चार हजार नदिएको झोकमा अपहरण
२५ साउन २०७२
•
३ मिनेट पाठ
चार हजार नदिएको झोकमा अपहरण
काठमाडौं–बाबुसँगको लेनदेनको रिसमा ८ वर्षीय बालक अपहरण गरेको आरोपमा २ जना पक्राउ परेका छन् । ठेकेदारले ४ हजार रुपैंया नदिएको झोकमा उनको ८ वर्षीय छोराको अपहरण गरेको आरोपमा सुवाश शर्मा र बिबेक थिङ पक्राउ परेका हुन् । घटनामा संलग्न अर्का एक युवक भने फरार छन् ।जोरपाटीको नारायणटार बस्ने विवेक गिरीसँग थिङ, शर्मा र अर्का पप्पु कलवार काम गर्दै आएका थिए । गिरी घर बनाउनेलगायतका कामका ठेकेदार हुन् भने यी तीन युवा मजदुर । कलवारले काम गरेवापतको ४ हजार गिरीले नदिएपछि उनैले साथीसँग मिलेर उनको छोराको अपहरण गरी रकम असुल्ने योजना बनाएको देखिएको महानगरीय प्रहरी अपराध महाशाखाका डिएसपी रमेश थापाले जानकारी दिए ।




अनुसन्धान अधिकारीका अनुसार कलवारले ती बालकको अपहरणको योजना बुन्दै नारायणटारको बालकको डेराबाट गौरीघाटसम्म बालकलाई ल्याउने जिम्मा शर्मालाई दिए । बालकलाई राख्ने जिम्मा आफुले लिए ।

योजना अनुसार शनिबार शर्मा नारायणटार गएर विहान १० वजे ८ वर्षीय बालकलाई घुम्न जाने भन्दै फकाउँदै गौरीघाटसम्म ल्याएर कलवारको जिम्मा लगाए । कलवारले दिनभर बालकलाई गौरीघाट र पशुपति क्षेत्रमा घुमाएर बेलुका उनलाई पशुपतिको सत्तलमै सुताए । बालक कुर्न थिङ बसेका थिए ।

आइतबार विहान थिङले बालकलाई उठाएर सत्तलबाट कुमारीगालमा रहेको आफ्नो डेरामा ल्याएर राखेका थिए । उता कलवारले गिरीलाई फोन गरेर छोरा सकुशल चाहिने हो भने ७० हजार ल्याउनु भन्दै फोन गरेर धम्क्याएका थिए ।

बारम्बार फोन मार्फत धम्की आएपछि गिरीले प्रहरीलाई जानकारी गराए । अनुसन्धानका खटिएको टोलीले शर्मालाई पक्राउ गरेपछि बालक थिङको कोठामा रहेको खुलेपछि प्रहरीले आइतबार बालकको उद्धार गरी दुबै जनालाई पक्राउ गरेको थियो ।

डिएसपी थापाका अनुसार प्रारम्भिक अनुसन्धानमा काम गरेवापतको पैसा नदिएपछि अपहरणको योजना बनाइएको देखिएको बताए । थिङ र शर्मा पक्राउ परे पनि कलवार भने फरारै छन् । पक्राउ परेका दुबै युवालाई महाशाखाले थप अनुसन्धानका लागी महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाएको छ ।
अर्को समाचार
चार हजार नदिएको झोंकमा अपहरण
२५ साउन २०७२
•
३ मिनेट पाठ
चार हजार नदिएको झोंकमा अपहरण
काठमाडौं- बाबुसँग लेनदेनको रिसमा ८ वर्षीय बालक अपहरण गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। ठेकेदारले ४ हजार रुपैयाँ नदिएको झोंकमा उनको ८ वर्षीय छोरा अपहरण गरेको आरोपमा सुवास शर्मा र विवेक थिङ पक्राउ परेका हुन्। घटनामा संलग्न अर्का एक युवक भने फरार छन्।जोरपाटी नारायणटार बस्ने विवेक गिरीसँग शर्मा, थिङ र पप्पु कलवार काम गर्दै आएका थिए। गिरी घर बनाउनेलगायत विविध कामका ठेकेदार हुन् भने यी तीन युवा मजदुर। काम गरेवापतको मजदुरी ४ हजार रुपैयाँ गिरीले कलवारलाई नदिएपछि उनले शर्मा र थिङसँग मिलेर गिरीका छोराको अपहरण गरी रकम असुल्ने योजना बनाएको महानगरीय प्रहरी अपराध महाशाखाका डिएसपी रमेश थापाले जानकारी दिए।




अनुसन्धान अधिकारीका अनुसार कलवारले अपहरणको योजना बनाएर नारायणटारस्थित गिरीको डेराबाट गौरीघाटसम्म बालक ल्याउने जिम्मा शर्मालाई दिएको र राख्ने जिम्मा आफुले लिएका थिए।

योजनाअनुसार शनिबार शर्मा नारायणटार गएर बिहान १० बजे बालकलाई घुम्न जाने भन्दै फकाएर गौरीघाट ल्याई कलवारको जिम्मा लगाए। कलवारले दिनभर बालकलाई गौरीघाट र पशुपति क्षेत्रमा घुमाएर बेलुका पशुपतिको सत्तलमा सुताउँदा थिङ कुरुवा बसेको प्रहरीले जनाएको छ।

आइतबार बिहान थिङले बालकलाई सत्तलबाट कुमारीगालस्थित आफ्नो डेरामा लगेर राखे। उता कलवारले गिरीलाई फोन गरी 'छोरा सकुशल चाहिने भए ७० हजार ल्याउनु' भन्दै धम्क्याएका थिए।

बारम्बार फोनमार्फत् धम्की आएपछि गिरीले प्रहरीलाई जानकारी गराए। अनुसन्धानमा खटिएको टोलीले शर्मालाई पक्रेेपछि बालक थिङको कोठामा रहेको खुल्यो र प्रहरीले आइतबार बालकको उद्धार गरी दुवै जनालाई पक्राउ गरेको थियो।

डिएसपी थापाका अनुसार प्रारम्भिक अनुसन्धानमा काम गरेवापतको मजदुरी नदिएका कारण बालक अपहरणको योजना बनाएको पाइयो। थिङ र शर्मा पक्राउ परे पनि कलवार फरार छन्। पक्राउ परेका दुवै युवालाई महाशाखाले थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस