बलात्कारी जोगाउने वीरका तीन कर्मचारी पक्राउ
०६ माघ २०७२
•
८ मिनेट पाठ
बलात्कारी जोगाउने वीरका तीन कर्मचारी पक्राउ
काठमाडौं- बलात्कार घटनामा संलग्नलाई निर्दोष प्रमाणित गर्न ५० हजार रुपैयाँ लिएर अस्पतालमा भर्ना र डिस्चार्ज भएको नक्कली कागजपत्र बनाएको अभियोगमा वीर अस्पतालका तीन कर्मचारी पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अदालतबाट दोषी ठहर भएका उद्धवप्रसाद नेपाललाई पुनरावेदन मार्फत सफाइ दिन अस्पतालको फर्जी कागजपत्र बनाएको अभियोगमा वीरका कर्मचारी लक्ष्मणप्रसाद अर्याल, कृष्णप्रसाद तिमल्सिना र राजेशकुमार कार्कीलाई पक्रेको हो।

अर्याल वीर अस्पताल सेवा आयोगका सदस्यसचिव हुन्। तिमल्सिना रेडियोग्राफर र कार्की इमर्जेन्सीका कर्मचारी हुन्। प्रहरीले सो घटनामा सहयोग पुर्यासएको अभियोगमा नेपालका ससुरा केदारनाथ पराजुलीलाई समेत पक्रेको छ। अर्यालले तिमल्सिना र कार्कीसँग मिलेर फर्जी भर्ना, बिरामी दर्ताको नक्कली विवरण र डिस्चार्ज पत्र बनाएको ब्युरोका अधिकारी बताउँछन्। ब्युरोले उनीहरुलाई सरकारी दस्तखत छाप किर्ते गरेको अभियोगमा हिरासतमा राखेको छ।

२०७० असार ५ गते नेपालले बलात्कार गरेको भन्दै एक युवतीले सिन्धुपाल्चोक मानेश्वराका नेपालविरुद्ध जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा जाहेरी दिएपछि प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो। अनुसन्धानमा जुटेको प्रमाणका आधारमा अदालतले नेपालको अपराध पुष्टि गर्दै जेल सजाय सुनाएको थियो। उनी अहिले केन्द्रीय कारागारमा छन्।

कानुनी सहयोगीले जिल्ला अदालतको फैसलालाई चुनौती दिँदै पुनरावेदन अदालतमा फैसला पुनरावलोकनका लागि निवेदन दिए। अदालती प्रक्रिया अगाडि बढेसँगै प्रतिवादीका तर्फबाट पीडितको दाबी गलत भएको तर्क गर्दै प्रमाणका रुपमा असार ४ देखि १२ सम्म उनी एपेन्डिक्स उपचारका लागि वीर अस्पतालमा भर्ना रहेको रेकर्ड पेस गरेका थिए।

प्रारम्भिक सुनुवाइ क्रममा जिल्ला अदालतमा नदेखिएको प्रमाण एकाएक पुनरावेदनमा आएपछि अदालतले सोको सत्यतथ्य बुझ्न वीर अस्पतालमा पत्राचार गर्दा सो पत्र किर्ते भएको खुलेको थियो। बलात्कार मुद्दाका दोषी जोगाउन अस्पतालको फर्जी विवरण बनेको जानकारी पाएपछि अस्पतालले ३ महिनाअगाडि घटना अनुसन्धानका लागि विवरण प्रहरीमा पठाएको थियो। २ महिने अनुसन्धानपछि ब्युरोले किर्तेमा संलग्न रहेको आरोपमा मंगलबार र बुधबार चार जनालाई पक्राउ गर्योब।

५० हजारमा किर्ते कागज

वीरका सदस्यसचिव अर्याल २ वर्षअगाडि अस्पतालको रेकर्ड शाखाको प्रमुख हुँदा ५० हजार रकम लिएर फर्जी कागजपत्र बनाएको खुलेको अनुसन्धानमा संलग्न ब्युरोका प्रहरी निरीक्षक राकेश थापा बताउँछन्। कार्कीले अस्पतालको आकस्मिक कक्षको नक्कली रजिस्टर्ड बनाउन सघाएको र तिमल्सिनाले नक्कली पत्र बनाएर अस्पतालको छाप र नक्कली हस्ताक्षर गरेको अनुसन्धानमा देखिएको थापाले बताए।

ब्युरोका अनुसार जिल्ला अदालतको फैसलापछि केन्द्रीय कारागारमा तिमल्सिना र नेपालको भेटपछि किर्ते कागज बनाउने योजना बनेको थियो। भेटमा घटनाका समयमा आफू अस्पतालमा भर्ना भएको कागज बनाउन सके पुनरावेदनबाट मुद्दा जित्ने भन्दै नेपालले आग्रह गरेपछि तिमल्सिना र पराजुली मिलेर आकस्मिक कक्षमा भर्ना भई ८ दिन अस्पताल भर्ना भएको कागजपत्र बनाउने योजना बुनेका थिए।

