गत स्थानीय तहको चुनावको तुलनामा मधेस प्रदेशमा नेकपा एमालेको प्रतिनिधि सभा सदस्यमा मत घटेको देखिएको छ। स्थानीय तहको चुनावभन्दा प्रतिनिधि सभा सदस्य पदको चुनावमा एमालेले मधेस प्रदेशमा करिब ६ प्रतिशतले कम भोट पाएको देखिएको हो।
मधेस प्रदेशमा गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको चुनावमा नेकपा एमालेले ४,९८,०५७ मत प्राप्त गरेको थियो भने प्रतिनिधि सभा निर्वाचनमा ३,५१,७६८ मत पाएको तथ्यांकले देखाएको छ।
स्थानीय तहको चुनावमा मधेस प्रदेशमा खसेको सदर मतको तुलनामा प्रतिनिधि सभा सदस्यको चुनावमा खसेको सदर मतको तुलना गर्दा एमालेले पाएको मतमा करिब ६ प्रतिशत कम भएको देखिएको हो।
नेकपा एमालेले मत प्रतिशतमा स्थानीय तहको तुलनामा कम पाएको देखिए पनि प्रतिनिधि सभामा मधेस प्रदेशबाट बलियो पकड बनाउन सफल भएको छ।