त्यसै आएको होइन कमलरी मुक्ति दिवस !
१३ असार २०७२
•
१५ मिनेट पाठ
त्यसै आएको होइन कमलरी मुक्ति दिवस !
पश्चिम तराईका १२ हजार बढी कमलरीले आज मुक्ति दिवस मनाउँदैछन्। २०७० असार १३ गतेको मन्त्रपरिषद् बैठकले कमलरी मुक्तिको घोषणा गरेको थियो। त्यो दिनका लागि भने कमलरीहरुले ठूलो संघर्ष गर्नुपर्योम। उनीहरुले दुई साता लामो राजधानी केन्द्रीत आन्दोलन गरे।

सिंहदरवार घेराउ गर्न गएका उनीहरुमाथि २०७१ जेठ १९ गते प्रहरीले दमनसमेत गर्योउ। प्रहरीका लाठीले उनीहरु ठाउँका ठाउँ बेहोस भए। अस्पताल भर्ना भए। डिआइजी नेतृत्वमा छानबिन टोली बन्यो। सरकार र मुक्त कमलरी संघर्ष समितिबीच दस बुँदे सहमति भयो। कमलरीहरु घर फर्किए। तर छानबिन टोलीले न कुनै प्रतिवेदन सार्वजनिक गर्यो। न सरकारले उनीहरुका माग नै सम्बोध गर्योि।

दोस्रो मुक्ति दिवस मनाइरहँदा धेरै कमलरीका मानसपटलमा ती क्षणहरु अझै ताजा छन्। 'जेठ २४ गते भएको दस बुँदे सहमतिले शरीरमा तरंग पैदा गरेको थियो। त्यही तरंगले होला शरीरमा ऊर्जा पैदा भयो। निको पनि भइयो,' प्रहरीको लाठीले बेहोस भएकी दाङका पूर्वकमलरी उर्मिला चौधरी सम्झिन्छन्, 'तर त्यो चोटको फलोअप एक वर्षसम्म गर्नुपर्यो।'

Kamalari Movement 28

२०७० जेठ १० गते राजधानी आएका मुक्त कमलरी।

उनी चोटलाई भन्दा पनि कमलरी मुक्त भएकोमा खुसी मनाएको सम्झिन्छन्। 'अरुको घरमा बिताएको दासी जीवन क्षण अझै ताजा छ। कमसेकम हामीलाई मुक्ति गरियो। मुक्त नभएका कमलरीहरुलाई सरकारले पहलकदमी लिएर मुक्त गर्छन् सोचेको थिएँ। तर आजको दिनसम्म त्यस्तो केही भएको छैन,' उनले भने।
Kamalari Movement 27

जेठ ११ गते शान्ति वाटिकामा आयोजित धर्ना कार्यक्रममा सहभागी मुक्त कमलरी।

उनीजस्तै पीडा बर्दियाका सुजाता चौधरीले पनि भोगिन्। तर दस बुँदे सहमति र मुक्ति घोषणाले उनमा पनि ऊर्जा थपियो। 'कुनै परिबन्धबाट उन्मुक्ति पाएजस्तै भएको थियो त्यो दिन,' उनले भनिन्, 'तर सरकारको लचारीपन हेर्दा फेरि कमलरी जाने मनस्थिति सिर्जना भएको छ।'
Kamalari Movement 26

सिंहदरवार घेराउ गर्न गएका कमलरीहरु हनुमानस्थानमा रुझ्दै।

सुजातामात्र होइन, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका धेरै थारु परिवारमा यस्तो स्थिति सिर्जना हुन थालेको छ। दुई छाक टार्न नसक्दा अभिभावकहरु अझै छोरीलाई कमलरी पठाउन बाध्य भएको कमलरी उन्मुलन कार्यक्रमका संयोजक मानबहादुर क्षेत्रीले बताए।

Kamalari Movement 25

सिंहदरवार घेराउ गर्न गएका कमलरीहरु हनुमानस्थानमा रुझ्दै।

दस बुँदे सहमतिअन्तर्गत परिचय पत्र, छात्रवृत्ति, कमलरीको उद्धार, कमलरीबाट जन्मिएका सन्तानको पहिचानलगायतका विषयमा सरकारले कुनै सुनुवाइ नगरेको क्षेत्रीले बताए। मुक्त कमलरीका लागी शिक्षा निर्देशिका २०६८ लाई परिमार्जन भनिए पनि अझै नभइसकेको उनले बताए। 'कमलरी मुद्दाहरु शिक्षा मन्त्रालय र महिला बालबालिका मन्त्रालयले गर्दै आएको छ। तर उनीहरुबीच समन्वय हुन नसक्दा कमलरीलाई परिचय पत्रसमेत बाँड्न सकेको छैन।'
Kamalari Movement 24

