नवदुर्गाको सातौं दिन अर्थात् आश्विन शुक्ल सप्तमी तिथिमा आज (आइतबार) म्याग्दीसहित देशैभरका कोतघरहरुमा फूलपाती भित्र्याइयो छ। बडादसैँको सातौ दिन देशैभरका कोतघर तथा पुजा कोठामा वैदिक विधिपूर्वक पुजाआजा गरी फूलपाती भित्र्याइयो हो।
घटस्थापनादेखि पूजाआजा गरिएको दसैँघर अथवा पुजाकोठामा शुभ साइतको प्रतिकको रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवा समेत मिसाएर फूलपाती भित्र्याइने गरिन्छ। म्याग्दीको सदरमुकाम बेनीमा रहेको बेनी कोतघरमा पनि धार्मिक विधि र परम्पराअनुसार पुजाआजा गरेर फूलपाती भित्र्याइएको बेनी कोतभण्डार व्यवस्थापन समितिले जनाएको छ।
बेनीस्थित कोतघरमा बेनी शिवालय मन्दिर तथा नेपाली सेनाको अर्थुङ्गेमा रहेको शत्रुभञ्जन गुल्म र जिल्ला प्रहरी कार्यालयका प्रहरीसहितको टोलीले दुवै ठाउँबाट ल्याएको फूलपातीलाई बजार परिक्रमा गराई कोतघरमा विधिपूर्वक भित्र्याइयो छ। कोत मन्दिरबाट सुरु भएको पञ्चे बाजासहितको र्यालीले बेनीबजारको परिक्रमा गरी सङ्गमचोकमा पुगेर पुजाआजा गरी फुर्से र बोकाको बली दिई बेनीको कोतघरमा फुलपाती भित्र्याइएको थियो। हिन्दुधर्म, संस्कृति र परम्पराअनुसार पुजाआजा गरी फूलपाती भित्र्याइएको जनाइएको छ।
फूलपाती भित्र्याउने क्रममा नेपाली सेनाले सलामी अर्पण गरेका थिएभने विधि र प्रक्रियाअनुसार पुजाआजा गरेर प्रसादसहित फूलपाती भित्र्याइएको अवलोकन गर्न आएकालाई टिका लगाइएको थियो । उक्त अवसरमा लक्ष्मीनारायण मन्दिर विकास समितिबाट भजनकिर्तन र नेपाल भाषा मंकाः खल अन्तर्गतको युवा संस्था ल्यामु पुचका कलाकारहरुले मालश्री धुन प्रस्तुत गरेका थिए। कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख सुरत केसी, निवर्तमान प्रमुख हरिकुमार श्रेष्ठ, उपप्रमुख ज्योती लामिछाने, प्रमुख जिल्ला अधिकारी चिरन्जिवी राना, बेनपाको प्रवक्ता रमेशकुमार श्रेष्ठ, बेनपा–८, बेनीका वडाध्यक्ष उत्तमकुमार कर्माचार्यलगायत सरोकारवालाको सहभागिता रहेको थियो।
कोतभण्डार टोलवासीले कोतको लिपपोत र सङ्गमचोकवासीले फूलपाती बढार्इँको लिपपोत र सरसफाइ समेत गरेका थिए। यसैगरी म्याग्दी जिल्लाको विभिन्न गाउँगाउँमा रहेका कोत घरहरुमा पनि फूलपाती भित्र्याइएको छ। बेनी नगरपालिका अन्तर्गत घतान कोत, पुलाचौर कोत, चिप्लेटीको निशानकोत, गाजनेको डढेकोत, ज्यामरुककोत तथा ताकमको ताकम कोत लगायतका दुर्गा भगवतीको मठमन्दिरमा धार्मिक विधिअनुसार पुजाअर्चना गरी फूलपाती भित्र्याइएको स्थानीयले जनाएका छन्।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार फूलपातीस्वरूप केरा, दारिम, धान, हलेदो, मानवृक्ष, कवि, बेल, अशोक र जयन्ती नाम गरिएका नवपत्रलाई पूजा गरी दुर्गापूजा गरेको ठाउँमा भित्र्याउने प्रचलन छ। नौ पातमा क्रमशः ब्रम्हायणी, रक्तदन्तीका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कात्तिकी देवीलाई आह्वान गरेर पूजा पनि गर्ने गरिन्छ।
आजको दिनमा किसानहरुले खेतबारीमा गई चन्दन, अक्षता र फूलले धानको पूजा गरी धानका बाला र बोट घरमा भित्र्याउने गर्दछन्। यस्तै, फुलपातीको दिन विशेष गरी विद्यार्थीले महासरस्वती तथा पुस्तक, कापी, कलम, मसीदानी आदिको पूजा गर्ने प्रचलन समेत रहेको छ।
आज बडा दसैँको सातौं दिन अर्थात् फूलपाती। आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै छ।
घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा आज उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइन्छ।
नवपत्रिकाको नामले चिनिने फूलपाती नववटी देवीको प्रतीकका रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको छ।
केरामा ब्रह्मायणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकीदेवीको आह्वान गरी पूजा गरिन्छ।
हनुमानढोका दरबारको दसैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ। गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दशैंघरका पुजारीसहित मगर जातिका छ जनाले ल्याउने र त्यहाँबाट काठमाडौंको जमलसम्म यहाँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रहि आएको छ।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...