बडादसैँको महासप्तमी अर्थात फूलपातीको दिन आइतबार अपराह्नसम्म उपत्यकाका चोक, गल्ली, मुख्य बजार, बसपार्क तथा जिल्ला जाने नाकामा सर्वसाधारणको चहलपहल बाक्लो थियो। विभिन्न जिल्ला निस्कने सवारी साधनको चापले पश्चिम जाने नाका नागढुङ्गामा विगत पाँच दिनदेखि देखिएको जाम चेकपोस्टसम्मै थियो।
आइतबार जब साँझ पर्दै गर्यो, विस्तारै नाका तथा बजार सुनसान हुँदै गए। त्यही सिलसिलामा नागढुङ्गा नाकाको विगत पाँच दिनदेखिको जाम खुल्यो। सवारी साधनको आवागमनसमेत ह्यात्तै घटेको छ। अन्य नाकाको अवस्था पनि त्यही रह्यो। महाअष्टमीको दिन आज बिहान यहाँका विभिन्न स्थानमा यात्रुको चाप विगत केही दिनका तुलनामा अत्यन्त न्यून पाइयो। उपत्यकाभित्र सार्वजनिक र निजी सवारीको सङ्ख्या पनि घटेको देखियो। अघिपछि ट्राफिक व्यवस्थापनमा चार/पाँच सुरक्षाकर्मी खटिने मुख्य चोकमा अहिले एउटा ट्राफिक प्रहरीले व्यवस्थापन गरिरहेका छन्। त्यही पनि सवारीसाधनको चाप नहुँदा उनीहरुले आराम गर्न भ्याएका छन्। नाकामा केही यात्रु अझै गन्तव्यका लागि सवारीसाधन पर्खिएका फेला परे भने केही सार्वजनिक र निजी सवारी साधन उपत्यका छाड्ने तरखरमा रहेका भेटिए।
यातायात व्यवसायीका अनुसार झण्डै १५ लाखदेखि २० लाखसम्मले काठमाडौँ उपत्यका छाडेका छन्। तर प्रहरीको अभिलेखमा भने त्यो पाइँदैन। प्रहरीले राखेको यही असोज १० देखि १६ गतेसम्मको अभिलेखमा छ लाख ५० हजारले काठमाडौँ छाडेका छन्। यो सार्वजनिक सवारी साधानमा चढेर गएका यात्रुको अभिलेख हो। तर निजी सवारीमा जाने पनि उत्तिकै छन्। आइतबार एक लाख ५६ हजारले राजधानी छाडे ट्राफिक प्रहरीका अनुसार यसवर्षको दसैँमा आइतबार सबैभन्दा बढी यात्रुले राजधानी छाडेका छन्। आइतबार एक लाख ५६ हजार यात्रुले राजधानी छाडेको पाइएको छ। त्यसअघि शनिबार एक लाख १६ हजार यात्रुले राजधानी छाडेको अभिलेख छ। यही असोज १० गतेदेखि यात्रु बाहिरिने क्रम बढेको हो।
प्रहरीका अनुसार घटस्थापनाको उक्त दिन आठ हजार सात सय २९ सवारीसाधानमा ४५ हजार आठ सय २३ यात्रु भित्रिएका थिए भने आठ हजार नौ सय चार सवारी साधानमा ६० हजार आठ सय ४१ यात्रु बाहिरिए। असोज ११ गते आठ हजार चार सय २७ सवारी साधानमार्फत ४५ हजार ३३ यात्रु भित्रिएका थिए। त्यस दिन नौ हजार एक सय ६१ सवारी साधनमार्फत ६२ हजार चार सय ३२ यात्रु बाहिरिएको अभिलेख छ। यस्तै असोज १२ गते आठ हजार नौ सवारी साधनमार्फत ४५ हजार दुई सय ६० यात्रु भित्रिए। त्यस दिन १० हजार ८६ सवारी साधनबाट ७१ हजार सात सय ६३ यात्रु बाहिरिए। यस्तै असोज १३ गते आठ हजार २३ सवारीमार्फत सोही हाराहारीमा यात्रु भित्रिएकामा १० हजार दुई सय १९ सवारीमार्फत ७४ हजार तीन सय ६२ यात्रु बाहिरिए। यही असोज १४ गते सात हजार चार सय ६० सवारीमार्फत ३७ हजार तीन सय ४० यात्रु भित्रिँदा १० हजार दुई सय ६७ सवारी साधनमार्फत ८४ हजार ८७ यात्रु बाहिरिएको तथ्याङ्क छ।
विराटनगर १९ स्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालाको दुर्दशा भएको छ। संघीय सरकार मातहतको यो रंगशालालाई वर्षौंसम्म तालाबन्दी गरेर राखिएको र नियमित मर्मतसम्भार नगरिएका कारण दुरावस्था भएको हो।
सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरिएको यो रंगशालाको मर्मतसम्भार र सरसफाइसमेत नगरेपछि विगत ४ वर्षयता यहाँ कुनै पनि प्रतियोगिता सञ्चालन हुन सकेका छैनन्। क्रिकेट रंगशालामात्रै नभई रंगशाला परिसरमा सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि निर्माण गरिएका अन्य संरचनासमेत माटोमै मिलिसकेका छन्। सरकारले राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको भए पनि यो रंगशाला निर्माण र मर्मतसम्भारमा सरकारले कुनै चासो राखेको छैन।
सरकारको वेवास्थाको सिकार बनेको यो रंगशाला यतिबेला झाडीमा परिणत भएको छ। १४ बिघाभन्दा बढी क्षेत्रफल रहेको यो रंगशाला निर्माणका लागि चालु आर्थिक वर्ष पनि संघीय सरकारले बजेट विनियोजन गरेको छ। तर, उक्त बजेट पूर्वाधार निर्माणका लागि नभई डीपीआर निर्माणका लागि विनियोजन गरिएको हो।
पटक-पटक डीपीआर बनाउने तर, भौतिक पूर्वाधार निर्माणमा ध्यान नदिने संघीय सरकारको नीतिले राष्ट्रिय गौरवको यो आयोजना मन्त्री, नेता र कर्मचारीहरूको कमाइखाने भाँडो मात्रै बनेको छ।
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...