'एउटैलाई हेर्यौं पटक पटक, तिलकलाई हेरौं यसपटक'
नागरिक
११ माघ २०७२
•
६ मिनेट पाठ
'एउटैलाई हेर्यौं पटक पटक, तिलकलाई हेरौं यसपटक'
धरान–पहिलो संविधासभा निर्वाचनमा एमाओवादीको चर्चित नारा थियो, 'अरुलाई हेर्यौं पटक पटक, एमाओवादीलाई हेरौं यसपटक।'अहिले एमाओवादीको त्यही चुनावी नाराको झल्को दिने नारा धरानमा चर्चामा छ। न संविधानसभाको चुनाव हो, न स्थानीय निकायको। देशको ठूलो पार्टी नेपाली कांग्रेसको महाधिवेशन नजिकिदै गर्दा संसदीय एवं स्थानीय निकायको निर्वाचनको छनक दिनेगरी कांग्रेसको संस्थापन र देउवापक्षीय गुट गाउँ, नगर र क्षेत्रीय अधिवेशनमा जुटेका छन्।

कांग्रेसका वर्तमान उपमहानगर सभापति किसोर राईको विरुद्धमा उम्मेद्वारी घोषणा गरेका तिलक राईको नारा छ, 'एउटैलाई हेर्यौं पटक पटक, तिलक राईलाई हेरौं यसपटक'। उनको टिम धरानमा नयाँ नेतृत्वबाट मात्रै कांग्रेसलाई गति दिनसकिने दाबी गर्छ। सभापति राई पक्षीयको नारा भने यस्तो छ, 'पुरानालाई सम्मान, नयाँलाई अवसर, अनुभवले बनाउछौं नेपाली कांग्रेसलाई अग्रसर ।' उनको टिम अनुवभीले नै पार्टीलाई हाँक्ने दाबी छ । सभापति राई विगत १४ वर्षदेखि कांग्रेसको धरान सभापति छन्।

उनी देउवा पक्षका हुन्। उनको विरुद्ध उम्मेद्वारी दिएका अर्का राई संस्थापन पक्षका हुन्। अघिल्लो अधिवेशनमा पनि दुवै जना सभापतिको आकांक्षी भएपनि किसोरले बाजी मारेका थिए । त्यसअघि, नेपाली कांग्रेस र प्रजान्तिक कांग्रेसबीच एकता हुँदा पनि किसोर राई नगर सभापति भएका थिए।

उपमहानगर सभापतिका आकांक्षी दुवैले छुट्टा छुट्टै प्यानल बनाएका छन्। दुवै गुट आफूलाई जिताउन भन्दै क्रियासिल सदस्यहरुको वार्ड भेलामा ब्यस्त छन्। भेलामा एक गुटले अर्को गुटको आलोचना मात्रै होइन, नगरको विकासे योजना र आश्वासनहरु पनि बाडिरहेका छन् । 'स्थानीय निकायको निर्वाचनमा दुई राजनीतिक पार्टी भिडेजस्तै अहिले कांग्रेसको अधिवेशन हुदैछ',कांग्रेसकै एक क्रियासिल युवा सदस्यले भने ।

कांग्रेसको गाउँ र नगर अधिवेशन माघ १५ गते देशभर सम्पन्न हुँदैछ । दुवै समुह प्यानल घोषणासहित चुनावी दौडमा छन् । भातृ संगठनहरुसँग बैठक पनि भइरहेको छ। दुवै गुट केन्द्रीय नेता ल्याएर कार्यक्रम पनि गरिरहेका छन् । गत साता पूर्वअर्थमन्त्री रामशरण महतलाई बोलाएर संस्थापनले सम्मान गरेको थियो भने आइतबार तरुणहरुको सहभागीतामा बहृत मोटरसाइकल र्याली निकाल्यो। क्रियाशिल सदस्यहरुको भेला, कार्यक्रममा ब्यस्त रहेको देउवा पक्ष पनि अधिवेशन उद्घाटनमा वरिष्ठ नेता शेरबहादुर देउवालाई ल्याउने तयारीमा जुटेको छ।

गाउँ, नगर र क्षेत्रीय अधिवेशनमा सतहमा देखिएको गुटगत प्रतिस्पर्धा लोकतान्त्रिक पार्टीमा स्वाभाविक हुने कांग्रेस सुनसरीका जिल्ला सह सचिव विकास आचार्य बताउछन्। 'लोकतान्त्रिक पार्टीमा प्रतिस्पर्धा हुनु स्वभाविक र सकरात्मक हो । तर, प्रतिस्पर्धा स्वच्छ हुनुपर्छ । यसले पार्टीमा राम्रो र सक्षम नेतृत्व ल्याउछ र कार्यकर्ता, पार्टीलाई नयाँ उर्जा मिल्छ',उनी थप्छन् ।

नगरअधिवेशनले नगर कमिटि चयनसँगै क्षेत्रीय प्रतिनिधिहरु पनि छनौट गर्नेछ । माघ २२ गत हुने क्षेत्रीय अधिवेशनले क्षेत्रीय कमिटिसँगै जिल्ला सदस्य, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य पनि चयन गर्नेछ । जिल्ला अधिवेशनको मिति भने माघ २५ गते तोकिएको छ।

उपमहानगर सभापतिमा जस्तै सुनसरी १ नम्बर क्षेत्रीय अधिवेशनमा पनि गुटगत प्रतिस्पर्धा हुदैछ। क्षेत्रीय सभापतिमा मदन ढकालले उम्मेदवारी घोषणा गरिसकेका छन् भने हालका कार्यवाहक सभापति सुरेशमान श्रेष्ठ र सचिव सुजेन्द्र तामाङ पनि आकांक्षीकोरुपमा छन्। संस्थापन पक्षीय ढकालले गुट परिवर्तन गरेर क्षेत्रीय सभापतिमा उम्मेदवारी दिएपछि श्रेष्ठ र तामाङबीच सहमतिमा एक जना उठाउने संस्थापनको तयारी छ । कांग्रेस सुनसरी जिल्ला सभापतिमा भने संस्थापन पक्षका हालका सभापति राजीव कोइराला र रामबहादुर बस्नेतले उम्मेद्वारी दिने कांग्रेसले जनाएको छ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस