सिन्धुपाल्चोक २ मा कांग्रेसका बस्नेतको ऐतिहासिक जित
०९ मंसिर २०७९
•
२ मिनेट पाठ
सिन्धुपाल्चोक २ मा कांग्रेसका बस्नेतको ऐतिहासिक जित
सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ मा कांग्रेसका मोहनबहादुर बस्नेतले ऐतिहासिक जित निकालेका छन्। संसदीय चुनावमा यसअघि यो क्षेत्रबाट कांग्रेसले कहिल्यै जितको स्वाद चाख्न सकेको थिएन।




एमाले उम्मेदवार शेरबहादुर तामाङलाई भारी मतले हराउँदै बस्नेतले क्षेत्र नं. २ मा पहिलो पटक कांग्रेसको जितको खाता खोलेका हुन्। शुक्रबार सार्वजनिक मतपरिणाम अनुसार बस्नेतले ३९ हजार ३ सय ६७ मत ल्याए। उनका निकटतम प्रतिस्पर्धी तामाङले २७ हजार ४ सय ९३ मत मात्र पाए। बस्नेतले तामाङलाई ११ हजार ८ सय ७४ मतान्तरले पराजित गरे।  

तेस्रो पटक जित निकाल्दै बस्नेतले संसद यात्रा तय गरेका हुन्। यसअघि उनी प्रतिनिधिसभा क्षेत्र नं. १ बाट २०५६ संसदीय र २०७० संविधान सभा निर्वाचनमा विजयी भएका थिए। गठबन्धनको कारण गृहक्षेत्र माओवादीको भागमा परेपछि उनी क्षेत्र नं. २ मा आएका थिए। लगातार तीन संसदीय चुनाव जितेर ह्याट्रिक गर्नबाट तामाङलाई रोक्दै कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य रहेका बस्नेतले तेस्रो जित निकाले।

एमाले पोलिट्व्यूरो सदस्य रहेका तामाङले यसअघि क्षेत्र नं. २ बाटै २०७० को संविधान सभा र २०७४ को प्रतिनिधिसभा निर्वाचन जितेका थिए। बस्नेत र तामाङ दुबै पूर्वमन्त्री भएकाले यहाँको चुनावी प्रतिस्पर्धालाई सुरुवातदेखि नै चासोका साथ हेरिएको थियो।  

यो क्षेत्रबाट उम्मेदवार बनेपछि बस्नेतले पार्टीले आफूलाई पहिलो जितको खाता खोल्न पठाएको प्रतिक्रिया दिँदै आएका थिए। २०७९ को बाहेक २०४८ यता भएका ६ संसदीय चुनावमा यो क्षेत्रबाट तीन पटक राप्रपा, एक पटक माओवादी र दुई पटक एमालेले जितेका थिए।  

२०४८, २०५१ र २०५६ मा भएका निर्वाचन लगातार जित्दै राप्रपा नेता पशुपति शम्शेरले ह्याट्रिक गरेका थिए। २०६४ को संविधान सभा निर्वाचन माओवादीका दावा लामाले जिते। २०७० र २०७४ को चुनाव एमालेका तामाङले जिते। २०७४ सम्म यो क्षेत्रबाट प्रतिस्पर्धा गरेका राणा यो पटक प्रत्यक्ष चुनावी मैदानमा उत्रिएनन्। राप्रपाको परम्परागत मुटु मानिएको यो क्षेत्र एमालेले लाल किल्लामा परिणत गरेको थियो। क्षेत्र परिवर्तन गर्दै बस्नेतले माओवादीको साथमा यो पटक एमाले गढ भत्काइ दिए।  

निर्वाचित भएपछि बस्नेतले पार्टीको तर्फबाट आफूले पहिलो पटक जितको खाता खोलेकोमा खुशी व्यक्त गर्दै क्षेत्र नं. २ को विकासमा आफू क्रियाशील हुने प्रतिवद्धता जनाए। ‘चुनावी अभियानमा धेरै आश्वासन बाँडेको थिइन। गर्नेपर्ने केही कामको सूची मतदाताबीच लगेर बाचा गरेको थिएँ। एकएक गरी बाचा पूरा गर्छु,’ उनले भने।
अर्को समाचार
सिन्धुपाल्चोक २ मा कांग्रेसका बस्नेतको ऐतिहासिक जित
०९ मंसिर २०७९
•
२ मिनेट पाठ
सिन्धुपाल्चोक २ मा कांग्रेसका बस्नेतको ऐतिहासिक जित
सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र नं. २ मा कांग्रेसका मोहनबहादुर बस्नेतले ऐतिहासिक जित निकालेका छन्। संसदीय चुनावमा यसअघि यो क्षेत्रबाट कांग्रेसले कहिल्यै जितको स्वाद चाख्न सकेको थिएन।




