प्रदेश १ को मत गणना अन्तिमचरणमा पुग्नै लाग्दा कसको सरकार बन्ला भन्ने चासो बढ्दै गएको छ। प्रदेश १ मा प्रदेशसभातर्फको प्रत्यक्षमा ५६ र समानुपातिक तर्फ ३७ सिट रहेको छ।
प्रदेशसभा प्रत्यक्ष तर्फको ५६ मध्ये हालसम्म गणना सम्पन्न भएका ५२ स्थान मध्ये सबै भन्दा बढी नेकपा एमालेले २४ स्थानमा जित हाँसिल गरेको छ। नेपाली कांग्रेसले १५ स्थानमा जित हाँसिल गरेको छ। यस्तै नेकपा माओवादी केन्द्रले ९ स्थान नेकपा एकिकृत समाजवादीले ३ र राप्रपाले २ स्थानमा जित हाँसिल गरेको छ। अझै ३ स्थानको अन्तिम परिणाम आउन बाँकी रहेको छ। निर्वाचन परिणाम आउन बाँकी ३ स्थान मध्ये २ स्थानमा नेपाली कांग्रेस र एक स्थानमा नेकपा एमालेका उम्मेदवारले अग्रता लिइरहेका छन्।
सुनसरी ३(ख) मा एमालेका रामदेश यादव, सुनसरी ४(ख )मा नेपाली कांग्रेसका इस्राइल मन्सुरी, ४(क) मा कांग्रेसका सदानन्द मण्डलले अग्रता लिइरहेका छन्।
हालसम्म मत गणना भएर नतिजा आएको संख्याका आधारमा नेकपा एमाले सबै भन्दा ठूलो दल बनेको छ। समानुपातिमका पनि नेकपा एमाले नै अगाडि देखिएका कारण नेकपा एमालेले समानुपातिक तर्फ पनि अन्य दलको भन्दा बढी सिट पाउने देखिएको छ। तर, पनि नेकपा एमालेको बहुमत आउने अवस्था प्रदेश १ मा देखिएको छैन। नेपाली कांग्रेस बहुमतबाट धेरै पछाडी रहेको छ।
नेपाली कांग्रेस नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीले गठबन्धन गरेर निर्वाचनमा भाग लिएका थिए। प्रदेश १ मा हाल गठबन्धनकै सरकार पनि रहेको छ। हाल प्रदेश १ मा नेपाली कांग्रेस, नेकपा, माओवादी केन्द्र, जसपा, संघिय लोकतान्त्रीक राष्ट्रिय मञ्चको संयुक्त सरकार छ। केन्द्रमा हुने सत्ता गठबन्धनले नै विगतमा प्रदेशसभा समेत सरकार परिवर्तन भएका कारण यो निर्वाचन पछि पनि संघिय सरकारको संरचना र तालमेलकै आधारमा प्रदेशमा पनि सरकार बन्ने स्थिति देखिएको छ।
चुनावी तालमेलका आधारमा नयाँ सरकार निर्माण हुने अवस्था भए सत्तारुढ गठबनधनकै सरकार प्रदेश १ मा बन्ने संभावना देखिएको छ। प्रत्यक्ष तर्फ सत्तारुढ दलहरूको २७, र नेकपा एमाले–राप्रपा गठबन्धनको २६ सिट पुगेको छ। समानुपातिकतर्फ जसपा र संघिय लोकतान्त्रीक राष्ट्रिय मञ्चले पनि सांसद पाउने अवस्था देखिएको छ। हालसम्म समानुपातिकको करिब ९० प्रतिशत मतगणना भएको छ।
समानुपातिकतर्फ गणना भएको सदर मत १७ लाख १० हजार ९ सय ९७ मतमध्ये एमालेले सबैभन्दा धेरै ५ लाख ९८ हजार १ सय ८०, काँग्रेसले ५ लाख १ हजार ७ सय ३, राप्रपाले १ लाख ८२ हजार ८ सय ९८, माओवादीले १ लाख ६७ हजार ६ सय २६, जसपाले ५५ हजार २ सय ७६ र नेकपा एकीकृत समाजवादीले ५० हजार ८ सय ४९ मत पाएका छन्। यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले पनि २६ हजार २८ मत पाएको छ।
