तिहारका लागि भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुन्डु गाउँमा मखमली टिप्न किसानहरू व्यस्त छन्। दसैँ सकिएसंगै यहाँका किसान, गृहिणीलगायत फूल व्यवसायी फूल टिपेर माला उन्न व्यस्त छन् । यस क्षेत्रका खेतबारी, करेसाबारी रंगीन फूलले छपक्क छोपेको छ भने स्थानीयवासीलाई फूल टिप्ने, माला बनाउने चटारोले छ । यो क्षेत्रका किसानले असार, साउनदेखि नै मखमली फूल टिपेर माला गाँस्न थाल्छन् । बिहान फूल टिप्ने र दिउँसो माला उन्ने काम साउन यहांका स्थानीयहरुको दिनचर्या बनेको छ। दशैं अघि टिपेका फूलहरू विदेश पठाउनको लागि प्रयोग हुने किसानहरू बताउँछन्।

















