नयाँ पात्र खोज्दै मतदाता
०५ मंसिर २०७९
•
३ मिनेट पाठ
नयाँ पात्र खोज्दै मतदाता
‘वर्षौंसम्म यिनै (ठूला दल) लाई भोट हालेर हामीले के पायौं,’ नारायणपुर मतदान केन्द्रमा मत हाल्न पुगेका दाङ क्षेत्र नम्बर २ का मतदाता श्याम चौधरी भन्दै थिए, ‘अब दल र व्यक्ति फरक चुन्नुपर्छ भनेर ठूला नेतालाई भोट हालिनँ।’ मतदान गरिसकेको बताएका उनले आफ्ना निकटस्थलाई पनि उसैगरी सुझाइरहेका थिए, ‘अब भोट नयाँलाई हाल्नू।’




यो क्षेत्रमा एमालेबाट महासचिव शंकर पोख्रेल प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् भने सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी रेखा शर्मा उम्मेदवार छिन्। यि दुवै हेभिवेटलाई श्यामले मतदान गर्न रुचाएनन्। उनले भने, ‘नेता ठूला मात्रै भनेर के गर्ने? हामी साना जनतालाई नहेर्ने नेतालाई भोट हालेर के काम?’

श्यामसँगै मतदान केन्द्रमा भेटिएका उनका छिमेकी रविन चौधरीको रोजाइमा पनि हेभिवेटद्वय पोख्रेल र शर्मा परेनन्। उनले यी दुवै हेभिवेटको विकल्पमा वैकल्पिक शक्ति रोजे। उनले भने, ‘मैले घण्टीमा भोट हालें। नयाँले केही गर्छन् कि भन्ने आश लागेको छ।’

ठूला राजनीतिक शक्तिका दुई हेभिवेटको मुख्य प्रतिस्पर्धा देखिएको दाङ २ मा नयाँ शक्ति वैकल्पिक शक्ति बनेर आउने चर्चा चुनावअघि नै बाक्लिइसकेको थियो। मूलतः यो क्षेत्रमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले जनमत तान्ने र त्यसको असर प्रमुख दलका उम्मेदवारलाई पर्ने आकलन गरिएका थिए।

मतदानकै दिन पनि यो क्षेत्रका अधिकांश मतदान केन्द्रहरूमा यो शक्तिको चर्चा बाक्लो बन्यो। ‘केही आश नयाँबाटै हुने रै’छ,’ घोराही ११ हापुरस्थित मतदान केन्द्रमा भेटिएका पवन नेपालीले भने, ‘पुरानालाई हेरिसक्यौं, अब नयाँले केही गर्ला कि भन्ने आश लाग्यो।’ यो क्षेत्रमा लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट विशाल अधिकारी उम्मेदवार बनेका छन्।

दाङकै अर्का हेभिवेट नेता भिडेको क्षेत्र नम्बर ३ मा वैकल्पिक शक्तिको चर्चा अझ बढी चल्यो। यो क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरी प्रतिनिधिसभा सदस्यका लागि भिडेका छन् भने एमालेबाट कोमल ओली भिडेकी छिन्।

हेभिवेट नेताहरूको भिडन्त देखिएको यो क्षेत्रमा पनि निर्वाचन अगावै ‘घण्टी’ चर्चा बाक्लिएको थियो। मतदानका दिन यो चाँका अधिकांश मतदान केन्द्रहरूमा अझ बढी चलेको थियो। ‘हामीहरूले अहिलेसम्म भोट हालेर के भयो र?’

तुलसीपुर ११ स्थित मतदान केन्द्रमा भेटिएका रमण थारुले भने, ‘त्यही भएर अब नयाँ पार्टी र नयाँ व्यक्तिलाई मत हालियो।’ यो क्षेत्रमा लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट कमल सुवेदी उम्मेदवार बनेका छन्।

मतदानका दिन यो क्षेत्रमा यो शक्तिको मत निर्णायक बन्ने चर्चा व्याप्त थियो। ‘ठूला दलका उम्मेदवारहरूको जित-हारको निर्णय घण्टीका उम्मेदवारको मतमा निर्भर हुने देखिन्छ,’ मतदान केन्द्रहरूमा छलफल चलेका थिए।

उता दाङको क्षेत्र नम्बर १ मा भने दुई वैकल्पिक शक्तिको चर्चा बाक्लियो। यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीसँगै नागरिक उन्मुक्ति पार्टीप्रति आममतदाताको चासो बढेको देखिएको थियो। यो क्षेत्रमा सत्तागठबन्धनका तर्फबाट नेकपा एसका नेता तथा सहरी विकास मन्त्री मेटमणि चौधरी र एमालेका तर्फबाट शान्ता चौधरी उम्मेदवार छन्। यो क्षेत्रमा उन्मुक्ति पार्टीबाट डा. सुरेन्द्र चौधरी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट देवराज पाठक उम्मेदवार छन्। यो क्षेत्रमा पनि यी दुई नयाँ शक्ति प्रमुख दलका उम्मेदवारहरूको जित-हारका निर्णायक बन्ने लख काटिएका छन्।

जिल्लाका तिनै निर्वाचन क्षेत्रमा देखिएको मतदाताहरूको यो भनोभावलाई दलहरूले राजनीतिलाई सकारात्मक रूपमा ‘डेलिभर’ गर्न नसकेको परिणामका रूपमा रहेको राजनीतिक विश्लेषकहरूले व्याख्या गरेका छन्। यसैको परिणाम अहिले घण्टीको चर्चाका रूपमा प्रकट भएको महेन्द्र बहुमुखी क्याम्पसका राजनीति शास्त्रका प्राध्यापक सुदीप गौतम बताउँछन्। ‘दलहरूले राजनीतिलाई जनचाहना अनुसार डेलिभर गर्न सकेनन्,’ गौतमले भने, ‘यसैको परिणाम अहिले घण्टीले बढी चर्चा पाएको हो।’

मतदाताहरूको यो भनोभाव वैकल्पिक शक्तिको खोजी मात्रै नभई दलहरूलाई उम्मेदवार छनौट लगायतका प्रवृत्ति सुधार्नका लागि दबाब समेत रहेको गौतमको विश्लेषण छ। तथापि अहिलेको मनोभावले मात्रै यी नयाँ राजनीतिक दलहरू वैकल्पिक शक्तिका रूपमा स्थापित भैसकेको मान्न नहुने भन्दै गौतमले अबको उनीहरूको गतिविधि र अर्को चुनावको परिणामले मात्रै त्यसलाई पुष्टि गर्ने बताए।
अर्को समाचार
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
११ मिनेट अघि
•
१ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
फाइल तस्बिर
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलबाट रिहा भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई गृहजिल्ला अर्घाखाँचीमा स्वागत गरिएपछि एमाले नेतृ उषाकिरण तिम्सेनाले आक्रोश व्यक्त गरेकी छन्।




ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।

उनले आफूलाई भट्टीमा हालेर खरानी बनाउन खोजिएको तर भट्टीबाट खारिएर स्टिल बनेर निस्किएको बताएका थिए। जेल बसाइलाई अध्ययन गर्ने अवसरका रूपमा लिएको उल्लेख गर्दै उनले अहिले देश विकास गर्न र मुलुकलाई समृद्ध बनाउन हिजोभन्दा बढी आँट, शक्ति र आत्मविश्वास पलाएको दाबी गरेका थिए।

रायमाझीको स्वागत र अभिव्यक्तिप्रति लक्षित गर्दै तिम्सेनाले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेकी हुन्।

उनले लेखेकी छन्, ‘सजाय भुक्तानी गरेर जेलबाट छुटेको मान्छेले देश बनाउने कुरा गर्दै छ! जनतालाई भुटानी शरणार्थी बनाएर बेचबिखन गरेको प्रकरणमा दोषी प्रमाणित भएर जेल बसेर आएको व्यक्ति अहिले माला लगाएर हिँड्दै छ! जनतालाई हेप्नुको पनि सीमा हुन्छ नि! अझ, त्यो पनि पार्टीलाई साक्षी राखेर!’

उनले थप लेखेकी छिन्, ‘माफ गर्नुहोस्, म अत्यन्तै दुःखी छु। लज्जाको यति ठुलो प्रदर्शनी नगरौँ न, हुन्छ! जनतालाई हेप्न बन्द गर। अब अति भयो!’

तिम्सेनाले रायमाझीलाई माला लगाएर स्वागत गरिएकोप्रति आपत्ति जनाउँदै जनतालाई हेप्न बन्द गर्न चेतावनीसमेत दिएकी छन्।
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
यो पनि पढौँ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस