‘पोखरा सबै मौसमका लागि’ भन्दै वर्षेनी आयोजना हुने रोपाइँ महोत्सव यो पटक पोखरा–१३ कसेरीमा आयोजना भयो । पोखरामा हरेकवर्ष फरक फाँटमा रोपाइँ महोत्सव हुँदै आएको छ। पोखरामा पर्यटन प्रवद्र्धन गर्न र धानखेतीबारे सचेतना फैलाउने उद्देश्यले यो महोत्सव आयोजना हुने गरेको छ।
पोखराका पर्यटन व्यवसायीको छाता संस्था पोखरा पर्यटन परिषद् (पिटिसी)ले आयोजना गरेको यो महोत्सवको अहिले १८ औं संस्करण हो। खेतीयोग्य जमिनको संरक्षण, कृषिलाई व्यवसायिकरण गर्दै कृषकलाई आफ्नो पेशाप्रति अभिपे्ररित गर्नु तथा परम्परागत कृषि प्रणाली मार्फत पोखराको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ वर्षेनी यस्तो महोत्सव आयोजना गर्दै आएको परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए। २०६१ साल देखि परिषद्ले वर्षेनी यो महोत्सव आयोजना गर्दै आएको छ।
परिषद् अध्यक्ष श्रेष्ठका अनुसार पोखरा–१३, महेन्द्र भण्डारीको ७ र विष्णु भण्डारीको ५ गरि १२ रोपनी क्षेत्रफलमा खेतमा यो महोत्सव गरिएको हो। महोत्सवमा रमाउन विदेशी पाहुनादेखि, विद्यार्थी, सर्वसाधारण, स्थानीय तहका पदाधिकारी सहित पर्यटन व्यावसायी र सर्वसाधारण पुगेका थिए। महोत्सवलाई रोमाञ्चक बनाउन हिलोमा रमाउनेगरि विभिन्न खेल प्रतियोगिता पनि आयोजना गरिएको थियो।
पहिलोपटक हिलोमा खेल्न पाउँदा विदेशी खुबै रमाएका थिए। जोत्नेदेखि हिलो छ्यापाछ्यापमा समेत विदेशी पाहुना रमाएका थिए। परिषद् अध्यक्षले कम्तिमा एकहजार विदेशी पाहुना रोपाइँ महोत्सवमा सहभागि भएको बताए। सहभागिलाई मनोरञ्जन दिलाउन विभिन्न सांगितीक कार्यक्रम पनि गरिएको थियो।
विराटनगर १९ स्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालाको दुर्दशा भएको छ। संघीय सरकार मातहतको यो रंगशालालाई वर्षौंसम्म तालाबन्दी गरेर राखिएको र नियमित मर्मतसम्भार नगरिएका कारण दुरावस्था भएको हो।
सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरिएको यो रंगशालाको मर्मतसम्भार र सरसफाइसमेत नगरेपछि विगत ४ वर्षयता यहाँ कुनै पनि प्रतियोगिता सञ्चालन हुन सकेका छैनन्। क्रिकेट रंगशालामात्रै नभई रंगशाला परिसरमा सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि निर्माण गरिएका अन्य संरचनासमेत माटोमै मिलिसकेका छन्। सरकारले राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको भए पनि यो रंगशाला निर्माण र मर्मतसम्भारमा सरकारले कुनै चासो राखेको छैन।
सरकारको वेवास्थाको सिकार बनेको यो रंगशाला यतिबेला झाडीमा परिणत भएको छ। १४ बिघाभन्दा बढी क्षेत्रफल रहेको यो रंगशाला निर्माणका लागि चालु आर्थिक वर्ष पनि संघीय सरकारले बजेट विनियोजन गरेको छ। तर, उक्त बजेट पूर्वाधार निर्माणका लागि नभई डीपीआर निर्माणका लागि विनियोजन गरिएको हो।
पटक-पटक डीपीआर बनाउने तर, भौतिक पूर्वाधार निर्माणमा ध्यान नदिने संघीय सरकारको नीतिले राष्ट्रिय गौरवको यो आयोजना मन्त्री, नेता र कर्मचारीहरूको कमाइखाने भाँडो मात्रै बनेको छ।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...