नेपालका फुपूका छोरा तिमल्सिना न्याम्स कर्मचारी युनियनका कार्यबाहक अध्यक्षसमेत हुन्। योजनाअनुसार उनले अर्याललाई भेटेर एक बिरामीको रेडर्क बनाउनुपर्ने प्रस्ताव राखेपछि उनले ५० हजार मागेका थिए।

योजनाअनुसार तिमल्सिनाले अर्याललाई ५० हजार रुपैयाँ दिएपछि उनले वीरको रेकर्ड शाखाको लेटरप्याड प्रयोग गर्दै नेपाल २०७० असार ४ देखि असार १२ सम्म वीर अस्पतालमा भर्ना रहेको पत्र बनाइदिएका थिए। पत्रसँगै अस्पतालबाट १२ गते डिस्चार्ज भएको कागजपत्र समेत उपलब्ध गराइयो जसमा बिरामीको दर्ता नम्बरसमेत उल्लेख थियो। उनीहरुले सोही कागजपत्र पुनरावेदनमा पेस गरी नेपाल निर्दोष रहेको दाबी गरेका थिए।

दोस्रो पत्रमा खुल्यो पोल

जिल्ला अदालतमा पेसै नभएको नयाँ प्रमाण पुनरावेदनमा आइपुगेपछि अदालतले सो पत्रको सत्यतथ्य बुझ्न वीर अस्पताललाई पत्राचार गर्यो । पत्र लिएर अस्पतालमा नेपालका ससुरा केदारनाथ आफैं आएका थिए। केदारनाथले सो पत्र तिमल्सिनालाई दिएपछि उनले पुनः किर्ते गर्दै सो विवरण सत्य भएको पत्र पठाए पुनरावेदनमा।

अस्पतालको पत्रप्रति सरकारी वकिलले अविश्वास जनाउँदै सक्कल ढड्डा नै मगाउनुपर्ने मागदाबी अनुसार अदालतबाट पुनः वीरलाई दोस्रो पत्र पठाइयो। पहिलो पत्रको जवाफपछि अदालतले पुनः दोस्रो पत्र नपठाउनेमा उनीहरु ढुक्क थिए। अदालतले भर्ना भएको सक्कल रजिस्टर्डसहित अदालतमा उपस्थित हुन पठाएको दोस्रो पत्र सिधै अस्पतालको रेकर्ड शाखामा पुग्दा त्यसका प्रमुख दामोदार प्रधानांग झसंग भए।

अदालतको पत्रसँगै संलग्न रेकर्ड शाखाको पत्रमा रहेको हस्ताक्षर आफ्नो नभएको र त्यसमा उल्लेख गरिएका व्यक्ति अस्पतालको रेकर्डमा बिरामी नभएको भन्दै उनले सोको जाँचका लागि अस्पताल प्रशासनमा निवेदन दिएपछि पत्रमा उल्लेख बिरामी दर्ता नम्बरको रेकर्ड हेर्दा विजयकुमार कपालीको नाम फेला परेपछि बदमासी गर्ने कर्मचारीको पोल खुलेको थियो।

'अदालतमा पेस भएको डिस्चार्ज पेपर र भर्ना चार्ज सिटमा उल्लेख भएको दर्ता नम्बर नेपालको नाममा नभई सिन्धुपाल्चोकको अर्कै व्यक्तिका नाममा देखियो,' प्रहरी निरीक्षक थापाले भने, 'अनुसन्धान क्रममा उनीहरुलाई पक्राउ गरी सोधपुछ गर्दा सबै किर्ते गरेको खुलेपछि अहिले अदालतमा म्याद थप गराएर अनुसन्धानका लागि हिरासतमा राखेका छौं।'
अर्को समाचार
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
०८ मंसिर २०८३
•
३ मिनेट पाठ
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
चीनको एक चिडियाखानामा रहेको मोटो चितुवा यतिबेला इन्टरनेटमा चर्चित बनेको छ। 

डिज्नीको चर्चित फिल्म ‘जुटोपिया’को गोलो अनुहार भएको चितुवा पात्र अफिसर बेन्जामिन क्लाउहाउजरसँग मिल्दोजुल्दो देखिएपछि यो चितुवा हेर्न मानिसहरूको भीड लाग्न थालेको हो।

दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तस्थित पान्झिहुआ सहरको चिडियाखानामा रहेको यो चितुवालाई ‘पान बाओबाओ’ नामले चिनिन्छ। मोटो शरीरका कारण सामाजिक सञ्जाल प्रयोगकर्ताले उसलाई ‘अफिसर चितुवा’ उपनाम दिएका छन्।

चितुवा हेर्न चिडियाखाना पुगेका मानिसहरूले उसका तस्बिर र भिडियो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन्। धेरैले उसको मोटो शरीर देखेर रमाइला टिप्पणी गरेका छन्।

एक आगन्तुकले ‘अफिसर चितुवा अझै पनि तौल घटाउन सफल भएनछ!’ भन्दै ठट्टा गरेका छन्। कतिपयले उसलाई केही समय खाना नदिन सुझाव दिएका छन् भने केहीले उसको शरीर मात्र होइन, शरीरका धब्बासमेत गोलाकार देखिएको भन्दै मजाक गरेका छन्। केहीले त अब उसलाई आफूहरूले सजिलै उछिन्न सक्ने टिप्पणीसमेत गरेका छन्।

तर, चिडियाखानाका कर्मचारीले भने चितुवाको उमेर र स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उसको तौल घटाउने योजना नरहेको बताउँछन्।

‘ऊ बूढो हुँदै गएको छ। त्यसैले अहिले तौल घटाउनु उचित हुँदैन। उसको अहिलेको अवस्था कायम राख्दै स्वस्थ राख्नु हाम्रो प्राथमिकता हो,’ चिडियाखानाका एक कर्मचारीले जिउपाई न्युजलाई बताएका छन्।

उनले वृद्ध मानिसको छाला खुकुलो हुँदै गएजस्तै चितुवाको शरीरमा पनि उमेरसँगै परिवर्तन आएको बताए। ‘यो अवस्थामा उसले पर्याप्त खाना पाएको सुनिश्चित गर्नुपर्छ। खानाको गुणस्तरमा पनि कुनै सम्झौता गर्न चाहँदैनौँ,’ उनले भने।

कर्मचारीका अनुसार पान बाओबाओले दैनिक आधा किलोभन्दा बढी गाईको मासु खान्छ। सन्तुलित आहारका लागि उसको खानामा कुखुराको मासु पनि समावेश गरिएको छ।

केही समयअघि चितुवाको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणमा उसको स्वास्थ्य अवस्था राम्रो देखिएको र तौलमा पनि खासै परिवर्तन नभएको कर्मचारीले बताएका छन्।

अहिले उसको तौल नियमित रूपमा नाप्न केही कठिन हुने गरेको छ। तर, तौल स्थिर रहेको र उसको मुड राम्रो रहेको अवस्थामा चिन्ता गर्नुपर्ने अवस्था नरहेको कर्मचारीको भनाइ छ।

इन्टरनेटमा चर्चित बने पनि चितुवाको चिडियाखानाभित्रको दैनिकी भने निकै आरामदायी छ। ऊ खाने, सुत्ने र कहिलेकाहीँ आफ्नो खोरमा यताउता घुमेर शरीर तन्काउने गर्छ।

उसलाई अलि बढी सक्रिय बनाउन खोरभित्र खेल्ने बलसमेत राखिएको छ। ‘उसले खेल्न र केही शारीरिक गतिविधि गर्न सकोस् भनेर खोरभित्र एउटा बल राखेका छौँ,’ एक कर्मचारीले भने।

चितुवाको चर्चा बढेपछि चिडियाखानाले उसको बस्ने ठाउँसमेत विस्तार गरेको छ। छेउको अर्को बासस्थानसँग छुट्याउने बार र तारको जाली हटाएर उसको खोर ठूलो बनाइएको हो।

यससँगै उसको बस्ने क्षेत्रफल ४५ वर्गमिटर पुगेको छ। यो पहिलेको भन्दा दोब्बर हो। चिडियाखानाले गरेको सुधारपछि उसले फराकिलो ‘एक बेडरुमको अपार्टमेन्ट’ जस्तै ठाउँ पाएको जिउपाई न्युजले जनाएको छ।

चितुवाको उमेर र स्वास्थ्य अवस्थाबारे थाहा पाएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि उसको तौल घटाउन दबाब दिन नहुने बताए। उनीहरूले बाँकी जीवन आरामसँग बिताउन दिनुपर्ने सुझाव दिएका छन्।

एक प्रयोगकर्ताले ‘ऊ बूढो हुँदै छ, त्यसैले प्रकृतिलाई आफ्नै गतिमा अघि बढ्न दिऔँ!’ भन्दै लेखेका छन्। अन्यले उसको चम्किलो र राम्रोसँग स्याहार गरिएको रौँको प्रशंसा गर्दै ‘मोटो भए पनि निकै जवान देखिन्छ!’ भनेर टिप्पणी गरेका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस