दाङ–सभामुख ओनसरी घर्तीले दलहरुबीच एकता नहुँदा संविधान कार्यान्वयनमा जटिलता आएको बताइकी छिन्। संविधान कार्यान्वयनकालागि संसदमा प्रतिनिधित्व गर्ने दलहरुबीच सहमति आवश्यक भएपनि सहमति कायम हुन नसकेको उनको भनाइ छ।उनले दलीय सहमति अभावमा संविधान जारी भएको ऐतिहासिक उपलब्धी गुम्ने खतरा रहेकोसमेत बताइन्। नेपाल पत्रकार महासंघ दाङले शनिबार गरेको सम्मान कार्यक्रममा बोल्दै सभामुख घर्तीले दलहरुलाई मिलाउन आँफूले समन्वय गरिरहेको र तत्काल उपलब्धी हुने बताइन्।
'दलहरुबीच सहमति कायम नहुँदा संविधान कार्यान्वयनमा ठूलो चुनौती देखिएको छ,' उनले भनिन्, 'दलहरुबीच सहमति कायम गराउनका लागि मैले समन्वय गरिरहेको छु,चाँडै निकास आउने छ।' संविधानप्रति असन्तुष्ट मधेसी दलहरुलाई सहमतिमा ल्याउनु मुख्य कार्यभार रहेको भन्दै उनले असन्तुष्ट पक्षसँगको संवाद परिणाममूखी बन्दै गईरहेको बताइन्। 'एक दुई खुड्किलो गर्दै समस्या सुल्झने क्रममा छ,' उनले भनिन्, 'सहमतिमा संविधान कार्यान्वयन गर्ने मेरो जिम्मेवारी म कुशलतापूर्वक पूरा गर्ने छु।'
संविधान कार्यान्वयनका लागि संसदको आगामी अधिवेशन 'विधेयक पास'मा केन्द्रित रहने भन्दै उनले सरकारले पनि त्यसको तयारी गरिरहेको बताइन्। चालु अधिवेशनले संसदमा पेश भएका थुप्रै विधेयक पारित गर्न नसकेको भन्दै उनले विधेयक पास गर्नका लागि अधिवेशनै चलाउनु पर्ने आवश्यक्ता रहेको बताइन्। 'आगामी अधिवेशनलाई बिधेयक शेसनको रुपमा सन्चान गरिने छ,' उनले भनिन्, 'सरकारबाट पनि त्यसको तयारी भैरहेको छ।'