प्रतिनिधिसभा निर्वाचनः ४० वर्षमुनिका १० र ७० माथिका १४ सांसद
१६ मंसिर २०७९
•
२ मिनेट पाठ
प्रतिनिधिसभा निर्वाचनः ४० वर्षमुनिका १० र ७० माथिका १४ सांसद
प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपान्तरण र युवा पुस्ताको प्रतिनिधित्वको कुरा प्रखररुपमा उठे पनि चुनावी परिणाम भने त्यस्तो देखिएन। पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक सय ६५ निर्वाचन क्षेत्रमध्ये ४० वर्षमुनिका नौ जनामात्र निर्वाचित भएका छन्।




राष्ट्रिय युवा परिषद् ऐन, २०७२ तथा राष्ट्रिय युवा नीति, २०७२ ले १६ देखि ४० वर्षलाई युवा उमेर समूह निर्धारण गरेको छ। नेपालको जनसङ्ख्याको १६ देखि ४० वर्ष उमेर समूहलाई हेर्दा यो कूल जनसङ्ख्याको ४० दशमलव ३५ प्रतिशत रहेको छ।  

त्यस्तै ७० वर्षमाथिका भने १४ जना निर्वाचित भएको निर्वाचन आयोगको तथ्याङ्कमा उल्लेख छ। साथै सबैभन्दा बढी ४० देखि ७० वर्ष उमेर समूहमा एक सय ३८ जना निर्वाचित भएका छन्। यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत प्रतिनिधिसभाको प्रत्यक्षका एक सय ६५ निर्वाचन क्षेत्रमध्ये शुक्रबारसम्म एक सय ६२ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ। 

प्राप्त मतपरिणामअनुसार ४० वर्षमुनिको उमेर समूहबाट नेपाली कांग्रेसका मुस्ताङबाट २९ वर्षका योगेश गौचन थकाली, नेकपा (एमाले) का बारा–२ बाट ४० वर्षीया ज्वालाकुमारी साह र मकवानपुर–२ बाट ४० वर्षीय महेशकुमार बर्तौला तथा नेकपा (माओवादी केन्द्र) का मोरङ–४ बाट ३७ वर्षीय अमनलाल मोदी छन्।  

यस्तै ४० वर्ष उमेर समूह मुनिका राष्ट्रिय प्रजातन्त्र पार्टीका जुम्लाबाट ३० वर्षीय ज्ञानबहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टीका काठमाडौँ–२ बाट २७ वर्षीया सोविता गौतम, ललितपुर–३ बाट ३३ वर्षीया तोसिमा कार्की, चितवन–१ बाट ३९ वर्षीय हरि ढकाल छन्। नागरिक उन्मुक्ति पार्टीका कैलाली–१ बाट ३९ वर्षीया रञ्जिता श्रेष्ठ र कैलाली–२ बाट ३७ वर्षीय अरुनकुमार चौधरी सो उमेर समूहमा रहेका तथ्याङकमा देखिएको छ।

७० वर्ष माथिका सांसद

यसैगरी ७० वर्ष माथिको उमेर समूहमा कांग्रेसका डडेल्धुराबाट प्रधानमन्त्री एवं सभापति ७७ वर्षीय शेरबहादुर देउवा, तनहुँ–१ बाट ७८ वर्षीय रामचन्द्र पौडेल, नुवाकोट–२ बाट ७५ वर्षीय अर्जुननरसिंह केसी, उदयपुर–१ बाट ७३ वर्षीय डा नारायण खड्का, मोरङ–६ बाट ७२ वर्षीय डा शेखर कोइराला हुनुहुन्छ । यस उमेर समूहमा एमालेका झापा–५ बाट ७० वर्षीय केपी शर्मा ओली र कपिलवस्तु–३ बाट ७७ वर्षीय मङ्गलप्रसाद गुप्ता रहनुभएको छ भने नेकपा (माओवादी केन्द्र) का सर्लाही–२ बाट महिन्द्र राय यादव छन्।

जनता समाजवादी पार्टी नेपालका ७३ वर्षीय नवलकिशोर साह सुडी, राष्ट्रिय प्रजातन्त्र पार्टीका रुपन्देही–३ बाट ७१ वर्षीय दीपक बोहरा र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–२ बाट ध्रुवबहादुर प्रधान ७० वर्षभन्दा माथिको उमेर समूहका छन्। त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी नेपालका महोत्तरी–३ बाट ८० वर्षीय महन्थ ठाकुर र रुपन्देही–४ बाट ७२ वर्षीय सर्वेन्द्रनाथ शुक्ला तथा राष्ट्रिय जनमोर्चाका बागलुङ–१ बाट ८० वर्षीय चित्रबहादुर केसी यस उमेर समूहका छन्। 
अर्को समाचार
एमालेको ‘न्यानो’ खोज्दै रास्वपा
१९ चैत्र २०८०
•
३ मिनेट पाठ
एमालेको ‘न्यानो’ खोज्दै रास्वपा
प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रमुख मुद्दा थियो– पुराना दलको विरोध। रास्वपा विधिवत् रूपमा गठन भएलगत्तै सभापति रवि लामिछाने पुराना दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) को कटु आलोचनामा उत्रिएका थिए। उनले ६ जना पूर्वप्रधानमन्त्री कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल तथा नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष बाबुराम भट्टराई) विरुद्ध ‘नो, नट अगेन’ अभियान चलाएका थिए।




यही अभियानले ती पूर्वप्रधानमन्त्रीका  मनमा त्राससमेत सिर्जना ग¥यो। माओवादी केन्द्रका अध्यक्ष दाहाल चितवन छाडेर गोरखा गएर उम्मेदवार बने। नेकपा एसका अध्यक्ष नेपाल काठमाडौं छाडेर पुरानो क्षेत्र रौतहटमै सीमित भए। नेसपाका अध्यक्ष भट्टराई चुनाव नै लडेनन्। निर्वाचनका क्रममा रास्वपाले पुराना दल र नेताकै कारण देशले प्रगति गर्न नसकेको, भ्रष्टाचार निम्तिएको, सुशासन कायम हुन नसकेको मुद्दा उठाएर असन्तुष्ट जमात आफूतिर तान्यो। काठमाडौं, चितवनलगायत सहरी क्षेत्रबाट प्रतिनिधिसभामा २० सिट जितेर रास्वपा चौथो ठुलो दल बन्यो।

निर्वाचनमा पुराना दल र पूर्वप्रधानमन्त्रीहरूको आलोचना गर्दै जनमत बटुलेका रास्वपा सभापति लामिछाने चुनाव सकिएको महिना दिन नबित्दै पुस १० मा आफैंले ‘नो, नट अगेन’ भनेका एमाले अध्यक्ष ओली निवास बालकोट पुगे।

पछिल्लो पटक प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ मंसिरमा भएको थियो। लामिछाने बालकोट पुग्नुको उद्देश्य आफैंले ‘नो, नट अगेन’ भनेका अर्का पात्र माओवादी केन्द्रका अध्यक्ष दाहाललाई प्रधानमन्त्री बनाउनु थियो। लामिछाने त्यसअघि तत्कालीन प्रधानमन्त्री कांग्रेस सभापति देउवालाई भेट्न बालुवाटार पनि पुगेका थिए। देउवाले उनलाई खासै महत्त्व नदिएको स्रोत बताउँछ। एमाले अध्यक्ष ओलीले निमन्त्रणा गरेपछि लामिछाने त्यो दिन बालकोट पुगेका थिए।

बालकोटमा त्यस दिन भएको बैठकले दाहाललाई प्रधानमन्त्री बनायो। रास्वपा सभापति लामिछाने उपप्रधान एवं गृहमन्त्री बने। उनलाई गृहमन्त्री बनाउन एमाले अध्यक्ष ओलीको जोडबल रह्यो।

दाहालले भने उनलाई गृहमन्त्रालय दिन चाहेका थिएनन्। सत्ताको पहिलो यात्रा तय गर्दा आफूलाई सघाएको एमालेप्रति त्यसयता रास्वपा अनुग्रहित देखिएको छ। त्यसैले अन्य दलप्रति आक्रामक देखिने रास्वपा एमालेसँग नरम देखिँदै आएको छ।

गृहमन्त्रीका रूपमा लामिछानेको पहिलो ३२ दिने सत्तायात्रामा पनि ओलीले सहयोग गरेका थिए। नागरिकता विवादमा २०७९ माघ १३ मा सर्वोच्च अदालतको फैसलापछि सांसद पदबाट मुक्त भएका लामिछाने तीन दिन (१५ माघ) मै नागरिकता पुनः प्राप्ति गरे।

नागरिक पुनः लिएलगत्तै उनी फेरि गृहमन्त्रीको भूमिकामा फिर्ता हुन चाहेका थिए। उनको उक्त चाहनामा ओलीले साथ दिएका थिए। प्रधानमन्त्री दाहालले सांसद पद खुस्किएका लामिछानेलाई पुनः गृह मन्त्रालयमा फर्काउन चाहेनन्। उनलाई गृहमन्त्रालयमा पुनः भित्र्याउन दाहाल तयार नभएपछि लामिछानेले २२ माघमा रास्वपाका सबै मन्त्रीलाई सरकारबाट फिर्ता बोलाएका थिए।

माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनमा एमाले उम्मेदवारलाई समर्थन गरेन। त्यसपछि एमालेले प्रधानमन्त्री दाहाललाई दिएको समर्थन १५ फागुनमा फिर्ता लियो। एमाले र रास्वपा दुवै विपक्षी कित्तामा पुगे। विपक्षी कित्तामा रहँदा रास्वपाले प्रत्यक्ष–अप्रत्यक्ष एमालेका गतिविधिमा साथ दियो। विपक्षी कित्तामा पुगेपछि एमालेले सत्तामा उलटफेर ल्याउन प्रयास गरिरहेको थिए। जसमा रास्वपा पनि सम्मिलित थियो। यसको खुलासा स्वयं रास्वपा उपसभापति स्वर्णिम वाग्लेले केही दिनअघि एउटा कार्यक्रममार्फत गरेका थिए।

प्रधानमन्त्री दाहालले एक वर्षपछि गत माघ २१ गते सत्ता गठबन्धनबाट कांग्रेसलाई हटाएर एमालेसँग काँध मिलाएपछि रास्वपा पुनः सोही गठबन्धनमा समाहित भएको छ। प्रधानमन्त्री दाहालसँग २० गते राति छलफल गर्दा एमाले अध्यक्ष ओलीले रास्वपा सभापति लामिछानेलाई पनि सहभागी गराएका थिए। त्यही छलफलपछि नयाँ सत्ता गठबन्धन बन्यो, जसमा रास्वपा पनि छ।

लामिछानेले एकवर्षअघि गुमाएको उपप्रधान एवं गृहमन्त्री पद पुन पाएका छन्। लामिछानेलाई गृह मन्त्रालय दिन एमाले अध्यक्ष ओली नरम बने। यसले पनि रास्वपाको एमालेसँगको निकटता अझै प्रष्ट गरेको छ। 
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ५० सेकेन्ड अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock २९ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस