प्रकाश तिमल्सिना, काठमाडौ, फागुन ८- तीन वर्षपछि सहिद स्मारक ए डिभिजन लिग सुरु हुँदा च्याम्पियन नेपाल पुलिस क्लबको विजयी अभियानले निरन्तरता पाएको छ।
पछिल्लो पटक २०६३ सालमा सम्पन्न लिगको विजेता पुलिसले शनिबार ब्वाइज युनियन क्लबलाई ३-० ले पराजित गर्यो। तीन वर्षअघि सम्पन्न पछिल्लो लिगको अन्तिम खेलमा पनि पुलिसले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई २-० ले पराजित गर्दैै उपाधि जितेको थियो। संयोगवश तीनवर्षअघि लिगको अन्तिम खेलमा सेनालाई पराजित गर्दा अन्तिम गोल गरेका पुलिस फरवार्ड जुमानु राईकै गोलबाट यसपालीको लिग सुरु भयो। अखिल नेपाल फुटबल संघ (एन्फा) को विरोधमा क्लबहरुबाट संचालित आन्दोलनका कारण पछिल्लो तीन वर्ष ए डिभिजन लिग हुन सकेको थिएन।
बहुप्रतिक्षित लिगको पहिलो खेलमा पुलिसले ३-० को प्रभावशाली जित दर्ता गराउदा जुमानुका साथै विंगर भोलानाथ सिलवालले अर्को गोल गरे भने ब्वाइज युनियनका पले खडकाले एउटा आत्मघाती गोलको उपहार दिए।
रक्षापंक्तीका खेलाडी रविन श्रेष्ठको उत्कृष्ट क्रसमा गोल गर्दै जुमानुले पुलिसलाई २६ औ मिनेटमा अग्रता दिलाएका थिए। दोस्र्रो हाफको छैटौ मिनेटमा पुलिसका गोलकिपर रितेश थापाले रिलिज गरेको बल जुमानुले अगाडि बढाउदै गर्दा पलेको क्लियर गर्ने प्रयास आत्मघाती गोलमा परिणत भएको थियो। टोलीका लागि अन्तिम गोल समय सकिन १५ मिनेट बाँकी रहदा भोलानाथले गरे। लिबरो राकेश श्रेष्ठले दिएको पासमा भोलाले विपक्षी रक्षकलाई कटाउदै गोल गरेका थिए।
२०६३ को अन्तिम खेलमा पराजित भएर उपाधि पुलिसलाई सुम्पेको सेनाले पनि यो वर्षको लिग जितका साथ सुरु गर्यो। सेनाले जावलाखेल युथ क्लबमाथी ४-१ को विजय हासिल गर्यो। सेनाको जितमा विकर्ण श्रेष्ठले दुई गोल गरे भने म्यान अफ द म्याच सन्तोष नेपाली र रामकुमार विश्वासले एक/एक गोल गरे। पराजित जावलाखेलका लागि भने एकमात्र सान्त्वना गोल बिवादास्पद खेलाडी योगेश श्रेष्ठले गरे।
महेन्द खवासको क्रसमा विकर्णले गोल गर्दै २७ औ मिनेटमा अग्रता दिलाएको सेनाका लागि दुई मिनेटपछि सन्तोषले एकल प्रयासमा गोल थपेर अग्रता दोब्बर पारेका थिए। विकर्णले दोस्रो हाफको चौथो मिनेटमा अर्को गोल थपे भने ५६ औ मिनेटमा हिरण्य मगरको फ्रि-किकमा रामकुमारले हेडमार्फत गोल गरेका थिए। खेलमा योगेशले ५८ औ मिनेटमा जावलाखेलका लागि एकमात्र सान्त्वना गोल गरे। योगेश र दिपेश जावलाखेलमा अनुबन्धित हुनाका बावजुद पुलिस प्रस्थान गर्दा फुटबल जगतमा ठुलै हल्लीखल्ली मच्चिएको थियो।