काठमाडौं– क्यानाडाको नक्कली भिसा लगाएर पैसा असुल्ने कन्सलटेन्सी सञ्चालक पक्राउ परेका छन्। बसुन्धारास्थित प्रवल एजुकेशन कन्सल्टेन्सीका सञ्चालक डेन्जीन लामालाई प्रहरीले पक्रेको हो। लामाले क्यानाडाको भिजिड भिसा लगाइदिने भन्दै विभिन्न व्यक्तिबाट अग्रिम ५० हजार र केही व्यक्तिबाट १५ लाखसम्म असुलेको भन्दै प्रहरीले पक्राउ गरेको हो।
प्रहरीले कन्सेल्टेन्सीबाट नक्कली भिसासहित पैसा असुलेको रसिद बरामद गरेको छ। लामाले रामेछापका राजु श्रेष्ठ र देवेन्द्र सुनुवार, दोलखाका विवेकराज कार्की, भक्तपुरका रमेश कुमार केसीसँग क्यानाडाको भिजिट भिसा लगाइदिने भन्दै ५०–५० हजार असुलेका थिए। प्रहरीका अनुसार प्रतिव्यक्ति १५ लाख असुल्ने लामाले डिल गरेका थिए।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा लामाले विभिन्न एजेन्टमार्फत क्यानाडा जान चाहने व्यक्तिहरुलाई सम्पर्कमा ल्याउने, एजेन्टमार्फत १५ लाख उठाउने र एक जना क्यानेडियन नागरिकलाई दिल्लीमा राखेर भिजिट भिसा लगाइ रकम असुल्ने गरेको पाइएको छ।
हालसम्म लामाले १४ जनासँग ठगी गरेको प्रहरीले जनाएको छ। लामालाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ।