काठमाडौं-सामान्य आर्थिक अवस्थाकी भारत, नागाल्यान्डकी मेर्सीको श्रीमानको मृत्युसँगै ४ सन्तानको भरणपोषणको जिम्मेवारी एक्लो काँधमा आयो। सामान्य शिक्षा पाएकी उनी कामको खोजीकै क्रममा परिचित स्वेताको सम्पर्कमा पुगिन् र कोकिनको भरिया बन्न नेपाल आइपग्दा पक्राउ परिन्।
३७ वर्षीया एमपाथोनी एमसाइनको पृष्ठभूमि पनि मेर्सीको भन्दा फरक छैन । विद्यालय शिक्षा मात्रै पार गरेकी उनको केही वर्षअगाडि डिभोर्स भयो । डिभोर्ससँगै १४ वर्षको छोरा र १२ वर्षको छोरीको सबै अभिभारा एक्लो काँधमा आयो। उनको प्रेमी त थिए तर आर्थिक भरथेग थिएन । दक्षिण अफ्रिका निवासी उनी आर्थिक उपार्जनको अन्य बलियो स्रोत नभेटेपछि जोखिम मोल्दै कोकिन भरिया बन्न राजी भइन् ।
'अंग्रेजीसमेत नबुझ्ने मर्सी आफ्नी छोरीसहित नेपाल आएकी थिइन्, २ छोरा र २ छोरी उतै छन् उनका,' ब्युरोका एक अधिकारीले भने, 'छोराछोरी हेरिदिने समेत कोही रहेनछ, एमपाथोनी पक्राउ परेदेखि नै छोराछोरी सम्झेर रोएको रोयै छिन् ।'
४० हजार र्यान्ड (२ लाख ७८ हजार रुपैयाँ) पाउने लोभमा स्याम्पुको बट्टामा २ किलो ७ सय ग्राम झोल कोकिन बोकेर ब्राजिल–दुबई हुँदै काठमाडौं उत्रिएकी एमपोथोनी, अनि त्यही कोकिन लिएर भारत जान नागाल्यान्डबाट नेपाल आएकी मर्सी सामान्य पृष्ठभूमिका कोकिन भरिया देखिए पनि यसअगाडि पक्राउ परेका कोकिन भरिया कोही नर्स त कोही रेडियो पत्रकार छन् ।
आर्थिक प्रलोभनमा ब्राजिलको कोकिन युरोप पुर्याउन नेपाललाई ट्रान्जिट बनाउन आउँदा पक्राउ परेकामध्ये एक शिक्षिका छिन् भने एक मार्केटिङ एक्जुकेटिभसम्म ।
११ किलो कोकिनसहित २०७१ चैत २० मा पक्राउ परेकी मलेसियन नागरिक मारिना विन्ती जमाउद्धिन स्टाफ नर्स हुन् । नर्सिङ डिप्लोमा उनी बिरामी श्रीमानको उपचार र छोराको अध्ययनका लागि कोकिन तस्करीको संगठित समूहको सम्पर्कमा पुगेकी थिइन् । ब्युरोमा मारिनाले दिएको बयानमा उनले नेपालमा पक्राउ पर्नुअगाडि १० पटक ब्राजिलबाट कोकिन ओसारेको स्वीकार गरेकी छन् ।
उनी नेपाल आउनुअगाडि दिल्लीको रुट बढी प्रयोग गर्थिन् । ब्राजिल, मलेसिया हुँदै दिल्लीबाट दोहा अनि इटली र नेदरल्यान्ड्स रुटमा उनले १० खेप कोकिन ओसार्दा ३५ हजार अमेरिकी डलर कमाएकी थिइन् ।
दिल्लीलाई विश्रामस्थल बनाउँदै दोहा हुँदै इटली र नेदरल्यान्ड्स पुग्दा उनले एक खेपमा ५ किलो कोकिन बोक्दै आएकी थिइन् । दिल्ली विमानस्थलमा सो गिरोहको एक सदस्य कोकिनसहित पक्राउ परेपछि पहिलो पटक नेपाल आएको र दोहा हुँदै इटली जाने प्रयासमा पक्राउ परेको उनले बयानमा सकारेकी थिइन् ।
नामिबियाका रेमन्ड जुंगु ओपेल मार्केटिङ एक्जुकेटिभ थिए । ४० वर्षका उनी दक्षिण अफ्रिकाको ज्याकहिलमा बस्दै आएका थिए । सुरक्षा विषयमा सर्टिफिकेट लेबल र सेल्स एन्ड मार्केटिङमा डिप्लोमा उनी मार्केटिङ एक्जुकेटिभको काम गर्दागर्दै कोकिन तस्करीको समूहको सम्पर्कमा पुगे ।
२ किलो ६ सय ग्रामको कोकिन क्याप्सुल काठमाडौंसम्म ल्याएबापत २० हजार अमेरिकी डलर पाउने प्रस्ताव आएपछि उनी ब्राजिलबाट दोहा आए । दोहामा बसेको होटलमा आएको १ सय ५७ वटा कोकिन क्याप्सुल निलेर नेपाल आउनुपर्ने, उनले सबै निल्न सकेनन् । १ सय १२ वटा क्यापसुल निले पनि उनले ४५ वटा ब्यागमै राखेर नेपाल आउँदा २०७१ जेठ २३ मा पक्राउ परे ।
फिलिपिन्सकी रेडियो पत्रकार क्रिस्टिना बेयर हेरा १० हजार अमेरिकी डलर पाउने लोभमा पेरुबाट २ हजार ८ सय ग्राम कोकिन लिएर नेपाल आउँदा पक्राउ परिन् । आमसञ्चारमा मास्टर डिग्रीसम्म पढेकी उनी फिलिपिन्सकै एक रेडियोमा रिपोर्टरका रुपमा कार्यरत थिइन् ।
मासिक पाँच सय अमेरिकी डलरको काम पाएपछि पाकिस्तानको लाहोर पुगेकी उनी त्यही कोकिन कारोबारीको सम्पर्कमा पुगिन् र पेरु पुगेर कोकिन नेपाल ल्याइन्।
उनले ल्याएको कोकिन नेपालबाट पाकिस्तान पुर्याउन नेपाल आएका आइसा हुसेन वृद्धाश्रमकी सुसारे हुन् भने अर्की लुइस अर्थर निही शिक्षिका । क्रिस्टिनाले स्याम्पु, कन्डिसन लगायत सौन्दर्य सामग्रीमा राखेको कोकिनसहित उनीहरु ठमेलको चाक्सीबारीको टेकर्स होम होटलमा बसेका बेला २०७० फागुन ६ मा ब्युरोले २ हजार ८ सय ३० ग्राम कोकिनसहित पक्रेको थियो ।
ब्युरोको रेकर्डअनुसार पहिलो पटक नेपालमा कोकिन बोकेर आएकी २६ वर्षीया थाई नागरिक सुपरेट्टा मेकेन्टोस भने सामान्य पृष्ठभूमिकी महिला हुन् । थाइल्यान्डको बैंककमा थाई फुड बेचेर ४ जना बच्चाको पालनपोषण गर्दै आएकी २६ वर्षकी उनी कोकिनको भरिया बन्दा तयारी माछा रहेको टुनाफिसको बट्टामा १ किलो कोकिन फेला परेपछि २०६८ पुस २० मा पक्राउ परिन् ।
लागुऔषध नियन्त्रण ब्युरोका प्रमुख डिआइजी जयबहादुर चन्द कोकिन लगायत लागुऔषध तस्करीमा सक्रिय समूहले भरियाको चयन गर्दा आर्थिक अभावले पिल्सिएर स्रोतको खोजीमा भएकालाई छान्ने गरेको देखिएको बताउँछन् ।
यस्ता व्यक्ति थोरै आर्थिक प्रस्तावमा पनि जोखिम मोल्न तयार रहने र उनीहरुलाई सहजै परिचालित हुने भएकाले उनीहरुको भरिया प्रायः आर्थिक रुपमा कमजोर पृष्ठभूमिकाहरु नै हुने गरेको चन्दले बताए । 'आर्थिक अभावमा पिल्सिएकाहरु थोरै पैसाका लागि समेत जोखिम मोल्न तयार हुन्छन्, उनीहरुको नजर यस्तैमा बढी हुने गरेको देखिन्छ,' चन्दले नागरिकसँग भने, 'छोटो समयमा आर्थिक रुपमा सम्पन्न बन्न जस्तोसुकै जोखिम उठाउन तयार हुने मानसिकता रहेकाहरु पनि संगठित समूहको चयनमा पर्ने गरेको देखिन्छ '