हिमालपारीको जिल्ला मुस्ताङमा नेपाली काँग्रेसले क्लिन स्वीप गरेको छ। पाँचवर्ष अघि २०७४ सालमा नेकपा एमालेले आफनो पकड बनाएको मुस्ताङमा अहिलेका मतपरिणाम भने काँग्रेसको पक्षमा देखिएको छ।
प्रतिनिधि सभामा २९ वर्षिय योगेश गौचन विजयी हुदाँ मुस्ताङको प्रदेश सभामा क्षेत्र नं १ बाट नाम्डु गुरुङ र क्षेत्र नं २ बाट विकल शेरचन विजयी भएका छन्। काँग्रेसका तीनैजना विजयी उम्मेदवार ४० वर्ष मुनिका छन्। राजनीतिमा युवापुस्ता आउनुपर्छ भन्दै देशव्यापी चर्चा चलेपछि नेपाली काँग्रेस मुस्ताङले युवापुस्तालाई राजनीतिको जिम्मेवारीसँगै दायित्व सुम्पिएको मत परिणामले देखाएको छ।
एमालेबाट प्रतिनिधि तथा प्रदेश सभा क्षेत्र १ र २ का उम्मेदवार भने पुरानै हुन्। पाँचवर्ष अघि निर्वाचित उम्मेदवारलाई नै एमालेले २०७९ को निर्वाचिनमा दोहोर्याएको थियो । यद्यपी मुस्ताङमा भने पाँचवर्षअघिको जनमत भने एमालेको पक्षमा देखिएन्। नेपाली काँग्रेसका २९ वर्षिय योगेश गौचन मुस्ताङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। सोमबार मतगणनाको परिणाम अनुुसार उनले ६९ वर्षिय एमालेका निवर्तमान प्रतिनिधि सभा सदस्य प्रेमप्रसाद तुलाचनलाई ९१४ मतले पराजित गरेका हुन्।
गौचनले ३ हजार ९ सय ९२ मत प्राप्त गरेको निर्वाचन अधिकारी मदन अर्यालले जानकारी दिए। तुलाचनले ३ हजार ७८ मत प्राप्त गरेका छन्। तुलाचनले २०७४ सालको निर्वाचनमा भने रोमी गौचनलाई पराजित गर्दै मुस्ताङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थि । २०७४ सालमा आफना बुवा रोमी गौचनलाई पराजित गरेका प्रेमप्रसादलाई पाँचवर्षपछि(२०७९) प्रतिनिधि सभाको निर्वाचनमा पराजित गरेका हुन्। उनी नेपाली काँग्रेसका पूर्व मन्त्री रोमी गौचनका पुत्र हुन्। रोमी गौचनले आफुले पाएको टिकट छोरालाई दिदैं राजनीतिको बागडोर सम्हाल्ने गरी उम्मेदवार बनाएका थिए ।
मुस्ताङबाट प्रतिनिधि सभामा निर्वाचित गौचन मुस्ताङको नेपाली काँग्रेसको जिल्ला सदस्य हुदैं गण्डकी प्रदेश सदस्य र महाधिवेशन प्रतिनिधि समेत हुन्। गौचन लेतेस्थित होटल कालोपानी र पोखरामा त्रिथुंगा ट्राभल्स एण्ड टुर्स प्रालिका सञ्चालक समेत हुन्। प्राप्त जानकारी अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुदेश गुरुङले ८७ मत ल्याए।
यसैगरी प्रदेश सभा क्षेत्र १ मा नेपाली काँग्रेसका नाम्डु गुरुङ विजयी भएका हुन्। उनले नेकपा एमालेका इन्द्रधारा विष्टलाई पराजित गर्दै प्रदेश सभा सदस्य निर्वाचित भएका हुन्। गुरुङले १०४८ मत प्राप्त गर्दा विष्टले भने ६९३ मत प्राप्त गरेका थिए।
प्रदेश सभाका लागि मुस्ताङ क्षेत्र नं २ बाट विकल शेरचन निर्वाचित भए। उनले प्रदेश सभाकै निवर्तमान सदस्य चन्द्रमोहन गौचनलाई १५८ मतले पराजित गरेका हुन्। शेरचनले २७२३ मत प्राप्त गरेको निर्वाचन अधिकारी अर्यालले जानकारी दिए। गौचनले भने २५२३ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय मुस्ताङले जनाएको छ।