काठमाडौं महानगरपालिकाले थापाथलीस्थित वाग्मती नदीकिनारबाट सुकुमबासीलाई हटाउन संघीय सरकारसँग सहयोग मागेको छ। थापाथलीबाट सुकुमबासीलाई हटाउने अभियानबाट पछि नहट्ने अडान लिँदै महानगरपालिकाले सरकारसँग सहयोग मागेको हो।
महानगरपलिकाका प्रवक्ता महेश काफ्लेले मंगलबार गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहसहित उच्च कर्मचारीसँग सम्पर्क गरी सुकुमबासी समस्याको व्यवस्थापन गर्न सहयोग मागिएको जानकारी दिए।
महानगरपालिकाका अधिकारीले नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका उच्च अधिकारीसँग पनि यस विषयमा कुराकानी गरेका छन्। प्रवक्ता काफ्लेका अनुसार बुधबार महानगरपालिकाले गृह मन्त्रालयलाई औपचारिक रूपमै चिठी लेखेर सहयोग माग्ने भएको छ।
महानगरपालिकाका अधिकारीले मंगलबार अधिकार सम्पन्न एकीकृत वाग्मती सभ्यता विकास समितिका अधिकारीसँग अनौपचारिक बैठक गरेका छन्। महानगरका अधिकारीले सुकुमबासी समस्या समाधान गर्न बुधबार महानगरका ३२ वटै वडाका अध्यक्षसँग अन्तरक्रिया गर्ने भएका छन्। प्रवक्ता काफ्लेका अनुसार थापाथली क्षेत्रबाट सुकुमबासी खाली गराउने अभियानबाट महानगर पछि हट्ने छैन। ‘अब महानगर पछि हट्दैन। सार्वजनिक जग्गा कुनै व्यक्तिको होइन। हामी थापाथली क्षेत्रबाट सुकुमबासी हटाएरै छाडछौं,’ काफ्लेले भने, ‘काठमाडौंमा ६÷७ ठाउँमा घर बनाउने, घर भाडामा दिने व्यक्ति वास्तविक सुकुमबासी हुन सक्दैन।’
आन्दोलनरत सुकुमबासीले भने थापाथली क्षेत्र नछाड्ने अडान दोहो¥याएका छन्। मंगलबार पनि सुकुमबासीले दिनभर थापाथली क्षेत्रमा प्रदर्शन गरे। केही सुकुमबासीले माइतीघर मण्डलामा ब्यानरसहित प्रदर्शन गरे। ‘यही अवस्थामा हामीलाई थापाथलीबाट हटाउन सम्भव छैन। वैकल्पिक व्यवस्था नदिएसम्म हामीले बसोबास गरिहेको क्षेत्र छाडदैनौं,’ संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाका अध्यक्ष नारायण परिश्रमीले भने।
महानगरले सोमबार अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिसँगको समन्वयमा थापाथलीबाट १ सय ५४ सुुकुमबासी परिवारलाई हटाउन प्रयास गरेको थियो। महानगर प्रहरी थापाथली पुगेपछि सुकुमबासीले हिंसात्मक प्रतिकार गरेका थिए। थप हिंसा हुन नदिन महानगर प्रहरी पछि हटेको थियो। सुकुमबासीले आक्रमण गर्दा महानगरका सुरक्षाकर्मी घाइते भएका थिए। संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाका अध्यक्ष परिश्रमीले आफूहरूको आन्दोलन शान्तिपूर्ण हुने बताए। ‘हाम्रो आन्दोलन शान्तिपूर्ण हुनेछ तर सरकार नै हिंसामा उत्रिन खोजेको छ,’ उनले भने, ‘६० प्रतिशत वास्तविक सुकुमबासी होइनन्।’
