रोल्पामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सबै तयारी करिब करिब सकिएको छ। निर्वाचन गराउनका लागि मतदान स्थलमा खटाइएका कर्मचारी र सुरक्षाकर्मी पुगेर मतदानस्थल बनाउने काममा कर्मचारी व्यस्त बनेका छन्।
रोल्पाका प्रत्येक मतदान केन्द्रमा ८ जनाका दरले कर्मचारी खटिएका छन्। जस मध्ये एकजना मतदान अधिकृत, एकजना सहायक मतदान अधिकृत र ५ जना सहायक कर्मचारी र १ जना सहयोगी रहेका छन्।
मतदान सकिएपछि मतपेटिकालाई सुरक्षित रुपमा गणनास्थलमा ल्याउने र गणना थाल्नका लागि पनि तयारी भइसकेको प्रमुख जिल्ला अधिकारी नबराज सापकोटाले बताए। मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधि सभाका लागि रोल्पामा तय भएका ८६ मध्ये ३१ मतदानस्थल अति संवेदनशीलको सूचीमा परेका छन्। जिल्लाका ४२ मतदान स्थल संवेदनशील र १३ मतदान स्थल सामान्य रहेको एक सुरक्षा अधिकारीले बताए।
थबाङ गाउँपालिकाका तीन, रोल्पा नगरपालिकाका दुई, त्रिवेणी र माडी गाउँपालिकाका एक÷एक, रुन्टीगढी गाउँपालिकाका ६, परिवर्तन गाउँपालिकाका दुई, गंगादेव गाउँपालिकाका ६, सुनछहरी गाउँपालिकाका पाँच र लुंग्री गाउँपालिकाका पाँच मतदान केन्द्रलाई सुरक्षाका कारण अति संवेदनशील मानिएको हो। जिल्लाका मतदान स्थलको पहिलो घेरामा जनपद प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनालाई राखिएको छ।
वैशाख १५ मा हुने उपनिर्वाचनका लागि निर्धारण गरिएका इलाम २ का सबै मतदानस्थल ‘अति संवेदनशील’ मानिएका छन्। प्रतिनिधिसभा सदस्य उपनिर्वाचन हुन लागेको देशभरको एउटै मात्र निर्वाचन क्षेत्र भएकाले यहाँका सबै मतदानस्थललाई अति संवेदनशील सूचीमा राखिएको हो।
देशभरको ध्यान एकै ठाउँमा केन्द्रित भएको र बाहिरबाट समेत आउ–जाउ बढी हुन सक्ने भएकाले सबै मतदानस्थल सुरक्षाका दृष्टिले यो उपनिर्वाचन क्षेत्र महत्वपूर्ण रहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए। ‘अघिल्ला निर्वाचनमा मतदानस्थललाई अति संवेदनशील, संवेदनशील र सामान्य हिसाबले वर्गीकरण गरिन्थ्यो’, उनले भने, ‘यसपटक सबै मतदानस्थलमा जमघट धेरै हुन सक्ने सम्भावनाले सबै मतदानस्थल अति संवेदनशील सूचीमा छन्।’
क्षेत्र २ मा ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र छन्। मतदाताको संख्या एक लाख १५ हजार आठ सय ८९ छ। यीमध्ये पुरुष ५९ हजार १८ र महिला ५६ हजार आठ सय ६९ रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
यसअघि पनि क्षेत्र २ का धेरैजसो मतदानस्थललाई अति संवेदनशील सूचीमै राख्ने गरिएको थियो। इलामको सीमा जोडिएको भारतको पश्चिम बंगालमा पनि वैशाख १४ मा निर्वाचन हुने भएकाले यताको सुरक्षा व्यवस्था बलियो रहने प्रजिअ यादवले बताए।
उपनिर्वाचन सुरक्षाका लागि करिब तीन हजार सुरक्षाकर्मी परिचालन हुनेछन्। नेपाल प्रहरीका एक हजार पाँच सय २३, सशस्त्र प्रहरी बलका सात सय १० तथा नेपाली सेना सात सयको संख्यामा परिचालन हुने जिल्ला सुरक्षा समितिले जनाएको छ।
निर्वाचन हुन लागेको क्षेत्रमा ६ स्थानीय तहका ४२ वडा पर्छन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...