पश्चिम नवलपरासीको क्षेत्र नं. २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुवबहादुर प्रधान निर्वाचित भएका छन्। प्रधानले नेपाली काँग्रेसका देवेन्द्रराज कँडेललाइ पारजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्।
प्रधानले ३४ हजार ७६४ मत ल्याइ विजयी हुँदा उनका निकटतम प्रतिश्पर्धी कँडेलले जम्मा १९ हजार ५९४ मत प्राप्त गरे। राप्रपाका उपाध्यक्ष प्रधानले काँग्रेसका केन्द्रिय सदस्य तथा पुर्व गृहराज्य मन्त्री समेत रहेका कँडेललाइ १५ हजार ६७० मतको फराकिलो अन्तरले पारजित गरेका हुन्।
एमालेका दिपेन्द्र अधिकारीले १४ हजार ५०२ मत ल्याइ तेश्रो भए। यो क्षेत्रबाट लुम्बिनी प्रदेश सभामा एक जना स्वतन्त्रबाट र एक जना काँग्रेसबाट विजयी भए। क्षेत्र नं.२(क)बाट स्वतन्त्रका उम्मेदवार खडग बस्नेत र २(ख) बाट काँग्रेसका बैजनाथ कलवार लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्।