काठमाडौं महानगरपालिकाका एक उच्च अधिकारीका अनुसार थापाथलीस्थित वाग्मती नदीकिनारमा बस्दै आएका सुकुमबासीमध्ये ६० प्रतिशत वास्तविक सुकुमबासी होइनन्। ‘जबसम्म सरकारले सुकमबासीलाई जग्गा दिने भनिरहन्छ, तबसम्म सुकुमबासी समस्या सामधान हुँदैन। नयाँनयाँ सुकुमबासी थपिरहन्छन्,’ ती अधिकारीले भने, ‘त्यसैले सुकुमबासीलाई जग्गा दिएर यो समस्या समाधान हुँदैन। सुकुमबासीलाई जग्गा होइन, काम दिनुपर्छ,’ ती अधिकारीले भने, ‘वार्ता संवादबाट सुकुमबासी समस्या सामधान गर्न खोजियो भने कहिल्यै समाधान हुँदैन, लम्बिरहनेछ।’ महानगरपालिकाका अर्का एक कर्मचारीका अनुसार सुकुमबासी भनिएका केही व्यक्तिका काठमाडौंमा ६/७ ठाउँमा घर छन्।
महानगरपालिकाका प्रवक्ता काफ्लेले वास्तविक सुकुमबासी भए÷नभएको विषयमा छानबिन हुनुपर्ने बताए। महानगरको रेकर्डमा काठमाडाैंमा सुकुमबासी पछिल्लो १६ वर्षयता ह्वात्तै बढेका छन्। १६ वर्षअघि काठमाडौंमा ४ सय परिवार मात्र सुकुमबासी थिए। अहिले काठमाडौंमा ४ हजार सुकुमबासी परिवार पुगेका छन्। गत वर्ष अधिकार सम्पन्न एकीकृत वाग्मती सभ्यता विकास समितिले गरेको अध्ययननमा काठमाडौं उपत्यकामा करिब ३ हजार ५ सय सुकुमबासी परिवार भेटिएका थिए। एक वर्षको अवधिमा काठमाडौंमा ५ सय परिवार सुकुमबासी थपिएका छन्। ‘सरकारी जग्गा कब्जा गरेर बस्ने, कब्जा गर्नेबित्तिकै सुकुमबासी हुने। अनि सरकारले लालपुर्जा दिने भएपछि किन दुःख गर्ने भन्ने सोचाइले पनि सुकुमबासी संख्या बढेको हो,’ महानगरका अर्का एक कर्मचारीले भने।
२०६९ सालमा डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला थापाथलीका सुकुमबासीलाई इचंगुनारायण लैजाने प्रयास गरिएको थियो। त्यतिबेला सरकारी तहबाट इचंगुनारायणमा सुविधासम्पन्न घरहरू निर्माण गरिएका थिए। त्यो बेला पनि थापाथलीबाट सुकुमबासी हटाउने सरकारी प्रयास सफल हुन सकेको थिएन।
सुकुमबासीमाथिको व्यवहार उन्माद: ओली
एमाले अध्यक्ष केपी शर्मा ओलीले सुकुमबासीलाई हटाउने नाममा सोमबार थापाथलीमा गरिएको बल प्रयोग लोकतान्त्रिक नभएको भन्दै त्यसलाई सरकारी उन्मादको संज्ञा दिएका छन्। ओलीले भने, ‘सुकुमबासी पनि हाम्रै दाजुभाइ हुन्। उनीहरू अलि गरिब भए भन्दैमा सरकारले गोदेरै तह लगाउनुपर्छ भन्ने त होइन होला।’ सरकारले सुकुमबासीप्रति लोकतान्त्रिक आचरण नदेखाएको ओलीको आरोप थियो।
एमाले पार्टी कार्यालयमा मंगलबार आयोजित एक कार्यक्रममा ओलीले खोला किनारामा चुपचाप बसेका जनतामाथि सरकारले बल प्रयोग गरेर बहादुरी देखाउन खोजेको बताए। उनले भने, ‘लोकतन्त्रमा बल प्रयोग गरेर समस्या समाधान हँुदैन। समस्या समाधानको तरिका बल होइन।’ सुकुमबासी आयोगमार्फत समस्या समाधान गर्नुपर्ने उनले बताए।