सिंहदरवार घेराउ गर्न गएका कमलरीहरु हनुमानस्थानमा रुझ्दै।

क्षेत्रीका अनुसार अहिले पनि कम्तिमा एक १ सय ५० जना कमलरीको उद्धार भएको छैन। उनीहरु सरकारको उच्च पदस्थ व्यक्ति र राजनीतिक संरक्षण पाएकाहरुको घरमा रहेकाले उद्धार हुन नसकेको उनले बताए। तर बच्चैमा घरपरिवार छाडेर बेपत्ता भएकाहरु झन्डै सयको हराहारीमा रहेको उनले बताए।
Kamalari Movement 23

सञ्चारकर्मीलाई आफ्नो विगत सुनाउँदै मुक्त कमलरी।

कार्यक्रमको रकम भूकम्प पीडितलाई
दोस्रो मुक्ति दिवस मनाइरहेका कमलरीहरुले यसपटक भव्य कार्यक्रम नगरी त्यहाँबाट बचेको रकम भूकम्प पीडितलाई सहयोग गर्ने बताएका छन्। देशमा विपद् परेको बेला सानो रकम पनि धेरै हुने भएकाले दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका कमलरीहरु आजै प्रमुख जिल्ला अधिकारीलाई भेटेर रकम हस्तान्तरण गर्दैछन्। 'देश नै शोकमा रहेको बेला ठूलो कार्यक्रम गर्नुको कुनै औचित्य छैन। त्यसैले खर्च हुने रकम भूकम्प पीडितका लागि सिडिओलाई हस्तान्तरण गर्दैछौं,' मुक्त कमलरी विकास मञ्चकी अध्यक्ष बिमला चौधरीले भने।
Kamalari Movement 22

पत्रिकामा प्रकाशित आफ्नो तस्बिर हेर्दै कमलरी

को हुन् कमलरी?
राजधानी उपत्यकामा मात्र होइन, प्राय सहरका कुनै अग्लो घरको छतबाट चारैतिर नियाल्ने हो भने धारा, कौसी वा भान्सामा काम गरिरहेका किशोरी देखिन्छन्। कालो/कालो वर्णका यी किशोरी सबैजसो थारु समुदायका हुन्छन् जो पश्चिम नेपालका बाँके, बर्दिया, कैलाली र कन्चनपुरबाट काम गर्न ल्याइन्छन्।
Kamalari Movement 21

पत्रिकामा प्रकाशित आफ्नो समाचार पढ्दै कमलरी


उनीहरु किन कमलरी भनिए?
आफ्नै जग्गा नहुने वा कम हुने प्राय थारु समुदायका पुरुष जमिनदारका जग्गा कमाएर वा उनीहरुकहाँ काम गरेर परिवार चलाउँछन्। उनीहरु कमैया भनेर चिनिन्छन्। कमैयाका छोराछोरीलाई भान्सालगायतका काममा सघाउन राखिन्छ, उनीहरु कमलरी हुन्। कमैया मुक्ति घोषणासँगै कमलरीप्रथा पनि कानुनद्वारा निषेधित भयो तर उनीहरुको उचित व्यवस्थापनतिर ध्यान नदिइँदा यो समस्या ज्यूँका त्यूँ छ। अरु जातका कामदार महिना वा वर्षमा यति पैसा पाउनेगरी भनी तोकिएका हुन्छन्। उनीहरु मन लागुन्जेल वा चित्त बुझुन्जेल काम गर्छन्, चित्त नबुझे हिसाबकिताब बुझेर निस्कन्छन् तर कमलरीलाई यस्तो सुविधा प्राप्त हुँदैन।
Kamalari Movement 17

