बलिउड अभिनेता विवेक ओबराय यतिबेला पोखरा घुमघाममा व्यस्त छन्। ओबराय पोखराका साहसिक पर्यटकीय गतिविधिमा रमाईरहेका छन्। हिमालपारिको जिल्ला मुस्ताङको धार्मिक क्षेत्र मुक्तिनाथ दर्शन गर्ने समेत उनको तालिका छ। उनी शुक्रबार पोखरा आएका थिए।
पोखरामा उनी हाईग्राउण्ड एडभेन्चरले संचालन गरेको जिपलाईन, स्वीङ, एटिभी जस्ता साहसिक पर्यटकीय प्रडक्टमा रमाएका छन्। त्यस्तै बेलुनमार्फत उडेर आकाशबाट पोखरालाई नियालेका छन्। आइतबार हेलिकप्टरबाट मुक्तिनाथ दर्शन गर्न जाने तालिका रहेको छ। उनी सपरिवार घुमघाममा व्यस्त छन। पोखरामा घुम्न पाउँदा खुसी लागेको उनले बताएका छन्। आफ्नो नेपाल भ्रमण पर्यटन प्रवद्र्धनका लागि सहयोगी बन्ने उनले बताएका छन्।
व्यवसायीले पनि भारतीय सेलिब्रेटीको घुमघामले पोखरामा थप भारतीय पाहुना भित्रिने अपेक्षा गरेका छन्। अहिलेसम्म अधिक रुपमा भारतीय पाहुनाहरु धार्मिक प्रकृतिका हुने भएकोमा यस्तै सेलिब्रेटीका कारण आगामि दिनमा थप साहसिक भारतीय पर्यटक भित्रिन सघाउने व्यवसायीको भनाई छ।
हाईग्राउण्ड एडभेन्चरका निर्देशक दिनेश महर्जनले पोखरामा ओबरायको भ्रमणले आगामि दिनमा थप भारतीय पाहुना भित्रिने अपेक्षा गर्न सकिने बताए। उनले ओबरायको भ्रमणले बलिउड क्षेत्रमा पनि पोखराबारे सन्देश प्रवाह हुँदा पर्यटन प्रवद्र्धनमा सकारात्मक सन्देश दिलाउने उनले सुनाए।
नेपाल भ्रमणमा रहेका बलिउड अभिनेता विवेक ओबरायले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।
बिहीबार अध्यक्ष प्रचण्डलाई भेट्न अभिनेता ओबराय बुवा तथा टेलिभिजन पर्सनालिटी सुरेश ओबरायसँगै खुमलटार पुगेका हुन्।
उनीहरु खुमलटार पुगेको प्रचण्डको छोरि गङगा दाहालले आफ्नो आधिकारीक फेसबुक मार्फत जानकारी गराएकी हुन्। उनीहरुको भेटमा गायिका तथा प्रचण्डकी नातिनी स्मिता दाहाल र छोरी गङगा दाहाल पनि उपस्थित थिइन्।
भारतीय अभिनेता विवेक ओबराय आफ्नो परिवार सहित बुधबार नेपाल भ्रमणमा आएका हुन्।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...