‘कुचेष्टा नगर्नु होला’
काठमाडौं महा–नगरपालिका मेयर वालेन साहले सुकुमबासी बस्ती हटाउन महानगरले थालेको अभियानमा एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको टिप्पणीप्रति कडा प्रतिक्रिया दिएका छन्। उनले ओलीलाई लक्षित गर्दै भनेका छन्, ‘अब परिस्थिति फेरिएको छ। त्यसैले सकेको सहयोग गर्नुहोला तर कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्नु होला।’
बालेनले अगाडि भनेका छन्, ‘किनभने, २०४७ यता १४ वटा आयोग गठन हुँदा पनि काठमाडौंको सुकुमबासी समस्या समाधान गर्न सक्नु भएन। मन्त्री र पटकपटक त्यो पनि दुईतिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनु भयो तर सुकुमबासीले भोगेका ३२ वटा जाडो देख्नु भएन।’ सुकुमबासी ओलीका लागि भोट बैंक मात्र भएको आरोप वालेनले लगाएका छन्। ‘सुकुमबासीहरू तपार्इंका लागि भोट बैंक मात्रै रहे। बरु तिनलाई गुठी आन्दोलनजस्ता आफ्नो स्वार्थविपरीतका कुराहरूमा प्रयोग गर्नुभयो’, वालेनले भनेका छन, ‘त्यो पनि राजनीतिक स्वार्थवश। तपाईंलाई जनता, नदीनाला र नेवाः सभ्यताको त्यत्रो माया भएको भए तपाईंको नेतृत्वमा लुँहिटी (सुनधारा) सक्काएर सेतो टावर किन ठड्याउनु भयो ?’
हुनमान ढोकाको पुनर्निर्माणमा नेवाः सभ्यताको मौलिकता नासेर विदेशीलाई निर्माण गर्न दिने कार्यलाई कसरी अगाडि बढाउनु भयो भन्दै वालेनले ओलीलाई प्रश्न गरेका छन्। उनले भनेका छन्, ‘यी सबै हेर्दा नेवाः सभ्यता जोगाउने, नदीक्षेत्रको अतिक्रमण रोक्ने कार्यको तपाईंले विरोध गर्नु असामान्य होइन।’
नारायण परिश्रमी अध्यक्ष, संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चातपाईहरूले किन आन्दोलन गर्नुभयो ?
नदीकिनारामा बसोबास गर्दै आएका सुकुमबासीको स्थायी व्यवस्थापन गराउनु हाम्रो आन्दोलनको उद्देश्य हो। हाम्रो आन्दोलन महानगरपालिकासँग पनि होइन, एकीकृत वाग्मती सभ्यता विकास समितिसँग पनि होइन। ७७ वटै जिल्लामा सुकुमबासी आयोग गठन भएका छन। नियमकानुन बनेका छन तर समस्या समाधान गर्न सरकारले तत्परता देखाएको छैन। सरकारको मनसाय के हो बुझन सकिएको छैन। हामीले सरकारलाई भन्दै आएका छौं, कानुनको अधिकार क्षेत्रभित्र रही काम होस, हामी पनि कानुन मान्न तयार छौं।
तपाईहरू थापाथलीबाट हटन् तयार हुनुहुन्छ ?
हामी थापाथलीबाट किन हटने ? डेरा सर्ने हिसाबबाट हामीलाई थापाथलीबाट सार्न खाजियो भने हामी जान्नौं। सरकारले मापदण्ड तोकोस। मापदण्डभित्र परेका घरहरूका विषयमा सरकारले कार्यविधि बनाओस। प्याकेज ल्याओस। छलफल गरौं अनि हामी जान्छौं। त्यत्तिकै जा भनेर कोही जान्नन। गाईबस्तु त जान्नन। हामी किन मान्छौं। हामी किन जाने ?
सरकारले तपाईंहरूलाई इचंगुनारायणमा सार्न खोजेको छ नि ?
हामी जान तयार छौं। हामीलाई किन लालपुर्जा दिइएको छैन ? हाम्रो हातमा लालपुर्जा प¥यो भने हामी जान तयार छौं।
काठमाडौं महानगरका कर्मचारीले थापाथलीमा वास्तविक सुकुमबासी निकै कम छन भन्दै आएका छन्, वास्तविकता के हो ?
त्यसका लागि ऐनकानुनमा छिर्नुपहामीले थापाथली किन छाड्ने ? यो। गत भदौ ३१ गते महानगरले लगत संकलनका लागि ३२ वटै वडालाई सर्कुलर गरेको थियो। ऐनकानुनले दिएको कार्यक्षेत्रभित्र रही लगत संकलन गर्न भनिएको छ। हामी ऐन मान्न तयार छौं। उहाँहरू पनि तयार हुनुपर्छ। लगत संकलन गरेपछि छानबिन गर्न ऐनले नै भनेको छ। उहाँहरू किन छानबिन गर्नुहुुन्न ?
धेरैजसो सुकुमबासीका काठमाडौंमै ६/७ वटा घर छन, घर भाडामा लगाउँछन् भन्ने आरोप तपाईहरूमाथि छ नि ?
सरकारले हामीलाई एउटा सिटामोल त दिएको छैन। हामीले घर भाडामा लगाऔं कि, ज्यामी काम गरौं, त्यो हाम्रो कुुरा हो। सरकारले हामीलाई के दिएको छ र ? आफू बसेको एउटा कोठा बालबच्चा पालन गर्न भाडामा लगायौं भने केको आपत्ति ? सरकारले हामीलाई के दिएको छ र ?
काठमाडौं महानगरपालिका थापाथलीस्थित सुकुमबासी बस्ती खाली गराउने अभियानबाट पछि नहट्ने निष्कर्षमा पुगेको छ। विपक्षी एमालेसहितले सुकुमबासीलाई थापाथलीबाट हटाउन लागेकोमा विरोध गरिरहेका बेला काठमाडौं महानगरपालिका भने सुकुमबासीलाई हटाएरै छाड्ने निष्कर्षमा पुगेको हो।
‘अब हामी पछि हट्दैनौं। कानुनले दिएको अधिकार प्रयोग गरेर हाम्रो दायित्व पूरा गर्छौं’, महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले भने। उनका अनुसार वास्तविक सुकुमबासीका हकमा महानगरले केही व्यवस्था गर्ने तयारी गरेको छ। ‘तर वास्तविक सुकुमबासी बोल्न सकेका छैनन्। नक्कली सुकुमबासी हाबी भएका छन्’, उनले भने। सुकुमबासी समस्या सामधान गर्न महानगरले गृह मन्त्रालयसँग सहयोग मागेको छ। ‘हामी कुनै पनि बेला थापाथलीस्थित सुकुमबासी बस्ती खाली गर्छौं। यो कार्य कुनै पनि दिन हुन सक्छ। यस काममा हामीले संघीय सरकारको सहयोग खोजिरहेका छौं’, महानगरका एक उच्च कर्मचारी भन्छन्, ‘अहिले हामीले वास्तविक सुकुमबासी र नक्कली सुकुमबासीको पहिचान गरिरहेका छौं। काठमाडौंमा ३÷४ ठाउँ घर भएका, ठाउँठाउँमा जग्गा रहेको लालपुर्जा भएका व्यक्ति कसरी सुकुमबासी हुन सक्छन् ?’
महानगर स्रोतका अनुसार प्रमुख बालेन साह थापाथलीमा सुकुमबासी बस्ती खाली गराउन प्रतिबद्ध छन्। यस विषयमा उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि कुराकानी गरेका थिए। प्रधानमन्त्री देउवाले पनि प्रमुख साहको यस अभियानमा सकारात्मक रहेको भन्दै सरकार र आफ्नो दलको समर्थन बताएको स्रोतको दाबी छ।
महानगरले शुक्रबार सार्वजनिक सूचना निकाल्दै ‘कसैले सरकारी सार्वजनिक वा सामुदायिक सम्पत्तिमा हानिनोक्सानी गरेमा, क्षति पुर्याएमा वा नष्ट गरेमा सम्बद्ध पक्षलाई कानुनबमोजिम कारबाही गर्न एवं हानिनोक्सानीवापतको क्षतिपूर्तिसमेत कानुनबमोजिम भराइने छ’ भनी चेतावनी दिएको छ। राष्ट्रिय भूमि आयोगले प्रकाशन गरेको सूचनालाई प्रतिवाद गर्न महानगरले यस्तो सूचना निकालेको हो। यसअघि राष्ट्रिय भूमि आयोगले काठमाडौं महानगरपालिकासहित सबै स्थानीय तहलाई कुनै पनि स्थानमा रहेका भूमिहीन, दलित भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीको बस्ती नहटाउन र उनीहरू असुरक्षित हुने गरी कुनै पनि कार्य नगर्न/नगराउन अनुरोध गरेको छ। यसअघि आयोगका पदाधिकारीहरूले थापाथलीबाट सुकुमबासी हटाउन खोजिएको अभियानप्रति आपत्ति जनाउँदै आएका थिए। सुकुमबासीको लगत संकलन र प्रमाणीकरणको काम पूरा नहुँदासम्म सुकुमबासी बस्ती खाली गर्न नहुने आयोगका पदाधिकारीहरूको भनाइ छ।
आयोगले निकालेको सूचनालाई प्रतिवाद गर्दै महानगरले भनेको छ, ‘सरकारी सार्वजनिक तथा सामुदायिक सम्पत्तिको संरक्षण गर्ने दायत्वि यस कार्यालयको रहेकाले कुनै पनि संघ, संगठन, निकाय, समूह, व्यक्ति वा अतिक्रमण गर्ने कार्य निषेध गरिएको व्यहोराको यो सूचना प्रकाशित गरिएको छ।’ गत सोमबार महानगरले थापाथलीमा १ सय ५४ सुकुमबासी परिवारको बस्ती खाली गराउने प्रयास गरेको थियो। त्यस क्रममा महानगर प्रहरी थापाथली पुग्दा स्थानीयले प्रतिकार गरेका थिए। स्थानीयले प्रतिकार गर्ने क्रममा महानगर प्रहरी प्रमुखसमेत घाइते भएका थिए। थप हिंसा हुन नदिन महानगर प्रहरी त्यो दिन थापाथलीबाट पछि हटेको थियो।
थापाथलीबाट सुकुमबासी हटाउन यसअघि पनि पटकपटक प्रयास भएको थियो। बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला २०६९ सालमा यस्तो प्रयास भएको थियो। त्यतिबेला भट्टराई सरकारले इचंगुनारायणमा ३ सय सुुकुमबासीका परिवार राख्न सक्ने गरी भवन बनाएको थियो। त्यसअघि भट्टराई सरकारले थापाथलीका सुकुमबासीलाई चोभारमा राख्न प्रयास गरेको थियो। तर त्यतिबेला चोभारबासीले विरोध जनाए। त्यसपछि काठमाडौंका सुकुमबासीलाई सुन्दरीघाट राख्न प्रयास गरियो, तर उनीहरू सुन्दरीघाटमा जान मानेनन्। त्यसपछि सरकारले इचंगुनाराणमा भवन बनाएको थियो, तर त्यहाँ बनाइएका भवन अलपत्र अवस्थामा छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...