चीनलाई विश्वमा चिनाएको र चीनले विश्वलाई चिनाएको एउटा ऐतिहासिक र पुरातात्त्विक धरोहर हो द ग्रेटवाल। चन्द्रमाबाट पनि देख्न सकिने र देखिने दाबी गरिएको ग्रेटवाल चीनको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण हिस्सा हो।
यो ग्रेटवाल घुम्न आउने पर्यटकका लागि मात्र होइन, चीनको इतिहास र इतिहाससँग जोडिएका कुराहरू पनि सँगै बताइरहेको छ।
यसले कसरी चीन हिजोबाट आजसम्म आइपुग्यो र विश्वको दोस्रो शक्तिशाली राष्ट्र बन्यो भन्ने कुरा पनि देखाउँछ।
यसको संरक्षण, विकास र यसबाट चीनको आम्दानीमा जोडिएको हिस्सा नगन्य होला।तर, विश्वले चीनलाई चिन्ने पहिलो माध्यम ग्रेटवाल नै हो।
हुन त यो निर्माणका समयमा लाखौं मजदुरले ज्यान गुमाएको कुरा पनि छ। ती मजदुरलाई यही ग्रेटवालको पर्खालभित्र दबाइएको भन्नेहरू पनि छन्।
तर, इतिहास आज ती मजदुरहरूको योगदान सँगसँगै यसले पर्यटन प्रवर्द्धनमा पुर्याको र चीनको आय आर्जनमा पुर्याएको महत्त्वपूर्ण योगदानको लागि सम्झिरहन्छ।
यो कैयौं वर्ष लगाएर तत्कालीन अवस्थामा शत्रुबाट बच्न बनाइएको पर्खाल हो। तर आज यो पर्खाल विश्वमा चीनलाई चिनाउने माध्यम बनेको छ।
यो पर्खालको एकछेउबाट अर्को छेउमा लगातार हिंड्दाखेरि २ वर्ष लाग्ने अनुमान गरिन्छ। यो कहाँबाट सुरु भएर कहाँ गएर अन्त्य भएको छ भन्ने कुरा भेट्टाउनै मुस्किल छ।
जहाँ सबल र हिंड्न लायक संरचना छ, त्यो मात्रै हिंड्नलाई पनि दुई वर्ष लाग्ने अनुमान छ। त्योबाहेक बाढी, पहिरो र विभिन्न विपत्तिका कारण बिचमै हराइएका र मेटिएका ठाउँहरू पनि छन्।
यदि ती सबैलाई जोड्ने हो भने यो निकै लामो छ। यो तत्कालीन अवस्थामा कसरी निर्माण भयो? यो एउटा रहस्य पनि हो र सहजै अनुमान गर्न सकिंदैन। तर यो मानव निर्मित हो। त्यसैले गर्दा मानिसले चाहँदा जेसुकै पनि हुन सक्दो रहेछ भन्ने ग्रेटवाल निर्माणबाट प्रमाणित हुन्छ।
चीनतिर फर्किएर हेर्दा चीनले २० वर्षमा गरेको उन्नति र प्रगति पनि मानिसले चाहे जे पनि हुन सक्छ भन्ने देखाउँछ।
चीनले सन् २०२५ को पहिलो छ महिनामा ६९ लाख ५० हजार नयाँ सहरी रोजगारी सिर्जना गरेको छ। यो संख्या वार्षिक रोजगारी लक्ष्यको ५८ प्रतिशत हो, जुन चीनले वर्षभरि पूरा गर्ने लक्ष्य राखेको छ।
मानव संसाधन र सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता छुई पेंगछेङका अनुसार जुन महिनामा सहरी बेरोजगारी दर पाँच प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिसँग मिल्दोजुल्दो हो।
सरकारले रोजगारी बढाउन ल्याएका विभिन्न सहयोगी नीतिहरूका कारण, चीनको रोजगार स्थिति स्थिर रहन सफल भएको छ, यद्यपि बाह्य परिस्थितिहरू चुनौतीपूर्ण छन्।
यसका साथै, चीनको आर्थिक वृद्धिले रोजगारी बढ्नमा सकारात्मक प्रभाव पारेको देखिएको छ। सन् २०२५ को पहिलो छ महिनामा चीनको जीडीपी ५.३ प्रतिशतले बढेको छ। दोस्रो त्रैमासिक (अप्रिल–जुन) मा मात्र पनि ५.२ प्रतिशतको आर्थिक वृद्धि देखिएको छ।
चीनले सन् २०२५ मा ५.५ प्रतिशत वरिपरिको सहरी बेरोजगारी दर कायम राख्ने र एक करोड २० लाखभन्दा बढी नयाँ सहरी रोजगारी सिर्जना गर्ने लक्ष्य बनाएको छ। सिन्ह्वा
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...