प्रहरीले मुक्त कमलरीमाथि दमन गरेपछि आक्रोश पोख्दै कमलरी।

जसले थारुका सामान्यतया ७–८ देखि १७–१८ वर्षसम्मका छोरी काम गर्न राखेको हुन्छ, उसले वा उसका आफन्तले ती किशोरीका बाबुलाई आफ्नो जमिन निश्चित आय लिएर कमाउन दिएको हुन्छ। उसले खेती गर्न दिने बेलामै छोरीलाई काम गर्न पठाइदिनुपर्ने सर्त राखेको हुन्छ। नत्र जग्गा कमाउनै दिँदैन। यदि कमलरी बसेकी किशोरी कुनै समस्या परेर काम छाडे वा घर फर्किए साहुले उनका बाबुआमालाई खेती गर्न दिइएको जमिन खोस्छ। जसले गर्दा ती किशोरीको परिवारले खानै नपाउने अवस्था सिर्जना हुन्छ। केहीकेहीले पनि किशोरीका आमाबाबुलाई ऋण दिएबापत पनि यसरी कमलरी राख्ने गरेका छन्।
Kamalari Movement 16

प्रहरीले मुक्त कमलरीमाथि दमन गरेपछि आक्रोश पोख्दै कमलरी।

यसअर्थमा सहरबजारमा काम गर्न राखिएका अन्य बालबालिका र कमलरीमा फरक छ। अरु कामदारको जस्तो स्वतन्त्रता र अवसर यिनले प्राप्त गर्दैनन्। त्यतिमात्र होइन, आफूले जसको घरमा काम गर्नुपर्छ, त्यस घरको साहुको नाम, उसको घरमा गर्नुपर्ने काम र उसले दिने ज्यालासमेत यिनीहरुलाई थाहा हुन्न। सोझै बाबुआमासँग 'डिल' हुन्छ। वर्षमा एकाध जोर जडौरी कपडा पाउँछन्, शिक्षा, स्वास्थ्यबारे सोच्नसमेत पाउँदैनन्। उमेर बढ्दै जाँदा काम गर्न बसेका घरका नातिदेखि हजुरबासम्मको यौन दुर्व्यवहारको सिकारसमेत बन्छन्।
Kamalari Movement 18

प्रहरीको दमनमा परी घाइते भएकी कमलरी।

कमलरी आन्दोलन
विगत छ वर्षदेखि मुक्त कमलरीहरु कहिले मुक्तिका लागि, कहिले पुनर्स्थापनाका लागि, कहिले छात्रवृत्तिका लागि त कहिले शोषणमा परेकाको उद्धारका लागि राजधानी धाइरहेका छन्। पहिलोपटक २०६५ पुसमा ५ सय कमलरी राजधानी आएका थिए। पाँचदिने धर्नामा उनीहरुले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रपति रामवरण यादवलगायतलाई भेटेर ज्ञापन पत्रबुझाए। त्यसैको आधारमा सरकारले पहिलो पटक कमलरीका लागि १२ करोड बजेट त छुट्यायो, तर समयमा निकासा नहुँदा ८० प्रतिशत 'फ्रिज्ड' भयो। छात्रवृत्ति आशमा रहेका हजारौं कमलरी निराश भएर विद्यालय छाडी वैकल्कि बाटो अपनाउन बाध्य भए।
Kamalari Movement 15

प्रहरीको दमनमा परी घाइते भएकी कमलरी।

दोस्रोपटक २०६६ असारमा ३० कमलरी विभिन्न माग राख्दै फेरि राजधानी आए। सबै ठाउँमा ज्ञापनपत्र बुझाए। तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले १६ करोडको बजेट निकासा गरिदियो। दास्रोपटकको बजेट पनि २५ प्रतिशतभन्दा बढी खर्च भएन। तेस्रोपटक २०६८ मंसिरमा उनीहरु फेरि राजधानी आए। तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईलगायतलाई भेटे, तर उनले गरेका प्रतिबद्धता पनि पूरा भएन।
Kamalari Movement 13

आन्दोलन गर्न आएका कमलरीलाई भ्यानमा हाल्दै।


२०७० जेठमा उनीहरु फेरि काठमाडौं आए। ललितपुरको चाकुपाटीमा भएको कमलरी सिर्जना चौधरीको हत्यारालाई कारबाहीको मागसहित उनीहरु राजधानीकेन्द्रित आन्दोलन गरे। १२ वर्षीया सिर्जनाको काम गर्न बसेको इन्जिनियर युवराज पौडेलको घरमै जलेर मृत्यु भएको थियो।
Kamalari Movement 12

