नेपालगन्ज-नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले नयाँ राजनीतिक स्थिरताको लागि संविधान संशोधन गर्नु पर्ने बताएका छन्। 'संविधान संशोधन गरेपछि मात्र राजनीतिक स्थिरता कायम हुन्छ अनि देशले आर्थिक समृद्धी र विकासको गति लिन्छ,' पुर्वप्रधानमन्त्री भट्टराईले भने।नेपालगन्जमा मंगलबार सर्वपक्षीय अन्तरक्रियालाई सम्वोधन गर्दै उनले संविधान घोषणा भएपनि संघीयताका मुद्दा मिलाउन बाँकी रहेको बताए।
मुलुकले कोल्टे फेरेसँगै नयाँ युगमा प्रवेश गरेको दाबी गर्र्दै भट्टराईले भने, 'संविधान बनाइसकेपछि अब मुलुकलाई समृद्ध बनाउनुपर्ने आवश्यता छ, त्यसैका लागि नयाँ शक्तिको निर्माण भएको हो ।' एकीकृत नेकपा माओबादी परित्याग गरेका भट्टराईले मुलुकलाई समृद्ध बनाउने, अल्पकालिन गरिवी हटाउने र रोजगारी सिर्जना गर्ने आफुहरुको मुख्य लक्ष्य रहेको जिकिर गरे । 'हामीसँग प्राकृतिक स्रोत र साधन प्रशस्त छन,' उनले भने 'तिनको उपयोग गरेर हामी ३०/३५ वर्षमा विश्वकै धनी देश बनाउन सक्छौं ।'
नयाँ शक्ति ऐतिहासिक आवश्यकता भएको दाबी गर्दै भट्टराईले थपे, 'मुलुकमा अर्को माओवादी जन्माउन खोजेको कतै आशंका गर्नु भएको छ, भने भ्रम अन्त्य गर्नुस्, नयाँ शक्ति माओवादी जस्तो पार्टी हुन सक्दैन, तमाम विचार बोकेका व्यक्ति यसमा हुनुहुन्छ ।' नयाँ काम गर्नेलाई जसले पनि सुरुमा उपेक्षा गर्ने भन्दै आफुले यसलाई स्वभाविक रुपमा लिएको बताए ।
मुलुकमा नकारात्मक राजनीतिक संस्कारको विकास भएकोमा चिन्ता व्यक्त गर्दै उनले आफुहरुले नकारात्मक राजनीति नगर्ने प्रतिवद्धता जनाए । माओवादी पार्टीलाई आफुले धेरै पटक रुपान्तरण गर्न खोजेपनि सम्भव नभएपछि पार्टी त्याग्नुपर्ने अवस्था आएको भट्टराईले खुलाए ।
उनले थपे, 'हामीले भ्रष्टाचारको अभियोग लाग्ने वित्तिकै कुनैपनि सदस्यलाई तत्काल निलम्वन गर्ने र आरोप प्रमाणित भइसकेपछि संगठनबाटै निस्कासित गर्ने निर्देशिका बनाएका छौं ।' जिल्ला विकास समितिको सभा हलमा उपस्थित सहभागिलाई नयाँ शक्तिका देवेन्द्र पौडेल, केशव दाहाल, मुमाराम खनाल, पासाङ शेर्पा, सुरेन्द्र चौधरी, यमुना भुसाल, मुक्ति प्रधान लगायतले सम्बोधन गरेका थिए । 'नयाँ शक्तिको ऐतिहासिक आवश्यकता' विषयक मंगलबार नेपालगन्ज र कोहलपुरमा छुट्टा–छुट्टै कार्यक्रम गरिएको केन्द्रिय परिषद सदस्य वेदप्रसाद आचार्यले जानकारी दिए ।