इटहरी-सामान्य प्रशासनमन्त्री रेखा शर्माले कर्मचारीले पार्टी राजनीति नभएर देशको परिवर्तित राजनीतिलाई अंगालेर अघि बढेमात्र जनताले सहज ढंगले सेवा पाउने बताएकी छन्। उनले कर्मचारीलाई पार्टीभित्रको राजनीति नभएर देशको राजनीतिलाई अंगालेर अघि बढन निर्देशन समेत दिइन्।
'राजनीतिक परिवर्तन भएपनि प्रशासन संयन्त्र परिवर्तन भएको छैन। जनताको नकारात्मक धारण बदल्न जनताको काम कर्मचारीले सही ढंगले गरेरै गर्नुपर्छ,' इटहरीमा आइतबार आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा मन्त्री शर्माले भनिन, 'देशको परिवर्तित सिस्टम अनुसार अघि बढेमा कर्मचारीले सही दायित्व पुरा गरेको ठर्हछ।' उनले राम्रा कर्मचारी भएपनि धेरै बनाउन नसकिएको बताउँदै सम्पूर्ण कर्मचारीलाई जनताप्रति उत्तरदायी भएर काम गर्न आग्रह गरिन्।
'कर्मचारीभित्रको विकृति र विसंगतीलाई सिस्टममा ल्याएरै छाडिनेछ,' उनले भनिन, 'कसैले पनि व्यक्तिगत लाभ लिने चाहना नराखि नीति–नियममा रहेर काम गरेमा स्वतः सिस्टममा जानेछ।' शर्माले कर्मचारी नीति–नियममा रहेर काम गर्दा कसैको दबाब खेप्न नपर्ने जिकिर गदैं सरुवा र बढुवामा पनि व्यवस्थित सिस्टम ल्याइने जिकिर गरिन्।
'नीति–नियममा चल्दा कसैले कुनै नेतासँग डराउनुपर्दैन,' उनले सुनसरीका विभिन्न सरकारी कार्यालयका प्रमुखलाई भनिन, 'नीति नियममा रहेर काम गर्नुहोस्। कुनै सत्तापक्षको वा ठूलो पार्टीको नेताले दुःख दिदैनन्।'
मन्त्री शर्माले सुनसरी जिल्लाका विभिन्न सरकारी कार्यालयमा हुने गरेका कामबारे सर्वसाधारणको गुनासो सुनेपछि देशमा राजनीतिक परिवर्तन भएपनि प्रशासन संयन्त्र अस्थायी र अस्थीर हुदाँ परिवर्तन हुन नसकेको बताइन्। सो क्रममा सभासद अनिता परियार, जाकिर हुसेनले पनि बोलेका थिए।