूलो समूह भूकम्पप्रभावित जिल्लाको सहरी क्षेत्र छाडेर अन्यत्र जानु र आपतमा एक अर्कालाई सघाउने नेपालीको व्यवहारले विपतमा पनि शान्ति सुरक्षा खल्बलिनबाट जोगिएको सुरक्षा अधिकारीको विश्लेषण रहेको पूर्व एआइजी ढकाल बताउँछन्।
विपद्को अवस्थामा छिमेकीबीच बढेको स्नेह, एक अर्कालाई सघाउने नेपालीको मानवीय स्वभाव र प्रहरी संगठनले तत्काल बनाएको सुरक्षा योजनाले विपतको मौकामा अपराध गर्नसक्ने व्यक्ति र समूह निरुत्साही भएको उनको विश्लेषण छ।
डिएसपीको नेतृत्वमा रहेको जिल्लामा एसपी तहको प्रहरी अधिकारी खटाउनु, अस्थायी बासस्थानमा सामुदायिक प्रहरीको परिचालन बढाउनु, प्रभावित क्षेत्रमा एसएसपीलाई कमान्डसीप दिएर खटाउने निर्णयलाई उनी संगठन प्रमुखको बुद्धिमतापूर्ण निर्णय मान्छन्।
'मान्छे यति धेरै आत्तिए कि आपराधिक घटनामा संलग्न व्यक्तिसमेत सहर छाडेर आफ्नो क्षेत्रमा फर्किए, त्यसको प्रभाव पर्योत,' आपराधिक सूचना संकलनमा सामाजिक सन्जालको प्रयोग, केन्द्रबाट निरन्तर अनुगमन र सञ्चारमाध्यमको समेत सकारात्मक सहयोगले विपतमा शान्ति सुरक्षा भंगको नयाँ खतरा रोकियो।'