हतियारसहित भारतीय प्रहरी पक्राउ
१२ वैशाख २०७३
•
४ मिनेट पाठ
हतियारसहित भारतीय प्रहरी पक्राउ
डोटी- हातहतियारसहित नेपाल पसेका भारतीय पाँच प्रहरी डोटीमा पक्राउ परेका छन्। डोटी र अछामको सीमामा रहेको चौखुट्टे बजारबाट उनीहरू पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय, डोटीबाट गएको प्रहरी निरीक्षकको टोलीले ती पाँच जनालाई पक्रेको स्थानीय व्यापारीले बताएका छन्। तर, यसबारे नेपाल प्रहरीले भने आधिकारिक सूचना दिन मानिरहेको छैन।'पक्राउ परेकोसम्म खबर मकहाँ आएको छ। तर, ती प्रहरी हुन् वा होइनन् त्यो भने अझै पत्ता लागेको छैन,' सुदूरपश्चिम प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विजयराज भट्टले भने, 'म अहिले धनगढी छु। यतै ल्याउन भनेको छु। यतै ल्याएपछि थाहा हुन्छ।'

भारतीय नम्बर प्लेटकै गाडीमा आइतबार बिहान करिब ६ बजे उनीहरू चौखुट्टे पुगेका थिए। त्यहाँबाट अछामको पायल र सोकट गाविसतर्फ जाने शाखा सडकतर्फ अगाडि बढिरहेका बेला उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको टोलीले पक्रेको सम्बद्ध स्रोतले बतायो।

उनीहरूले एक थान एके–४७ राइफल, २५ थान त्यसमा लाग्ने गोली, एक थान रिबल्भर र त्यसमा लाग्ने १२ वटा गोली बोकेका थिए।

सादा पोसाकमा रहेका ६ जनामध्ये एक भारतीय प्रहरी इन्स्पेक्टर रहेको बुझिएको छ। भारतमा एक चिकित्सकको हत्या गरी फरार अभियुक्त खोज्दै उनीहरू नेपाल पसेको स्रोतले बतायो।

भारतीय प्रहरी हतियारसहित पक्राउ विषयमा नेपाल प्रहरीले पूरै तथ्य लुकाउन खोजिरहेको छ। पक्राउमा खटिएका प्रहरी निरीक्षक बोधराज ओझाले 'यसबारेमा आफूलाई कुनै कुरा थाहा नभएको' बताउँदै थप जानकारी लिन डोटी प्रहरी उपरीक्षक दिल्लीराज विष्टलाई फोन गर्न सुझाए।

प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले पक्राउ विषयमा अनभिज्ञता प्रकट गरे। 'यसबारे म पनि बुझ्छु,' उनले भने। केही समयपछि 'केही बुझ्नुभयो?' भन्ने नागरिकको प्रश्नमा उनले 'आफूले कुनै कुरा बुझ्न नसकेको' प्रतिक्रिया दिए।

प्रहरी उपरीक्षक विष्टले पनि यस विषयमा जानकारी दिन चाहेनन्। 'कुरा सत्य हो वा होइन भन्नुस् न' भन्दा उनी हाँसिमात्र रहे। 'केही कुरामा तपाईंले मलाई पनि बचाउनुपर्ने हुन्छ,' उनको जवाफ थियो।

अभियुक्त वा अपराधी पक्रन कुनै पनि देशको प्रहरीले अर्को देशको सीमा नाघेर आउजाउ गर्न पाइँदैन। अपराधीलाई ऊ जहाँ छ, त्यही देशको प्रहरीले पक्रेर सपुर्दगी गर्ने अन्तर्राष्ट्रिय प्रावधान छ। नेपाल र भारतबीच २०१० सालमा सपुर्दगी सन्धि भएको थियो। तर, भारतीय प्रहरीले नेपाली सीमाभित्र पसेर पटकपटक उक्त सन्धिको 'खिल्ली' उडाउँदै आएको छ। नेपाल प्रहरीले विभिन्न दबाबमा त्यसरी नेपाल पसेका भारतीय प्रहरीलाई बिनाकारबाही भारत पुर्यापइदिन्छ। 'सम्भवतः भोलि (सोमबार) नै उनीहरूलाई सीमापारि पठाइनेछ,' स्रोत भन्छ।

प्रहरी नायब महानिरीक्षक भट्टले पनि सोही कुराको जनाउ गरे। 'नेपाल र भारतका प्रहरीबीच छुट्टै मित्रवत सम्बन्ध छ,' उनले भने, 'सानातिना कुराले त्यसमा खलल पुग्ने काम गर्नुहुन्न। खुला सीमाक्षेत्र भएकाले यस्ता घटना हुन सक्छन्। कम गराउन पहल गर्ने हो।'
अर्को समाचार
एके–४७ हतियारसहित पाँच भारतीय प्रहरी डोटीबाट पक्राउ
१२ वैशाख २०७३
•
२ मिनेट पाठ
एके–४७ हतियारसहित पाँच भारतीय प्रहरी डोटीबाट पक्राउ
भीमदत्तनगर-भारतको पञ्जाबबाट अपराधी खोज्न भन्दै हिँडेका भारतीय प्रहरी निरीक्षकसहित पाँच जना भारतीय प्रहरी सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम डोटीबाट आइतबार बिहान पक्राउ परेका छन्।पश्चिमी नाका गड्डाचौकी भएर हतियारसहित सादा पोसाकमा नेपाल पसेका ती प्रहरीलाई डोटी प्रहरीले सानागाउँ, चौखुट्टे नजिकैबाट पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ। सानागाउँ डोटी र अछामको सीमा क्षेत्र हो।

'पाँच जना भारतीय प्रहरी पञ्जाबको डाक्टर हत्या प्रकरणका आरोपितलाई खोज्न भन्दै अछाम जान लागेका बेला पक्राउ परेका हुन्,' प्रहरीले स्रोतले भन्यो– 'उनीहरुले बाटो देखाउन भन्दै पञ्चाबबाटै अछामका एक स्थानीयवासीलाई लिएर हिँडेका थिए ।'

स्रोतका अनुसार उनीहरुसँग एक थान एके–४७ तथा त्यसमा लाग्ने गोली २५ थान र पेस्तोल तथा गोली १२ थान समेत भेटिएको छ ।

उनीहरु वनबासा सीमा क्षेत्रसम्म पोसाकमा आएको र सीमा वारि आइसकेपछि सादा पोसाकमा भित्रिएको थाहाभएको छ । उनीहरु निजी जीप लिएर डोटी पुगेका थिए । पाँचै जनालाई कैलाली ल्याइँदैछ । हतियारसहित भारतीय सुरक्षाकर्मी नेपाल आउजाउ गर्न पाउँदैन । यस घटनाबारे जान्न खोज्दा सुदूरपश्चिम क्षेत्रीय प्रहरी प्रमुख डिआइजी विजयराज भट्टले विस्तृत विवरण दिन चाहेनन्। 'अहिले नै मकहाँ आइपुगेको छैन,' डिआइजी भट्टले भने। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस