मकवानपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदमा पराजित नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’ ले भर्खरै सम्पन्न आम निर्वाचनमा मतदाताको मन जितेर पनि मतले हारेको भन्दै सधैं जनताको साथमै रहने बताएकी छिन्।
शुक्रबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै उनले प्राविधिक त्रुटिका कारण चुनाव हार्नुपरेको बताइन्। डिनाले निर्वाचनमा मत र मनले नभई प्राविधिक त्रुटिका कारण हार व्यहोर्न बाध्य भएको बताएकी हुन्। प्राविधिक त्रुटिहरुको बारेमा समिक्षा गरिने उनको भनाई थियो। चुनावमा सहभागी हुँदा जीत सुनिश्चित भएकै अवस्थामा होमिएको र केही त्रुटिका कारण पराजित हुनुपरेको उनले बताइन्।
पार्टीभित्रको अन्तरघातको कारण चुनाव हारेको हो? भन्ने पत्रकारको प्रश्नमा उनले यस बिषयमा अन्तरघातको बिषयमा सत्यतथ्य बाहिर नआउन्जेल केही नबोल्ने बताइन्। ‘हरेक पार्टीमा घात–अन्तरघात र असन्तुष्टी रहेको हुन्छ। जित सुनिश्चित भएको अवस्थामै निर्वाचनमा गएका थियौं, तर परिणाम फरक आयो’, उनले भनिन्, ‘अन्तरघातको कुरामा सत्यतथ्य प्रमाण आयो भने बोलौंला, कसरी जाने भन्ने बिषयमा पनि सोचौंला।’
चुनावी अभियानका क्रममा मतदाताहरुले भनेका कुरा, मतदाताहरुको सपना र जिल्लाको विकासका लागि निरन्तर लागिपर्ने उनले प्रतिबद्धता जनाइन्। मतदाताहरुको उत्साह र मायालाई निर्वाचन पराजित भएपनि निराशामा परिणत हुन नदिने डिनाको भनाई थियो। घरदैलोमा जाँदा मतदाताहरुले भनेको कुराहरु र जनताहरुको आशा र भरोसा पराजित हुँदा पनि कानमा गुञ्जिरहेका स्मरण गर्दै उनले मतदाताको आवाजलाई गठबन्धनको सरकारमा पार्टीको तर्फबाट पुर्याउने प्रतिबद्धता जनाइन्। आम मतदाताले उत्साहका रुपमा मतदान गरेकोमा उनले धन्यवाद व्यक्त गरिन्।
गठबन्धनकै तर्फबाट प्रदेश सभा सदस्यको उम्मेदवार बनेर पराजित भएका कांग्रेसका नेता आनन्दराम पराजुलीले जनताको मतको सदैव सम्मान गर्ने बताए। ‘निर्वाचित हुने सबैजनालाई बधाई छ’, उनेल भने, ‘प्राविधिक कारण हामीले हार व्यहोरेका छौं। हारेपनि हामी आम मतदाताबाट कहिल्यै टाढा हुनेछैनौं’, उनले भने, ‘मतदातालाई धन्यवाद व्यक्त गर्न सबैको घरदैलोमा आउनेछौं।’ माननीय भएर कलम चलाउन नपाएपनि सेवा गर्ने हातहरु नरोकिने पराजुलीको भनाई थियो। ‘होला जनप्रतिनिधि हुँदा धेरै काम गर्न सकिन्थ्यो होला। जनप्रतिनिधि नहुँदा पनि सकेको काम गर्नेछौं। तपाईको मतको कहिल्यै अपमान गर्ने छैनौं। तपाइँको शिर झुक्ने काम कहिल्यै गर्नेछैनौं’, उनले भने। जनताको मतको सदैव सम्मान गर्ने उनले दोहोर्याए।