महिनामा एक दिन भएपनि निर्वाचन क्षेत्र आउछुँ: अशोक राई
१२ मंसिर २०७९
•
२ मिनेट पाठ
महिनामा एक दिन भएपनि निर्वाचन क्षेत्र आउछुँ: अशोक राई
पत्रकारहरुसँग प्रतिक्रिया दिदै प्रतिनिधिसभामा निवार्चित अशोककुमार राई (बीच), र प्रदेशसभा सदस्यद्धय रमेश बस्नेत (सबैभन्दा बाँया) र विजयकुमार राई (दाँया) तस्बिर: रोहित राई
सुनसरी क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निवार्चित भएका जनता समाजवादी पार्टीका नेता अशोक राई आफु काठमाण्डौंमा मात्र नबस्ने बताएका छन्।




निर्वाचन अधिकृतको कार्यालयबाट निवार्चित भएको प्रमाणपत्र ग्रहण गरेपछि पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिदैं राईले आफु महिनामा कम्तीमा १ दिन बस्ने गरि भएपनि निर्वाचन क्षेत्रमा आउने बताए। प्रदेशसभा सदस्यहरु सधै निर्वाचन क्षेत्रमा नै रहने र जनतासँग निरन्तर सम्पर्कमा हुने तर आफ्नो जिम्मेवारी नै संघीय सांसदको भएको कारण काठमाण्डौंमा बस्नुपर्ने बाध्यता पनि रहेको उनले बताए।

चुनावी घरदैलो अभियानको क्रममा मतदाताहरुले निर्वाचन पछि नेताहरु हराउने गरेको गुनासो गम्भीररुपमा उठाएको पनि उनले बताए। ‘मतदाताहरुले निवार्चित भएपछि हराउने गरेको गुनासो निक्कै गम्भीरढंगले उठाउनु भएको छ,’उनले भने,‘म संघीय संसदको जिम्मेवारी निर्वाह गर्नुपर्ने भएकोले काठमाण्डौं बस्नुपर्ने हुन्छ, तर जनतालाई आश्वास्त बनाएको छुँ कि प्रत्येक महिना कम्तीमा १२ दिन बस्ने गरि भएपनि निर्वाचन क्षेत्रमा आउछुँ। यो वचनमा म प्रतिवद्ध छुँ।’

जितसँगै काँधमा गम्भीर जिम्मेवारी थपिएको सांसद राईको भनाई थियो। सांसदहरुको मुख्य भुमिका ऐन, कानुन बनाउने र सरकारलाई मार्गर्दशन, नियन्त्रण र सन्तुलन गर्ने जिम्मेवारी भएपनि आफ्नो निर्वाचन क्षेत्रको विकास, पुर्वाधार निर्माणको अपेक्षालाई परिपूर्ति गर्न अधिकतम प्रयत्न गर्ने उनले बताए। ‘यहाँको मुल मुद्दा खानेपानीको स्थायी आपूर्ति छ। त्यसमा हामी गम्भीर छौ, गम्भीरतापुर्वक लाग्छौं,’राईले भने,‘त्यसपछि सडक संरचनाहरु स्तरोन्नती गर्ने र केही पुलहरु निर्माण गर्ने काम पनि यहाँको आधारभूति आवश्यकतामध्ये एक हो।’

उनले कोशी राजमार्गलाई सुरुङ बनाएर लेउती झार्ने र तमोर करिडोर सडकसँग जोड्न आफुहरुको पहल हुने पनि बताए। धरानलाई रामधुनी र बराहक्षेत्रसँग जोड्न अलवेदर कनेक्टिभिटी सडक, पहाडी क्षेत्र विष्णुपादुका भएर चाँदीबजार हुदै आहाले जाने कच्ची सडक, सुर्यकुण्ड भएर चतरा झर्ने कच्ची सडकलाई स्तरोन्नती गर्ने र आवश्यक पुलहरु बनाउने कामलाई प्राथमिकता दिने पनि उनले बताए।

यसपालीको निर्वाचनमा भर्खर बनेको राष्ट्रय स्वतन्त्र पार्टीको उदयबारे टिप्पणी गर्दै उनले लोकतन्त्रमा नयाँ व्यक्ति, नयाँ शक्ति र नयाँ पार्टीको जन्म हुनु स्वभाविक भएको बताए। तर, त्यसको अर्थ पुरानो पार्टी सन्दर्भविहिन र आवश्यकता नभएको अर्थमा लिन नहुने पनि उनले बताए। ‘त्यसलाई जनताले नयाँपन चाहेको रहेछ भनेर ठुला र पुराना पार्टीहरुले शिक्षा लिने कुरा हो। नयाँ आएका पार्टीहरुले राम्रो काम गर्नुभयो भने जनताको मन जित्नुभयो भने भोली अझै प्रभावकारी भएर जानसक्नुहुनेछ,’राईले भने,‘तर नारा दिनु र व्यवहारिक राजनीतिमा साकार बनाउनु दुई भिन्न चिज हो। दुवैको बीचमा ठुलो दुरी हुन्छ। त्यसलाई कसरी पार गर्नुहुन्छ, समयले परख्ने कुरा हो।’ उनले भने।
अर्को समाचार
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
३८ मिनेट अघि
•
१ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
सुनसरी। गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।




अनुगमनका क्रममा उनले प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीको सुरक्षा, उपचार सेवाको सहजता तथा हुन सक्ने बिचौलियाको प्रभावबारे चासो राखे।

त्यस अवसरमा गृहमन्त्री गुरुङले बिरामीको हित र  स्वास्थ्य सेवा तथा सुरक्षालाई उच्च प्राथमिकता दिई कार्यसम्पादन गर्न निर्देशन दिए।

बिचौलियाले बिरामीलाई अन्यत्र लैजाने तथा अनावश्यक रूपमा एम्बुलेन्स प्रवेश गराउने जस्ता गतिविधि नियन्त्रण गर्न उनले निर्देशन दिए।

त्यस अवसरमा उपकुलपति प्राडा स्मृति कार्की र निर्देशक इन्द्रकुमार बिचौलियालगायत प्रतिष्ठानका पदाधिकारीले अस्पतालबाट प्रवाह भइरहेको स्वास्थ्य सेवा, गर्न लागिएको प्रयास र अन्य भावि योजनाबारे जानकारी गराएका थिए।

त्यस क्रममा गृहमन्त्री गुरुङले प्रतिष्ठानमा एमआरआई सेवा सञ्चालनबारे जानकारी लिए। उक्त सेवासम्बन्धी प्रक्रियामा कुनै समस्या भए जानकारी गराउन पनि निर्देशन दिए।

यसैबीच, गृहमन्त्री गुरुङले धरान उपमहानगरपालिका–१८ स्थित नेपाल बौद्ध गुम्बाको समेत अवलोकन गरे। उनी आजै  इटहरीस्थित तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्को १५औँ राष्ट्रिय पार्षद् सभामा सहभागी हुने कार्यक्रम छ।
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २० मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
यो पनि पढौँ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस