सञ्चारमन्त्री कार्कीको क्षेत्रमा मतगणना सुचारु गर्ने सहमति
१३ मंसिर २०७९
•
१ मिनेट पाठ
सञ्चारमन्त्री कार्कीको क्षेत्रमा मतगणना सुचारु गर्ने सहमति
सुनसरी क्षेत्र नं. ४ को प्रतिनिधीसभाको मतगणना तीन दिनपछि गणना सुचारु गर्ने सहमति भएको छ।  




सुनसरी क्षेत्र नं. ४ मा मत गणनाको निर्वाचन परिणाममा एमाले उम्मेदवार जगदीशप्रसाद कुसियतको मतमा ६०६ मत बढी थपिएको काँग्रेसले आरोप लगाएपछि शनिबार दिउँसो विवाद भएर मतगणना रोकिएको थियो।  सोमबार साँझ निर्वाचन आयोगले रोकिएको मतगणना सुचारु गर्न पत्राचार गरेसँगै मंगलबार बिहान सर्वदलीय बैठक बसेर अब केही बेरपछि गणना हुने सहमति भएको छ। अहिले शंका लागेको स्थानको सिसिटभी फूटेज हेरेपछि गणना सुचारु गर्न लागिएको हो।  

मतगणना शंका लागेपछि पुनः मतगणना गर्न माग गर्दै सञ्चार, सूचना तथा प्रविधि मन्त्रीसमेत रहेका कार्कीले आइतबार निर्वाचन आयोगमा उजुरी दिएका थिए।  

मतगणना रोकिनुअघिसम्म कार्कीले २३ हजार ४३९ मत प्राप्त गरेका थिए। एमालेका जगदीस कुसियतले २३ हजार ३४१ मत प्राप्त गरेका थिए। प्रदेश नं. ४ (क) मा नेपाली काँग्रेसका षडानन्द मण्डल र प्रदेश नं. ४ (ख) मा काँग्रेसकै हाजी डाक्टर इसरायल अन्सारी अग्रस्थानमा थिए।
अर्को समाचार
सञ्चारमन्त्री कार्कीको निर्वाचन क्षेत्रमा हुन सकेन मतगणना सुचारु
१२ मंसिर २०७९
•
२ मिनेट पाठ
सञ्चारमन्त्री कार्कीको निर्वाचन क्षेत्रमा हुन सकेन मतगणना सुचारु
सुनसरी क्षेत्र नं. ४ को प्रतिनिधिसभाको मतगणना दुई दिन बितिसक्दा पनि गणना सुचारु हुन सकेको छैन्। मतगणनाको विषयलाई लिएर नेपाली कांग्रेस र नेकपा एमालेबीच द्धन्द चर्कदै गएको छ।




शनिबार दिउँसोदेखि रोकिएकोेमा अझैसम्म सुचारु हुन नसक्दा कांग्रेस र एमालेबीच द्धन्द चर्कदै गएको हो। नेपाली कांग्रेसले सोमबार पत्रकार सम्मेलन गरि पुनः गणना नभए कुनै पनि हालतमा मान्य नहुने बताएपनि निर्वाचन आयोगले गरेको निर्णय भने स्वीकार गर्ने जनाएको छ।

कांग्रेसले मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारी आफै बसेर कर्मचारीले घुसपैठ गरेको स्वीकार गरेकाले गर्दा पुनः गणना हुनुपर्ने जनायो। ‘कर्मचारी परिचालन गरेर नभएको मत आफ्नो भएको दावी गर्नु कांग्रेसका लागि स्वीकार्य हुँदैन,’ जिल्ला सभापति केदार भण्डारीले भने, ‘एमाले प्रजातन्त्रका विश्वास गर्ने हुँदा भएको मत त्यही छ, गन्दा के आपत्ती?’ उनले एमालेले आन्दोलन गर्छु भनेर धम्क्याउँदा काँग्रेस नतर्सने पनि जिकिर गरे। एमाले भने पुनः गणना हुन नदिने अडानमा छ। एमालेले तत्काल मतगणना नभए आन्दोलन चर्काउने चेतावनी दिएको छ।

मतगणना पुनः मतगणना गर्न माग गर्दै सञ्चार, सूचना तथा प्रविधि मन्त्रीसमेत रहेका कार्कीले आइतबार निर्वाचन आयोगमा उजुरी दिएका थिए। तर, निर्वाचन आयोगले अहिलेसम्म त्यसबारे कुनै निर्णय नदिँदा पनि दुई पाटीबीच द्धन्द चर्कदै गएको छ।

शनिबार दिउँसोदेखि रोकिएको मतगणना आइतबार विहान ९ बजेदेखि चार घण्टासम्म सर्वदलीय बैठक बसेपनि कुनै निचोड निकाल्न नसकेपछि कार्कीले निर्वाचन आयोगमा पुनः गणनाको माग गर्दै आयोगमा निवेदन दिएका थिए।

सुनसरी क्षेत्र नं. ४ मा मत गणनाको निर्वाचन परिणाममा एमाले उम्मेदवार जगदीशप्रसाद कुसियतको मतमा ६०६ मत बढी थपिएको कांग्रेसले आरोप लगाएपछि शनिबार दिउँसो विवाद भएको थियो। यसरी थप देखिएको ६०६ मतमा आफूले गल्ती गरेको भन्दै आयोगले त्यो मत हटाउने र गणना सुरु गर्ने प्रस्ताव गरेको थियो। तर, काँग्रेसका कार्कीले त्यस प्रस्ताव स्वीकार नगरेपछि थप जटिल बन्न पुगेको हो।

मतगणना रोकिनु अघिसम्म कार्कीले २३ हजार ४३९ मत प्राप्त गरेका थिए। एमालेका जगदीस कुसियतले २३ हजार ३४१ मत प्राप्त गरेका थिए। प्रदेश नं. ४ (क) मा नेपाली कांग्रेसका षडानन्द मण्डल र प्रदेश नं. ४ (ख) मा कांग्रेसकै हाजी डाक्टर इसरायल अन्सारी अग्र स्थानमा थिए। अहिले प्रदेशको पनि मतगणना स्थगित छ।

यसैबीच, सुनसरी क्षेत्र नं.३ माप्रतिनिधिसभाको जारी मतगणनामा एमालेकी भगवती चौधरीले चार हजार ७६१ मतान्तरले अग्रता कायमै राखेकी छन्। भगवतीले ३२  हजार ४१७ मत ल्याउँदा कांग्रेसका नेता बिजयकुमार गच्छदार २७ हजार ६५६ मत ल्याएका छन्। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनालीले छ हजार १५६ प्राप्त गरेका छन्।

प्रदेशसभातर्फ ३ (ख) मा एमालेका उम्मेदवार श्यामदेव यादवले १३ हजार १२ मत ल्याउँदा नेपाली कांग्रेसका विन्देश्वर यादवले १२ हजार ४९६ मत प्राप्त गरेका छन्।  
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ३९ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस