मोरङ क्षेत्र नम्बर ४(ख) बाट प्रदेश सभा सदस्यमा भीम पराजुली निर्वाचित भएका छन्। जुनसुकै निर्वाचनमा जित हातपार्दै आएका पराजुलीले प्रदेश सभाको निर्वाचनमा पनि विजयी हुँदै विजयी यात्रालाई निरन्तरता दिएका छन्।
महेन्द्र मोरङ क्याम्पस विराटनगरबाट विद्यार्थी राजनीतिमा प्रवेश गरेका पराजुलीले विद्यार्थीकाल देखि हालसम्म १० वटा निर्वाचनको सामना गरिसके पनि कहिलै हार बेहोर्नु परेको छैन। पराजुली हालै सम्पन्न प्रदेशसभा निर्वाचनमा मोरङ क्षेत्रनम्बर ४(ख)बाट नेकपा एमालेका जीवन घिमिरेलाई पराजित गर्दै विजयी भएका हुन्। पराजुलीले ११ हजार ४७९ मत ल्याए। उनका निकटतम प्रतिश्पर्धी नेकपा एमालेका जीवन घिमिरेले ९ हजार ६ सय ९१ मत प्राप्त गरे। १ हजार ७ सय ८८ मतअन्तरले पराजुलीले जित निकालेर अविजित यात्रालाई निरन्तरता दिएका हुन्।
पराजुली विराटनगर महानगरपालिका पुर्व मेयर पनि हुन्। उनि २०७४ को स्थानीय तहको निर्वाचनमा एमाले नेता विनोद ढकालाई हराउँदै विराटनगर महानगरपालिको मेयरमा निर्वाचत भएका थिए।
को हुन भीम पराजुली ?
२०३१ चैत २० गतेका बुवा स्व.तुलसी पराजुली र आमा तुलसीमाया पराजुलीको कोखबाट जन्मिएका भीम पराजुली नेपाली कांग्रेसका सशक्त युवा नेता रुपमा चिनिदै आएका छन्। विराटनगर–३ का स्थायी बासिन्दा पराजुली २०४६ सालको आन्दोलन देखि हरेक राजनीतिक आन्दोलनमा सक्रिय रहँदै आएका छन्। २०४६ सालको प्रजातान्त्रिक आन्दोलनमा प्रहरी हिरासतमा परेका उनी २०६२\६३ को आन्दोलनमा अग्र मोर्चामा रहेर शसक्त भूमिका खेलेका थिए।
उक्त आन्दोलनका क्रममा उनि सााढे ३ महिना प्रहरी हिरासतमा राखिएको थियो। विद्यार्थी कालदेखि नै राजनीति थालेका पराजुलीले महेन्द्र मोरङ क्याम्पसको इकाई समिति सचिव हुँदै सोही क्याम्पसको स्ववियु सभापति समेत भए। उनि दुई पटक महेन्द्र मोरङ क्याम्पस विराटनगरको स्ववियु सभापतिमा निर्वाचित भएका थिए।
दुई पटक महेन्द्र मोरङ क्याम्पसको स्ववियु सभापतिको कार्यकाल पुरा गरेका पराजुली नेपाली कांग्रेस विराटनगरको सभापतिमा निर्वाचित भए। उनले दुई पटक विराटनगरको सभापतिको कार्यभार सम्हालिसकेका छन्। नेपाली कांग्रेस विराटनगर नगरसमितिको सभापतिको पदमा रहेकै वेला पराजुली विराटनगर महानगरपालिकाको मेयरमा निर्वाचित भए।
विराटनगर महानगरपालिकोको मेयरको कार्यकाल पुरा गरेका पराजुली दोस्रो कार्यकाल पनि महानगरपालिकाको मेयर हुन चाहन्थ्ये। तर, दोस्रो कार्यकालका लागि पराजुलीले मेयरको टिकट पाएनन्। तर, उनले प्रदेशसभाको टिकट पाए। प्रदेससभा सदस्यको टिकट मात्रै पाएनन्। जितसमेत निकालेर उनले आफ्नो अभिजित यात्रालाई निरन्तरता दिएका छन्। उनले आम निर्वाचनमा मात्रै नभई पार्टीका आन्तरिक निर्वाचनमा पनि कहिलै पराजित हुनु परेको छैन। पराजुली नेपाली कांग्रेसको १४ औं महाअधिवेशनमा क्षेत्रीय प्रतिनिधि देखि निर्वाचित हुँदै केन्द्रिय सदस्यमा समेत निर्वाचित भए।
पराजुली राजनीतिक रुपमा मात्रै नभएर दर्जन बढी सामाजिक संघसंस्थामा पनि संलग्न छन्। मिलनसार स्वभावका पराजुली धार्मिक कार्यमा विशेष रुची राख्ने गर्दछन्। पराजुली कुनै पनि कामको सुरूवाद गर्नु भन्दा पहिले जोतिसलाई हेराएर साईत निकालेर मात्रै कामको थालनी गर्दछन्। पराजुलीले उम्ेदवारी दर्ता गर्दा पनि उत्तम साहितमा मात्रै गर्ने गरेका छन्। प्रदेशसभाको उम्मेदवारी दर्ता गर्दा पनि उनले साहित हेराएरै दर्ता गरेका थिए। उम्मेदवारी दर्ता गर्दा मात्रै नभई मतदान गर्दासमेत उक्त दिनको उत्तम साईतमा उनले मतदान गरेका थिए।