हालसम्मको समानुपातिक मतपरिणामले प्रदेशको समानुपातिकतर्फका ३७ सिमध्ये एमालेले १४, काँग्रेसले १२, माओवादीले ४, राप्रपाले ४, जसपाले १, एकीकृत समाजवादीले १ र संघीयल लोकतान्त्रिक राष्ट्रिय मञ्चल १ सिट पाउने आँकलन छ। जसमा सत्ता गठबन्धनको सिट संख्या १८ हुनेछ भने एमाले गठबन्धनको १९ हुनेछ।
परिणाम आउन बाँकी रहेका स्थानमा एमालेका उम्मेदवार विजयी भएको अवस्थामा भने नेकपा एमाले र राप्रपा र सानुपातिकबाट निर्वाचित हुने अन्य साना दल मिलेर प्रदेश सरकार बन्ने अवस्था देखिएको छ। तर, एमालेले मत परिणाम सार्वजनिक गर्न बाँकी रहेका स्थानमा जित हाँसिल गर्न नसके प्रदेश १ मा गठबन्धनमा आबद्ध दलहरूको सरकार बन्ने संभावना बलियो देखिन्छ। अझैसम्म सत्ता समिकरण कसरी अघि बढ्छ भन्ने स्पष्ट भइनसकेका कारण प्रदेश १ मा कसको सरकार बन्ने भन्ने अन्योल कायमै रहेको छ। जसको नेतृत्वमा प्रदेश सरकार बने पनि प्रदेश १ मा कुनै दलको पनि स्पष्ट बहुमत नआएका कारण मिलिजुली सरकार नै बन्ने निश्चित देखिएको छ।
यी हुन् प्रत्यक्षतर्फ निर्वाचित उम्मेदवारहरू
एमालेबाट निर्वाचित उम्मेदवारहरू:
१.तिलबहादुर म्याङ्वो
२. रामबहादुर मगर
३.तिलचन्द्र पाठक
४.एकराज कार्की
५.छविलाल चुडाल
६.राधाकृष्ण खनाल
७.हिकमत कार्की
८.होमबहादुर थापा
९.विदुरकुमार लिथेप
१०.किशार चन्द्र दुलाल
११.इन्द्रमणी पराजुली
१२.निरन राई
१३.उमाकान्त गौतम
१४.खड्गबहादुर बस्नेत
१५.लिलाबल्लभ अधिकारी
१६.ज्ञानेन्द्र सुवेदी
१७.जयप्रकाश चौधरी
१८.रमेशकुमार बस्नेत
१९.विजयकुमार राई
२०.रामप्रसाद महतो
२१. रेवतीरमण भण्डारी
२२.रोहितबहादुर कार्की
२३.बुद्धिकुमार राजभण्डारी
२४.पाँचकर्ण राई
यी हुन् कांग्रेसका निर्वाचित उम्मेदावरहरू:
१.खगेनसिंह इङ्नाम
२. शमशेर राई
३.गोपाल तामाङ
४.भूमिप्रसाद राजवंशी
५.विनोदकुमार राई
६.मानबहादुर लिम्बु
७.गयानन्द मण्डल
८.अमृत अर्याल
९.केदार कार्की
१०.भीम पराजुली
११.भूपेन्द्र राई
१२.प्रदिपकुमार सुनुवार
१३. हिमाल कार्की
१४.रामकुमार खत्री
१५. गोविन्द गिरी
नेकपा माओवादी केन्द्रबाट निर्वाचित उम्मेदवारहरू :
१.इन्द्रबहादुर आङ्वो
२.राजेन्द्र कार्की
३.दुर्गाप्रसाद चापागाई
४.गणेशप्रसाद उप्रेति
५.जीवन आचार्य
६.गेम्बु शेर्पा
७.बाबुराम गौतम
८.नारायणबहादुर मगर
९.राजन किराँती
यी हुन् राप्रपाबाट निर्वाचित उम्मेदवार :
१.सविना वजगाई
२.भक्तिप्रसाद सिटौला