दरबारमार्गमा मेहन्दीको आकर्षण (फोटोफिचर)
१८ साउन २०८१
•
१ मिनेट पाठ
दरबारमार्गमा मेहन्दीको आकर्षण (फोटोफिचर)
अर्को समाचार
साउनको सौन्दर्य : मेहनती हातलाई मेहन्दीको रंगीन साथ
०६ साउन २०८२
•
४ मिनेट पाठ
साउनको सौन्दर्य : मेहनती हातलाई मेहन्दीको रंगीन साथ
पसलमा गयो, मेहन्दी हातमा सजिएर आएका चियाका गिलास। कार्यालयमा छिर्‍यो, मेहन्दी हातले थिच्दै गरेका किबोर्ड टिकटिक। सामाजिक सञ्जाल नियाल्यो, हातभरि मेहन्दी लगाएका मनभरि माया बोकेका नारीका भाका। 




मन्दिरमा पुग्यो, भगवान् पुग्नुअगावै मेहन्दीले रंगिएका हातहरू। साउन लागेसँगै मौसम मात्र होइन, समाजका हरेक क्षेत्र रंगीन देखिन थालेका छन्। महिलाहरू हरियो चुरा, रातो सारी, हरियो पोते र हातभरि मेहन्दी लगाएर सजिएका छन्। राजधानीका सपिङ मलदेखि गाउँघरका मठमन्दिरसम्म एउटै भाका देखिन्छ/सुनिन्छ– चुराको छनछन र मेहन्दीको गाढा रङ।

केटाकेटीदेखि अधबैंसे महिलासम्म साउनको रङमा रंगिएका छन्। मेहन्दीलाई प्रेमको प्रतीक मानिन्छ। मेहन्दीको रङ जति गाढा, माया पनि त्यति नै गाढा रहने मान्यता छ। यो विश्वासले गर्दा मेहन्दी लगाउने चलन झन् बढ्दो छ। ‘मेहन्दीको रङ गाढा भए माया पनि गाढा हुन्छ रे,’ साउनको सोमबारको पहिलो दिन पशुपति परिसरमा मेहन्दी लगाउँदै गरेकी अर्चना पराजुलीले भनिन्, ‘साउनमा मेहन्दी नलगाउँदा मन नै खल्लो महसुस हुन्छ,’ आफ्नी साथीसँगै आएकी उनले मन्दिरमा लाइन लाग्नुअगावै मेहन्दीको लाइनमा बसेको सुनाइन्। ‘मन्दिरमा मात्र होइन, यहाँ पनि मेहन्दी लगाउनको लाइन छ,’ उनले भनिन्, ‘मेहन्दी लगाएपछि मन्दिर दर्शन गर्नेछु।’ 

उनले भनेजस्तै साउनमा माछा मासु नखाई, व्रत बसी, हरियो चुरा र मेहन्दी लगाई बस्ने चलन पनि बढ्दो छ। शिवको पूजा गरे, मेहन्दी लगाए अविवाहिता महिलाले राम्रो वर पाउँछन् भन्ने मान्यता छ। विवाहित महिलाले भने आफ्ना पतिको दीर्घायु र परिवारमा सुखशान्ति प्राप्तका लागि साउनको व्रत बसेको सुनाउँछिन्। 

पशुपतिमा भेटिएकी उनकी साथी प्रभा अधिकारीले पनि त्यस्तै धारणा राखिन्। ‘पतिको सुखशान्ति र दीर्घायुका लागि हरियो चुरा र मेहन्दी लगाएकी हुँ,’ उनले भनिन्, ‘विगत एक दशकदेखि साउनमा यसरी रंगिँदै आएको छु।’ फेसनका रूपमा भए पनि यसले बजारमा समेत प्रभाव पारेको छ। राजधानीका सुपर मार्केटदेखि मन्दिरका छेउसम्म मेहन्दीका पसल देखिन्छन्। पसलेहरू ग्राहकको रोजाइअनुसार बुट्टा भरिदिन्छन्। डिजाइन र क्षेत्रफलअनुसार ५० देखि दुई हजार रुपैयाँसम्म लिने गरिएको छ। ‘साउनमा मेहन्दी लगाउनेको भिड हुन्छ, पशुपतिमा मेहन्दी लगाइदिँदै गरेकी भारतीय नागरिक सुनिता अनिता श्राण भन्छिन्, ‘हामी उनीहरूको रोजाइअनुसारको डिजाइन बनाउँछौं।’

साउन विशेष गरी शिवजीको आराधनाका लागि महत्वपूर्ण महिना मानिन्छ। धार्मिक कथनअनुसार पार्वतीले शिवजी पाउन यही महिनामा व्रत बसेको र अन्तत: शिवजी पाएको पौराणिक गाथा छ। यही मान्यताका कारण महिलाहरू यस महिनामा विशेष श्रद्धा र भक्तिभावका साथ पूजापाठ र शृंगारमा रमाउँछन्।

धर्म–संस्कृतिमा कलम चलाउँदै आएकी डा. नम्रता पाण्डे साउन पवित्र महिना भएको बताउँदै महिलाहरू धर्म र सौन्दर्यमा एकै पटक रमाउने गरेको बताउँछिन्। स्कन्दपुराणमा श्रावण महात्म्य साउनमा पर्ने बताइएकाले अन्य महिनाभन्दा श्रावण शुभ कर्मका लागि महत्वपूर्ण मानिने उनले बताइन्। ‘त्यसो त प्राकृतिक दृष्टिले वर्षा ऋतु खेतीपातीको समय र जताततै हरियाली हुने हुँदा पनि मन, भावना र आध्यात्मिक ऊर्जाका लागि महत्वपूर्ण वातावरण बन्ने नै भयो,’ उनले भनिन्, ‘यसै समयमा हरिशयनी एकादशी अर्थात् चतुर्मास सुरु हुने भएकाले आदि देव शिवको प्रिय उपासना महिना भनिन्छ।’ 

उनले थपिन्, ‘त्यसैले वैदिक सनातनीहरूले साउन धार्मिक कार्य गर्न उत्तम महिना मान्छन्।’ संस्कृतिविद् गोविन्द टण्डन मेहन्दीको प्रचलन पछिल्लो समय फेसनका रूपमा भित्रिएको सुनाउँछन्। ‘हरियो चुरा र पोतेको धार्मिक महत्व यद्यपि पुराना ग्रन्थमा कम पाइन्छ,’ उनले भने, ‘पछिल्लो समय भने यो फेसन र सौन्दर्यबोधका रूपमा स्थापित भएको छ।’ कतिपय ठाउँमा त नेपाली महिलाले मेहन्दी लगाएको देखेर पर्यटकसमेत प्रभावित भएर हात रंगाउन थालेका दृश्य देखिन थालेका छन्। नेपाल घुम्न आएका उनीहरूले पनि मेहन्दीको रङले सजिएका तस्बिरहरू सामाजिक सञ्जालमा राख्न थालेका छन्। 

जसलाई मेहन्दी लगाउने फुर्सद पनि छैन मेहन्दीको जतिसुकै बखान गरे पनि मजदुरी गर्दै गरेका कतिपय महिलाका हातमा भने मेहन्दीको रङ देखिएन। कर्मले रंगाएका उनीहरू हातको मैलो नै आफ्नो मेहन्दी भएको बताउँछन्। ‘अरूलाई साउन आइसक्यो, मलाई त सधैं मध्य असार जस्तो लाग्छ,’ गोठाटारमा मकै पोल्दै गरेकी अनिता कार्की आफ्नो कालो लागेको हात देखाउँदै भन्छिन्, ‘यही हो मेरो मेहन्दी र यस्तै छ मेरो काम।’ यस्तै भनाइ राखिन् धान गोड्दै गरेकी शर्मिला विकले पनि। ‘मेरो हातमा पनि हिलोको मेहन्दी छ,’ उनले हाँस्दै भनिन्, ‘यही रङले मेरो घर चम्कन्छ।’ हरियो चुरा र मेहन्दीमा सजिन नपाए पनि धानको हरियालीमा रमेकी शर्मिलाको हातमा सिंगो साउन प्रतिबिम्बित थियो।

साउनको सन्दर्भमा मेहन्दीको डिजाइन र फेसनमा बहस केन्द्रित भए पनि यसका गहिरा तहहरू रहेको नम्रता सुनाउँछिन्। ‘शर्मिलाको हिलोले पोतिएको हात होस् वा अनिता कार्कीको मकै पोल्दा लागेको कालो हात,’ उनी भन्छिन्, ‘ती हातहरूमा परिश्रम, जिम्मेवारी र आत्मनिर्भरताको गाढा रङ छ।’ पाण्डेले भनेजस्तै साउन केवल हरियो चुरा, रातो सारी र मेहन्दीको कथा होइन, यो माटोको गन्ध, पसिनाको सिँचाइ र कर्मको चमक हो, जुन कहिल्यै मेटिँदैन।
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस