काठमाडौं - भारत लैजान चीनको खासाबाट अवैध रुपमा भित्र्याइएको ३५ किलो सुनसँगै तस्करीमा सक्रिय सञ्जालका सदस्य पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलेे बुधबार बिहान खासाबाट सामान बोकेर आएको कन्टेनरमा करिब १५ करोड रुपैयाँ मूल्यको सुन फेला पारेको हो। प्रहरीले यसअघि चारपटक तस्करीको सुनसँगै भरिया पक्राउ गरे पनि मुख्य कारोबारी जोगिँदै आएका थिए। ब्युरोले बुधबार दिनभर खोजेर सुुन मगाउने र भारत पुर्या उने मुख्य कारोबारी फेला पारेको छ।सुरुमा खासाबाट मालबाहक कन्टेनरमा लुकाएर ल्याएको ३५ किलो सुनसहित कोटेश्वरमा कन्टेनर चालक निमाछिरिङ तामाङ पक्राउ परेका थिए। दिनभरको अप्रेसनमा खासाबाट सुन मगाउने ग्याम्जो लामा, भारत पठाउने मोहनकुमार अग्रवाल र सहयोगी नाङगेल भन्ने ओमबहादुर बज्राचार्यसमेत पक्राउ परे।
तातोपानीबाट काठमाडौं हिँडेको बा३ख २५७० नम्बरको टाटा कन्टेनरले तस्करीको सुन बोकेको सूचना सुराकीले दिएपछि ब्युरोले कन्टेनर पछ्याएको थियो।
सुन बोकेको कन्टेनर बिहान साढे पाँच बजे कोटेश्वर आइपुगेपछि सादा पोसाकका प्रहरीले त्यसको खानतलासी लिएका थिए। उनीहरुले चालक क्याबिनमा एक किलो तौलका ३५ वटा सुनका बिस्कुट फेला पारे। कन्टेनरमा १६ हजार रुपैयाँ र एक सय अमेरिकी डलरसमेत फेला परेको थियो।
सुनको बिल माग्दा देखाउन नसकेपछि प्रहरीले चालकलाई नियन्त्रणमा लिएर सुन मगाउन र भारतसम्म पुर्यााउन सक्रिय सञ्जालका अन्य सदस्यको खोजी थालेको थियो। सो क्रममा तीनजनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको हो।
अनुसन्धानस्रोतका अनुसार अग्रवाल रेडिमेड कपडा व्यापारको आवरणमा सुन तस्करीमा सक्रिय थिए। ग्याम्जो बौद्धमा मुगालगायतको व्यापारमा संलग्न भए पनि सुन तस्करीमा सक्रियमध्ये एक समूहका सञ्चालक देखिएको ब्युरोका डिआइजी प्रकाश अर्यालले बताए। ग्याम्जोको घरको भव्यता देख्दा प्रहरी दंगै परेको स्रोतले बतायो। अग्रवालको आर्थिक हैसियत पनि उच्च तहको देखिएको प्रहरीले बतायो।
खासा बस्ने दाङबो नामका व्यक्तिले कामदारमार्फत चालकलाई सुन पठाएको खुलेको छ। ब्युरो अधिकारीका अनुसार चालक निमाले खलासी हुँदादेखि नै सुन ओसार्न सुरु गरेको तथा ग्याम्जो र अग्रवालको सुन यसअघि पनि चारपटक काठमाडौं ल्याएर बुझाएको बयान दिएका छन्।
तातोपानी भन्सारमा सामान जाँच गराई सिल लगाएर यता पार गराउँदासमेत त्यहाँका सुरक्षाकर्मीले चाल नपाएको अनुसन्धान अधिकारीले बताए। तातोपानी भन्सारमा सशस्त्र प्रहरी खटिएको छ। सुन बोकेको कन्टेनर दर्जनौं सुरक्षा पोस्ट छिचोलेर काठमाडौं भित्रिएको थियो।
सुन गाडीको बम्परमा फल्स बटम बनाएर लुकाइएको थियो। डिआइजी अर्यालका अनुसार अनुसन्धानका क्रममा उक्त सुन काठमाडौं महानगरपालिका–६ का ग्याम्जो र कालिकास्थानका अग्रवालको भएको खुलेपछि प्रहरीले उनीहरु दुवैलाई बुधबारै पक्राउ गरेको छ। ग्याम्जो बौद्ध र अग्रवाल कालिकास्थानबाट पक्राउ परेका हुन्। तस्करीमा संलग्न रहेको आशंकामा गाडी धनी ओमबहादुरलाई पनि ब्युरोले पक्रेको छ।
सम्पत्ति शुद्धीकरणमा सुन
सुन तस्करीमा ज्वेलरी व्यापारीको संलग्नता यसअघिको घटनाबाटै खुलेको थियो। दरबारमार्गको इबिसु ज्वेलर्स, विशालबजारस्थित सिल्भर क्विन सुन तस्करीमा पटकपटक मुछिँदै आएका छन्। मुरारीलाल गोयल, पवन अग्रवाल, बालकृष्ण अग्रवाल र प्रभु सर्राफ सुन तस्करीमा कहलिएका नाम हुन्।
भन्सार छल्दा हुने नाफा लिन कारोबारीले सुन भारत पुर्यावउँदै आएको प्रहरी अनुसन्धानबाट यसअघि नै खुलेको थियो। नेपाललाई ट्रान्जिट बनाएर भन्सार छल्दै सुन भारत पुर्याकउनु तस्करको मुख्य लक्ष्य हुने अर्याल बताउँछन्।
ब्युरोका अधिकारी सरकार सम्पत्ति शुद्धीकरण ऐन कार्यान्वयनमा सक्रिय भएपछि अवैध गतिविधिबाट अकूत सम्पत्ति जोडेका व्यक्तिसमेत सम्पत्ति लुकाउन सुन खरिदमा सक्रिय रहेको आशंका गर्छन्।
नेपालमा १० लाख रुपैयाँभन्दा बढीको सामान खरिद गर्दा सम्पत्ति स्रोत देखाउनुपर्ने कानुनी प्रावधान, बैंकको लकरमा राख्दा अनुसन्धानमा तानिने डरले पछिल्लो समय कालो धन थुपार्नेले खासाबाट सुन भित्र्याएर राख्ने गरेको ब्युरोकै अर्का अधिकारीले बताए।
नेपालमा करोडौंको सुन फेला परे पनि त्यसको पैसा कसरी तिब्बत पुग्छ कहिल्यै खुल्दैन। जुत्ताको सोलमा लुकाएर काठमाडौं ल्याएको १६ किलो सुनसहित जेठ २ गते तीनजना पक्राउ परे पनि सुन किन्ने पैसा र भुक्तानीको माध्यम खुलेको थिएन।
२०५९ मा कलंकी, महाबौद्ध र धुलिखेलमा फेला परेको १५ किलो सुन भन्सारमा बुझाउनेबाहेक थप अनुसन्धान र कारबाही भएन। सुन किन्ने स्रोत र भुक्तानी माध्यम पनि खुलेन। अनुसन्धान अधिकारीहरु हुन्डी र रेमिट्यान्स सञ्जाललाई तस्करले त्यस्ता सामानको भुक्तानीमा उपयोग गरेको अड्कल गर्छन्, तर नियन्त्रणका उपाय भने उनीहरुले पनि पहिल्याएका छैनन्।
२५ प्रतिशतको आकर्षण
अवैध र भन्सार छलीको सामान बरामद गर्दा आउने २५ प्रतिशत कमिसनका लागि मात्रै प्रहरी सुनलगायत महँगा सामान तस्करको पछि लाग्ने गरेको तर, पूर्ण अनुसन्धान नगर्ने आरोप लाग्दै आएको छ।
बुधबार दाखिला भएको ३५ किलो सुन लिलामीपछि पक्राउमा संलग्नले कमिसनमात्रै ३ करोड ७५ लाख पाउँछन्। यसअघि फेला परेको ३१ किलो सुनबाट पनि प्रहरीले मूल्यको २५ प्रतिशत कमिसन पाउँछ।
कमिसनमा काम गर्नेभन्दा उच्च तहकै प्रहरीको हालीमुहाली चल्छ। काम गर्नेले सामान्य स्याबासीमै चित्त बुझाउनुपर्छ। १६ किलो सुनको सूचना ल्याउने काठमाडौं परिसरको प्रहरी जवानलाई हवल्दार बनाउन परिसरले सिफारिस गरे पनि माथिल्लो निकायले सुनेन। तर, सुन पक्रन सहयोग गरेको सूचीमा नाम राख्न प्रधान कार्यालयवाट समेत सिफारिस आएको एक प्रहरी अधिकारीले बताए। स्रोतका अनुसार १६ किलो सुन पक्राउमा मुस्किलले ५ जना संलग्न थिए। तर, भन्सारमा २५ जनाभन्दा बढीको नाम पुगेको छ।
डिआइजी अर्यालले सुन तस्कर पक्रेपछिको अनुसन्धान प्रहरीको कार्यक्षेत्रमा नपर्ने र गलत काम भइरहेको सूचनाका आधारमा त्यस्तो काम रोक्न पक्राउ गरी भन्सार कार्यालयमा बुझाउने गरेको बताए। उनले भने, 'प्रहरीलाई यस्तो प्रकृतिको अपराध अनुसन्धानमा निश्चित सीमा छ, तैपनि सकेसम्म अनुसन्धान पूरा गर्छौं।'