छानबिन टली घाइतेहरुसँग प्रतिक्रिया लिँदै।

युवराजले आत्महत्या भने पनि पीडित परिवारले हत्या भएको आरोप लगाउँदै आएको छ। उनको चैत १४ गते मृत्यु भएको थियो। हत्याबारे कमलरी विकास मञ्चकी अध्यक्ष उर्मिला चौधरीको नेतृत्वको छानबिन समितिले उनको हत्या नै भएको प्रतिवेदन सार्वजनिक गरेको थियो। बुबा गंगु चौधरीले छोरीको लास समेत नदेखाएको गुनासो गरेका थिए। उनले शव बुझ्ने कागजमा प्रहरीले जबर्जस्ती सहीछाप लगाउन लगाएको समेत बताएका थिए।
Kamalari Movement 29

प्रहरीले यसरी दमन गरेको थियो।

दुई साताको आन्दोलनपछि सरकारले मुक्त कमलरी संघर्ष समितिसँग दस बुँदे सहमति र कमलरी मुक्ति घोषणा गरेको थियो।

२०७१ वैशाखमा उनीहरुले फरक तरिकाले आन्दोलन गर्योक। राजधानीमा पत्रकार सम्मेलन आयोजना गर्नुका साथै उनीहरु सिंहदरवारका मन्त्रालय धाए। उनीहरुले प्रधानमन्त्री सुशील कोइराला, अर्थमन्त्री रामशरण महत, शिक्षामन्त्री चित्रलेखा यादव र महिला तथा बालबालिका मन्त्रीलाई समेत भेटेर ज्ञापन पत्र बुझाए।

Kamalari Movement 10

कमलरीमाथि दमन प्रहरीविरुद्ध नाराबाजी गर्दै।

Kamalari Movement 09

गौशालास्थित धर्मशालामा भात खाँदै कमलरी। उनीहरु घरबाटै दाल चामल उठाएर राजधानी आएका थिए।

Kamalari Movement 08

यस्तो थियो दस बुँदे सहमति।

Kamalari Movement 07

सरकासँग सहमति भएपछि कमलरी र सिर्जनाका आमा पनि खुसी थिए।

Kamalari Movement 06

घाइते कमलरीहरु पनि दस बुँदे सहमतिपछि खुसी देखिन्थे।

Kamalari Movement 05

सरकारले आफ्नो प्रतिबद्धता पूरा नगरेपछि एक वर्षपछि राजधानीमा पत्रकार सम्मेलन गर्दै मुक्त कमलरी।

Kamalari Movement 04

राजधानीमा एक कमलरीलाई कलंकीबाट उद्धार गरेपछि।

Kamalari Movement 03

शिक्षामन्त्री चित्रलेखा यादवलाई ज्ञापन पत्र बुझाउँदै मुक्त कमलरी विकास मञ्चकी अध्यक्ष बिमला चौधरी।

Kamalari Movement 02

प्रधानमन्त्री सुशील कोइरालालाई ज्ञापन पत्र बुझाउँदै मुक्त कमलरी।

Kamalari Movement 01

सिंहदरवार धाउँदै मुक्त कमलरी।
https://images.nagariknewscdn.com/archive/10_16/media/k2/items/cache/5aede6839d0b12decf5c01546494d47c_L.jpg
अर्को समाचार
झोला बोकेर सिंहदरबार गेट पुगे जेनजीका आफन्त, माग पूरा नभएसम्म अनशन बस्ने (तस्बिरसहित)
७ घण्टा अघि
•
१ मिनेट पाठ
झोला बोकेर सिंहदरबार गेट पुगे जेनजीका आफन्त, माग पूरा नभएसम्म अनशन बस्ने (तस्बिरसहित)
गत वर्षको ‘जेनजी आन्दोलन’का क्रममा पक्राउ परेका प्रदर्शनकारीको विनासर्त रिहाइको माग गर्दै उनीहरूका आफन्त सिंहदरबार दक्षिण गेट अगाडि धर्नामा बसेका छन्।

विगतमा पटक-पटक भएका सहमति कार्यान्वयन नभएको भन्दै युवाका आफन्तहरू आइतबार बेलुका झोला बोकेर सिंहदरबार गेट अगाडि पुगेका हुन्।

उनीहरूले आफ्ना माग पूरा नभएसम्म सिंहदरबार गेट अगाडि नै आमरण अनशन सुरु गरेका छन्। पक्राउ परेका प्रदर्शनकारीलाई विनासर्त रिहा गर्नुपर्ने उनीहरूको माग छ।











रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस