बर्खाको समयमा हुन सक्ने बाढी पहिरो जस्ता प्राकृतिक विपतलाई मध्यनजर गर्दै शनिबार विराटनगरको संघिया खोलामा उद्धारको पूर्व तयारी अभ्यास गरिएको छ। जिल्ला प्रशासन कार्यालय मोरङको समन्वयमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीसहित तीन वटै सुरक्षा निकायले संयुक्त रुपमा उद्धारको अभ्यास गरेका छन्।
अभ्यासमा राष्ट्रिय सेवा दल, स्वास्थ्य उपचारका लागि नेपाल रेडक्रस र कोसी अस्पतालका स्वाथ्यकर्मीहरुको पनि संलग्नता रहेको थियो। बाढीमा परेकाहरुलाई कसरी उद्धार, जिउधन सुरक्षा, स्वास्थ्य उपचार तथा पुनर्स्थापना जस्ता कार्यहरुको पूर्व अभ्यास गरिएको थियो।
प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले विपत आउनु अघि नै सम्भावित विपतको व्यवस्थापनका लागि तयारी अवस्थामा रहनु पर्ने बताएका छन्। उनले विपत आउने क्षेत्रको नक्सांकन, सुरक्षित उद्धार र व्यवस्थापन गरेमा नागरिकको जिउधनको सुरक्षा गर्न सकिने बताए। उनले भने, ‘विपत अघि नै उद्धार, सर्तकताका विषयमा पूर्व तयारी गरे विपतका समयमा सजिलो हुन्छ।’
मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले विपतका समयमा उद्धारका लागि लागि पूर्व तयारीबाट ठूलो सहयोग पुग्ने बताए। उपलब्ध भएका साधन स्रोत प्रयोग गरी उद्धार गरिने बताए। प्राकृति विपतका लागि स्थानीय तहले बजेट छुट्याउन आग्रह गरे। जिल्ला प्रशासन कार्यालय मोरङले २०७८ साउनदेखि हालसम्म बेमौसमे वर्षाबाट मृत्यु भएका ४ जनाका परिवारलाई २ लाखको दरले राहत र आगलागीवाट क्षति भएका २ सय परिवारलाई राहत वितरण गरेको जनाएको छ।
जिल्ला विपत व्यवस्था समितिको कोषमा १ करोड रुपैयाँ संचित छ। बेमौसमी वर्षाबाट कृषकले लगाएका कृषिबाली नोक्सानी वापत पाउने क्षतिपूर्ति ३४ करोड माग गरी गृहमन्त्रालमा पत्र पठाएको जनाएको छ।
विराटनगर १९ स्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालाको दुर्दशा भएको छ। संघीय सरकार मातहतको यो रंगशालालाई वर्षौंसम्म तालाबन्दी गरेर राखिएको र नियमित मर्मतसम्भार नगरिएका कारण दुरावस्था भएको हो।
सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरिएको यो रंगशालाको मर्मतसम्भार र सरसफाइसमेत नगरेपछि विगत ४ वर्षयता यहाँ कुनै पनि प्रतियोगिता सञ्चालन हुन सकेका छैनन्। क्रिकेट रंगशालामात्रै नभई रंगशाला परिसरमा सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि निर्माण गरिएका अन्य संरचनासमेत माटोमै मिलिसकेका छन्। सरकारले राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको भए पनि यो रंगशाला निर्माण र मर्मतसम्भारमा सरकारले कुनै चासो राखेको छैन।
सरकारको वेवास्थाको सिकार बनेको यो रंगशाला यतिबेला झाडीमा परिणत भएको छ। १४ बिघाभन्दा बढी क्षेत्रफल रहेको यो रंगशाला निर्माणका लागि चालु आर्थिक वर्ष पनि संघीय सरकारले बजेट विनियोजन गरेको छ। तर, उक्त बजेट पूर्वाधार निर्माणका लागि नभई डीपीआर निर्माणका लागि विनियोजन गरिएको हो।
पटक-पटक डीपीआर बनाउने तर, भौतिक पूर्वाधार निर्माणमा ध्यान नदिने संघीय सरकारको नीतिले राष्ट्रिय गौरवको यो आयोजना मन्त्री, नेता र कर्मचारीहरूको कमाइखाने भाँडो मात्रै बनेको छ।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...