सुनसरी निर्वाचन क्षेत्र नं १ को मतगणनाको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ।
धरान ८ स्थित सभागृहमा भइरहेको ६ सय मतगणनाको नतिजा सार्वजनिक हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका उमेदवार अशोक राई (अविरल) ले अग्रता लिएका छन्। उनले १७४ मत प्राप्त गरेका छन्।
यस्तै, १४३ मतका साथ स्वतन्त्र उमेदवार मनोजकुमार मेन्याङ्बोले पछ्याइरहेका छन्। एमाले परित्याग गरेर स्वतन्त्र उमेदवार दिएका मेन्याङ्बो धरानका पुर्वमेयर पनि हुन्। तेस्रो स्थानमा अप्रत्यासित मत राष्ट्रिय स्वतन्त्र पार्टीकी उमेदवार गोमा तामाङ (सरिन) ले ११३ मत पाएकी छिन्।
सुर्यमुखी चुनाव चिह्न भएका स्वतन्त्र उमेदवार मातृकाप्रसाद भट्टराईले ३३ मत पाएका छन् भने घण्टाघर चुनाव चिह्न भएका स्वतन्त्र उम्मेद्वार कुमार कार्कीले २४ मत पाएका छन्। पानीको जार चुनाव चिह्न भएका स्वतन्त्र उमेदवार तर्कबहादुर मगरले ९ मत पाएका छन्।
गठबन्धनको मत न्युन
प्रारम्भिक नतिजाअनुसार दुवै गठबन्धनका उम्मेद्वारको मत न्युन छ। सत्ता गठबन्धनका उम्मेद्वार नेकपा माओवादी केन्द्रका मुक्सामहाम मेन्याङ्बोले ७० मत पाएका छन् भने एमाले जसपा गठबन्धनका उम्मेद्वार जसपाका उम्मेद्वार अशोककुमार राईले मात्र २५ मत पाएका छन्।