रुकुम पश्चिममा प्रतिनिधिसभा सदस्यका माओवादी केन्द्रका उम्मेदवार जनार्दन शर्माले मतान्तर बढाउँदै लगेका छन्। बुधबार र बिहान सम्म ६ हजार ४ सय २ मत गन्दा शर्माले ४ हजार १० मत पाएका छन् भने नेकपा एमालेका नन्दराम देवकोटाले १ हजार ५ सय ९४ मत ल्याएका छन्।
त्यसैगरी प्रदेश सभा (क) तर्फ वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार रहेका माओवादी केन्द्रका महेन्द्र केसीले दुई हजार २ सय ३५ मत ल्याउँदा नेकपा एमालेका नारायणकुमार शाहले ७ सय ४१ मत सहित पछ्याईरहेका छन् भने राप्रपाका बिनोद कुमार शाहले २ सय ५४ ल्याएका छन्।
प्रदेश सभा ९ख० मा पनि वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार रहेका माओवादी केन्द्रका राजकुमार शर्माले एक हजार ७ सय ६५, एमालेका कर्ण बहादुर घर्ती मगरले ९ सय ६४ मत प्राप्त गरेका छन्। रुकुम पश्चिममा एक लाख चार हजार २८० मतदाता रहेकोमा ६० हजार ५२७ मत खसेको थियो।