एमाले उम्मेदवार शेरबहादुर तामाङलाई भारी मतले हराउँदै बस्नेतले क्षेत्र नं. २ मा पहिलो पटक कांग्रेसको जितको खाता खोलेका हुन्। शुक्रबार सार्वजनिक मतपरिणाम अनुसार बस्नेतले ३९ हजार ३ सय ६७ मत ल्याए। उनका निकटतम प्रतिस्पर्धी तामाङले २७ हजार ४ सय ९३ मत मात्र पाए। बस्नेतले तामाङलाई ११ हजार ८ सय ७४ मतान्तरले पराजित गरे।

तेस्रो पटक जित निकाल्दै बस्नेतले संसद यात्रा तय गरेका हुन्। यसअघि उनी प्रतिनिधि सभा क्षेत्र नं. १ बाट २०५६ संसदीय र २०७० संविधान सभा निर्वाचनमा विजयी भएका थिए। गठबन्धनको कारण गृहक्षेत्र माओवादीको भागमा परेपछि उनी क्षेत्र नं. २ मा आएका थिए। लगातार तीन संसदीय चुनाव जितेर ह्याट्रिक गर्नबाट तामाङलाई रोक्दै कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य रहेका बस्नेतले तेस्रो जित निकाले।

एमाले पोलिट्व्यूरो सदस्य रहेका तामाङले यसअघि क्षेत्र नं. २ बाटै २०७० को संविधान सभा र २०७४ को प्रतिनिधि सभा निर्वाचन जितेका थिए। बस्नेत र तामाङ दुबै पूर्वमन्त्री भएकाले यहाँको चुनावी प्रतिस्पर्धालाई सुरुवातदेखि नै चासोका साथ हेरिएको थियो। 

यो क्षेत्रबाट उम्मेदवार बनेपछि बस्नेतले पार्टीले आफूलाई पहिलो जितको खाता खोल्न पठाएको प्रतिक्रिया दिँदै आएका थिए। २०७९ को बाहेक २०४८ यता भएका ६ संसदीय चुनावमा यो क्षेत्रबाट तीन पटक राप्रपा, एक पटक माओवादी र दुई पटक एमालेले जितेका थिए।

२०४८, २०५१ र २०५६ मा भएका निर्वाचन लगातार जित्दै राप्रपा नेता पशुपति शम्शेरले ह्याट्रिक गरेका थिए। २०६४ को संविधान सभा निर्वाचन माओवादीका दावा लामाले जिते। २०७० र २०७४ को चुनाव एमालेका तामाङले जिते। २०७४ सम्म यो क्षेत्रबाट प्रतिस्पर्धा गरेका राणा यो पटक प्रत्यक्ष चुनावी मैदानमा उत्रिएनन्। राप्रपाको परम्परागत मुटु मानिएको यो क्षेत्र एमालेले लाल किल्लामा परिणत गरेको थियो। क्षेत्र परिवर्तन गर्दै बस्नेतले माओवादीको साथमा यो पटक एमाले गढ भत्काइ दिए।

निर्वाचित भएपछि बस्नेतले पार्टीको तर्फबाट आफूले पहिलो पटक जितको खाता खोलेकोमा खुशी व्यक्त गर्दै क्षेत्र नं. २ को विकासमा आफू क्रियाशील हुने प्रतिवद्धता जनाए। ‘चुनावी अभियानमा धेरै आश्वासन बाँडेको थिईँन। गर्नेपर्ने केही कामको सूची मतदाताबीच लगेर बाचा गरेको थिएँ। एकएक गरी बाचा पूरा गर्छु,’ उनले भने।
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ६ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १२ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस