कोरोना भाइरस महामारीले डेढ वर्षदेखि रोकिएको परीक्षा आइतबारदेखि भौतिक रुपमा शुरु भएको छ । आइतबारदेखि स्नातक तहको पहिलो वर्षको वार्षिक परीक्षा सुरु भएको हो । कोरोना संक्रमण घटेको भन्दै त्रिभुवन विश्वविद्यालयले परीक्षा लिन थालेको हो ।
अघिल्लो वर्षको भदौमा हुनुपर्ने स्नातक तहको परीक्षा कोरोना महामारीको पहिलो लहरले स्थगित भएको थियो । यसवर्ष पनि महामारीको दोस्रो लहरले स्नातक तहको परीक्षा पछाडि धकेलिँदै गएको थियो । लामो समय परीक्षा दिन नपाउँदा विद्यार्थी मानसिक तनावमा परेका थिए ।
त्रिभुवन विश्वविद्यालयले परीक्षाको मिति तोकेसंगै आइतबारदेखि बीए, बीएड र बीएससी तर्फको चार वर्ष र तीन वर्षको परिक्षा सुरु भएको छ । सोमबारदेखि स्नातक ंतह पहिलो वर्षका व्यवस्थापन संकायको परीक्षा सुरु हुँदैछ ।
महामारीलाई मध्यनजर गर्दै परीक्षा सेन्टरमा भौतिक दुरि अपनाएर परिक्षा संचालन भएको छ ।
असहज परिस्थितिमा पनि विद्यार्थीहरु उत्सुकतापुर्वक परीक्षामा सहभागी भएको विभिन्न क्याम्पसले बताएका छन ।
विराटनगर १९ स्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालाको दुर्दशा भएको छ। संघीय सरकार मातहतको यो रंगशालालाई वर्षौंसम्म तालाबन्दी गरेर राखिएको र नियमित मर्मतसम्भार नगरिएका कारण दुरावस्था भएको हो।
सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरिएको यो रंगशालाको मर्मतसम्भार र सरसफाइसमेत नगरेपछि विगत ४ वर्षयता यहाँ कुनै पनि प्रतियोगिता सञ्चालन हुन सकेका छैनन्। क्रिकेट रंगशालामात्रै नभई रंगशाला परिसरमा सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि निर्माण गरिएका अन्य संरचनासमेत माटोमै मिलिसकेका छन्। सरकारले राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको भए पनि यो रंगशाला निर्माण र मर्मतसम्भारमा सरकारले कुनै चासो राखेको छैन।
सरकारको वेवास्थाको सिकार बनेको यो रंगशाला यतिबेला झाडीमा परिणत भएको छ। १४ बिघाभन्दा बढी क्षेत्रफल रहेको यो रंगशाला निर्माणका लागि चालु आर्थिक वर्ष पनि संघीय सरकारले बजेट विनियोजन गरेको छ। तर, उक्त बजेट पूर्वाधार निर्माणका लागि नभई डीपीआर निर्माणका लागि विनियोजन गरिएको हो।
पटक-पटक डीपीआर बनाउने तर, भौतिक पूर्वाधार निर्माणमा ध्यान नदिने संघीय सरकारको नीतिले राष्ट्रिय गौरवको यो आयोजना मन्त्री, नेता र कर्मचारीहरूको कमाइखाने भाँडो मात्रै बनेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...