जनकपुर–नेपाली काँग्रेसकी नेतृ लिला कोइरालाको घर घेराउ गर्ने क्रममा मधेसी मोर्चा र प्रहरीबीच झडप भएको छ। जनकपुर –९ ब्रम्हपुरीस्थित कोइरालाको घर अगाडि भएको झडपमा चार प्रहरीसहित आठ जना आन्दोलनकारी घाइते भएका छन्।प्रहरीले गरेको लाठी चार्जमा जनकपुर –२६ जमुनीयाका दीपनारायण यादवको हात भाँचिएको छ। उनको जानकी मेडिकल शिक्षण अस्पतालमा उपचार भइरहेको मोर्चाका जिल्ला संयोजक संजय सिंहले जानकारी दिए। अन्य तीन जनालाई जनकपुर अञ्चल अस्पतालमा पु¥याइएको सिंहले बताए। उनीहरुको नाम खुल्न सकेको छैन। घाइते प्रहरीको पनि नाम आइनसकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नकुल पोखरेलले जानकारी दिए।
काँग्रेसको अधिवेशन बिथोल्ने निर्णय गरेको मोर्चालगायत आन्दोलनकारीले शनिबार नै काँग्रेस नेतृ एंव सांसद कोइराला र रामकृष्ण यादवको घर घेराउ गरी प्रदर्शन गरेको थिए। आइतबार बिहानैदेखि आन्दोलनकारीले आक्रामक रुपमा सांसदको घर ताकेर प्रदर्शन थालेपछि प्रहरी तैनाथ गरिएको थियो।
'बिहान साढे दश बजेदेखि प्रदर्शन सुरु भएको थियो । चार घण्टासम्म हामीले संयता अपनायौं', डिएसपी पोखरेलले भने, 'आन्दोलनकारीको तर्फबाट पेट्रोल बम प्रहार हुन थालेपछि समान्य बल प्रयोग गरेका हौं।' उनले सात राउण्ड अश्रु ग्यास फायर गरिएको जानकारी दिए । अहिले पनि झडप जारी रहेको छ ।