रेशम चौधरीलाई छुटाउन अध्यादेश
२६ मंसिर २०७९
•
४ मिनेट पाठ
रेशम चौधरीलाई छुटाउन अध्यादेश
एक बालक र नेपाल प्रहरीका एसएसपीसहित ७ सुरक्षाकर्मीको ज्यान गएको कैलाली टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीलगायतलाई आम माफी दिन मिल्नेगरी सरकारले अध्यादेश ल्याएको छ। नयाँ सरकार गठनका लागि गृहकार्य भइरहेका बेला प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले चौधरीलगायतलाई आम माफी दिन अध्यादेश ल्याएको हो।  




मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ११६ मा उपदफा ९ थपेर ‘राजनीतिक विद्रोहीहरू’ लाई आम माफी दिने प्रावधानसहित अध्यादेश ल्याइएको छ। दफा ११६ मा अदालतमा विचाराधीन मुद्दा फिर्ता लिन नहुने उल्लेख भए पनि त्यसलाई संशोधन गर्दै आगामी दिनमा नजिरसमेत नबस्नेगरी अध्यादेश ल्याएको एक मन्त्रीले जानकारी दिए। यो अध्यादेश जारी भएपछि पाँच वर्षदेखि जेलमा रहेका नागरिक उन्मुक्ति पार्टीका सल्लाहकार चौधरीलगायतको मुद्दा फिर्ता लिन सरकारलाई बाटो खुल्नेछ।

‘राजनीतिक आन्दोलनका कारण विभिन्न मुद्दा खेपिरहेका व्यक्तिहरूलाई माफी दिन पछि नजिर नबस्ने गरी फौजदारी संहिता कार्यविधि परिमार्जन गर्न अध्यादेश ल्याउने निर्णय भएको हो’, ती मन्त्रीले भने। यो वा त्यो भनेर नतोकी राजनीतिक प्रकृतिको मुद्दा खेपिरहेका सबै पक्षलाई माफी दिन मिल्नेगरी अध्यादेश ल्याउने निर्णय भएको ती मन्त्रीले बताए।

स्रोतका अनुसार अध्यादेश ल्याउने निर्णय गर्नुअघि सरकारका प्रतिनिधिले नागरिक उन्मुक्ति पार्टीका पदाधिकारीसँग कुराकानी गरेका थिए। त्यस अवसरमा सत्तारुढ दलका नेताहरूले नयाँ सरकार निर्माण सम्बन्धमा उक्त पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठलगायतसँग छलफल गरेका हुन्। संघ र लुम्बिनी प्रदेशमा सरकार गठनमा सहयोग गर्न नागरिक उन्मुक्ति पार्टीका पदाधिकारीसँग सत्तारुढ दलका नेताहरूले आग्रह गरेको स्रोतको दाबी छ। नागरिक उन्मुक्ति पार्टीका पदाधिकारीले चौधरीलाई जेलमुक्त गरिए नयाँ सरकार निर्माणमा सहयोग गर्न सकिने बताएका थिए। ‘अध्यादेश ल्याउने निर्णय हुनुअघि हामीले सरकार पक्षसँग कुराकानी गरेका थियौं। हामीसँग भएको सल्लाह अनुसार नै सरकारले अध्यादेश ल्याउने निर्णय गरेको हो’, अध्यक्ष श्रेष्ठले भनिन्।

सरकारको यस निर्णयबाट मधेसकेन्द्रित केही दल, जनमत पार्टी, विप्लव नेतृत्वको नेकपालगायत पार्टीमा आबद्ध जेलमा रहेका नेताकार्यकर्ता पनि रिहा हुनेछन्। मधेसकेन्द्रित दलहरूले मधेस आन्दोलनका क्रममा लगाइएका झुटा मुद्दा खारेज गर्न र थुनामा राखिएकालाई रिहा गर्न सरकारसँग माग गर्दै आएका थिए। सरकारले अध्यादेश जारी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ।

२०७२ भदौ २७ मा कैलालीको टीकापुरमा थरुहट आन्दोलनका क्रममा एक बालक र नेपाल प्रहरीका एसएसपीसहित ७ सुरक्षाकर्मीको ज्यान गएको थियो। घटनाका मुख्य अभियुक्त भन्दै पक्राउ पुर्जी जारी गरिएपछि चौधरी फरार भएका थिए। उनी त्यतिबेला थरुहट आन्दोलन क्षेत्र नम्बर १ का संयोजक थिए।

२०७४ सालमा चौधरीले कैलाली १ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिनिधिमार्फत उम्मेदवारी दिएका थिए। त्यसबेला उनी तत्कालीन राष्ट्रिय जनता पार्टीबाट निर्वाचित भए। उनलाई २०७५ पुस १९ मा पुर्पक्ष थुनामा रहेका बेला सांसदको पद तथा गोपनीयताको शपथ गराइएको थियो। ज्यान मुद्दामा थुनामा रहेका व्यक्तिलाई सांसदको पद तथा गोपनीयताको शपथ गराइएपछि कानुन व्यवसायीले केपी ओली नेतृत्वको तत्कालीन सरकारले कानुनको बर्खिलाप गरेको भन्दै आलोचना गरेका थिए। ओली सरकारको अनुमतिमा चौधरीलाई सांसद पदको शपथ गराइएको भन्दै आलोचना भएको थियो। जिल्ला र उच्च अदालतबाट जन्मकैद सजाय ठहर भैसकेका चौधरी हाल काठमाडौं डिल्लीबजारस्थित सदर जेलमा छन्। अदालतको फैसलाअनुसार चौधरी २०९४ साल फागुन १३ गतेसम्म थुनामा बस्नुपर्छ।

चौधरीले यसपटक पनि वारेसमार्फत बर्दिया २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका थिए। उजुरी परेपछि निर्वाचन आयोगले चौधरीको उम्मेदवारी रद्द गरेको थियो। उक्त क्षेत्रबाट स्वतन्त्रबाट उम्मेदवारी दिएका चौधरीका बुवा लालवीर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। चौधरी पत्नी एवं नागरिक उन्मुक्ति पार्टी अध्यक्ष श्रेष्ठ पनि कैलालीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन्। उनको नेतृत्वमा चुनावमा गएको नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभा चुनावमा प्रत्यक्षतर्फ ३ सिट जितेको छ। बर्दिया २ बाट निर्वाचित लालवीरलाई नागरिक उन्मुक्ति पार्टीले समर्थन गरेको थियो। लालवीरसमेत प्रतिनिधिसभामा नागरिक उन्मुक्ति पार्टीका चार सांसद रहनेछन्।

नागरिक उन्मुक्ति पार्टीले अध्यादेश ल्याउने सरकारको निर्णय सकारात्मक भएको जनाएको छ। पार्टी अध्यक्ष श्रेष्ठले अध्यादेश ल्याउने निर्णय सकारात्मक भएको बताउँदै नयाँ सरकार निर्माणमा पार्टीले वर्तमान सत्ता गठबन्धनलाई सहयोग गर्नसक्ने संकेत गरिन्। ‘हाम्रो माग उहाँ (रेशम चौधरी) रिहा हुनुपर्छ भन्ने नै हो। त्यसका लागि सरकारले प्रक्रिया अघि बढाएको छ’, श्रेष्ठले भनिन्।

अधिकारको दुरुपयोग

भीमार्जुन आचार्य कानुनविद्
पहिलो कुरा, संसद्ले बनाएको कानुनलाई अध्यादेशले संशोधन गर्न मिल्दैन। दोस्रो कुरा, अध्यादेश भनेको कार्यपालिकाले ल्याउने कमजोर कानुन हो। राष्ट्रको आवश्यकता हेरेर तत्काल केही गर्नुपर्‍यो भने छोटो समयका लागि अध्यादेश ल्याउने गरिन्छ।

कैदमा बसेका व्यक्तिलाई छुटाउन अध्यादेश ल्याउनु भनेको शक्ति र अधिकारको दुरूपयोग हो। कानुनी सिद्धान्त र संवैधानिक सिद्धान्त अनुसार यस्तो गर्न मिल्दैन।
अर्को समाचार
अध्यादेश प्रमाणिकरणको माग गर्दै माईतीघरमा धर्ना (फोटोफिचर)
०१ पौष २०७९
•
१ मिनेट पाठ
अध्यादेश प्रमाणिकरणको माग गर्दै माईतीघरमा धर्ना (फोटोफिचर)
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock २० मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस