राजविराज- तराई–मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले सत्तारुढ दलको एकात्मक सोच र प्रधानमन्त्री केपी शर्मा ओलीको व्यक्तिगत हठका कारण मधेसको समस्या समाधान हुन नसकेको बताएका छन्।
तमलोपाको केन्द्रीय समिति बैठकमा सहभागी हुन आएका ठाकुरले आइतबार नागरिकसँग कुराकानी गर्दै यस्तो बताएका हुन्। प्रधानमन्त्रीलगायत सत्तारुढ दलका नेताले आममधेसी समुदाय तथा विदेशी कूटनीतिज्ञमाझ भ्रम छर्न मात्रै वार्ताकै माध्यमबाट मधेस समस्या समाधान गर्न तयार रहेको बताउने गरेको उनले बताए।
'संविधान जारी रहेका बेला आफूहरूले उठाएका मागबारे सरकारको रवैया जस्ताको त्यस्तै छ,' उनले भने, 'आन्दोलन हाम्रो रहर होइन, रहरले आन्दोलनको चेतावनी दिएका होइनौं, सरकारको रवैयाले पुनः आन्दोलन निम्त्याएको छ।' सरकार र सत्तारुढ दलकै कारण मुलुक झन् भयावह बाटोमा फस्न लागेको उनले बताए।
'त्यत्रो लामो सडक संघर्ष र बलिदानपपछि पनि सरकारको रवैयामा खासै परिवर्तन देखिन नसक्नु निकै दूर्भाग्यपूर्ण हो,' ठाकुरले भने, 'आन्दोलनका बेला राज्यले गरेको दमन तथा त्यसपछि हाम्रो मागप्रति राज्यको बेवास्ताले आहत भएका छौं, न त हाम्रो शरीरकै घाउ भर्न सकिएको छ, न त मनकै।'
अबको आन्दोलनको स्वरुप कस्तो हुने भन्ने जिज्ञासामा बोल्दै ठाकुरले भने, 'हामी शान्तिपूर्ण तरिकाले लोकतान्त्रिक परिपाटीमा विश्वास राख्ने मान्छे हौं, हाम्रो आन्दोलनको स्वरुप पनि त्यस्तै हुन्छ।' राज्यसँग बन्दुक, सेना, पुलिस रहेको बताउँदै उनले राज्यको दमनका बाबजुद पनि आफूहरूले शान्तिपूर्ण असहयोग आन्दोलनको बाटो रोज्ने निश्चित रहेको बताए।
नेपालबारे भारत र युरोपियन युनियनको संयुक्त वक्तव्यको समेत उनले स्वागत गरेका छन्। ब्रसेल्समा सम्पन्न भारत–इयु शिखर सम्मेलनपछि जारी गरिएको संयुक्त वक्तव्यमा नेपालको चर्चा गरिएको भन्दै नेपाल सरकारले गरेको विरोधप्रति उनले आपत्ति जनाए। ठाकुरले आइतबारै आन्दोलनक्रममा मारिएका तथा घाइते भएका परिवारसँग समेत भेटघाट गरेका छन्।
इन्धन र ग्यासको सहज आपूर्ति भइरहेको अवस्थामा पनि जनताले सहज ढंगबाट प्राप्त गर्न नसक्नु, संगठित कालोबजारीलाई सरकारी संरक्षणमा बढावा दिइएको तमलोपाले ठहर गरेको छ। कृत्रिम अभाव, कालोबजारीमा व्यस्त सरकारको यस कार्यलाई कुकृत्यको संज्ञा दिँदै बैठकले निन्दा एवं भर्त्सना गरेको छ।