समृद्ध मधेस प्रदेशः चुनौती र सम्भावना
२९ मंसिर २०७९
•
७ मिनेट पाठ
समृद्ध मधेस प्रदेशः चुनौती र सम्भावना
आम निर्वाचन ०७९ को परिणामले मुलुकको राजनीतिमा पराकम्पन ल्याइदियो। मधेसको राजनीतिमा भने नयाँ शक्तिको उदयले तरंग ल्याइदिएको छ। यस परिवर्तनले मधेसको समृद्धिमा चुनौतीसँग सम्भावनाका ढोका पनि खोलिदिएको छ।  




मधेस सरकारको नेतृत्वकर्ता दल जसपालाई पाखा लगाइदिने गरी आएको परिवर्तनमा समृद्ध मधेसको सपना नै मुख्य कारक मान्छन्, यहाँका बुद्धिजिबीहरु। समृद्धिका लागि चाहिने तत्वहरु पूरा गरेर मधेसलाई समृद्ध प्रदेश बनाउने सपना बाँडेर जनमत पार्टीका अध्यक्ष सिके राउत मधेसको राजनीतिमा उदय भएका छन्। र, २०७४ को चनावमा ३८ सिट जितेको जसपा १६ सिटमा खुम्चिन पुगेको छ। जसपा अहिले तेस्रो दलमा झरेको छ। नेकपा एमाले यस प्रदेशमा २३ सिटसहित ठूलो दल बनेको छ। २२ सिटसहित कांग्रेस दोस्रो र १३ सिटसहित जनमत पार्टी मधेस प्रदेश सरकार गठनमा निर्णायक शक्ति बनेको छ। लोसपा ९ सिट, माओवादी ८ सिट, एकिकृत समाजवादी ७ सिट, स्वतन्त्र ६ सिट, राप्रपा, नागरिक उन्मुक्ति र नेपाल संघीय समाजवादी पार्टीले एक एक सिट प्राप्त गरेका छन्।

मधेस प्रदेशसभाको ठूलो दल एमाले वा दोस्रो ठूलो दल कांग्रेसमध्ये जसले सरकार बनाएपनि जनमत पार्टी निर्णायक देखिएको छ। मधेस प्रदेश सरकारमा जनमतको सहभागीतालाई मधेसले चासोका साथ हेरिरहेको छ। कारण, चुनावमा जनमत पार्टीका अध्यक्ष सिके राउतले मधेसका जनतामाझ बाँडेको आश्वासनको पुलिन्दा। यी आश्वासन पूरा हुने दिनगिन्ती उनको सत्तारोहणसँगै सुरु हुनेछ। र, सुरु हुनेछ सिके राउतको आश्वासनको पहाड उक्लिने चुनौती।

अभाव, पीडित, पीँधका जनतामाझ सिकेले गरिबका नेताका रुपमा आफूलाई परिचित गराएका छन्। यसकै भरोसामा आमजनले उनलाई खुलेर मत खन्याए। र, मधेस प्रदेशमा निर्णायक शक्तिको रुपमा स्थापित गरायो। ‘चुनाव जित्न गरेकोे वाचासँगै जसपा नेतृत्वको सरकारले ठड्याइदिएको नीतिगत र भौतिक विकासलाई उछिन्ने थप चुनौतीकासाथ सिकेको सत्ता यात्रालाई मधेसले गम्भीरतापूर्वक हेर्नेछन्’, राजनीतिज्ञ खुशीलाल मण्डलले भने।

निर्वाचनअघि नै सीकेले भ्रष्टाचार नियन्त्रण, किसानको सदाबहार मल र जलको पिरलो दूर गर्ने अभिव्यक्ति मधेसीजनको दिमागमा ताजै छ। मधेसका उखु किसानको समस्या समाधान सिकेका लागि अर्को चुनौती हो।  

राउतको चुनावी घोषणा पत्रमा आफूहरु विजयी भएपछि हरेक घरमा एक रोजगारी, किसानका समस्या समाधान, भ्रष्टाचारमुक्त देश र प्रदेश बनाउने, शिक्षालाई निःशुल्क गुणस्तरीय बनाउने, सर्वसुलभ र निःशुल्क स्वास्थ्य सेवा, जनताको शासन, स्वरोजगार, प्रत्यक्ष लोकतन्त्रका लागि, राईट टू रिकल र राईट टू रिजेक्टका लागि, मुलुकको आर्थिक बृद्धिदर १० प्रतिशत पुर्‍याउने, मुलुकमा आर्थिक क्रान्ति र आमूल परिवर्तन, न्यूनतम बिजुली र पानी बिल फ्रि गर्न, १० करोड वृक्षारोपण गर्न, डिजिटल सरकार बनाउन, महिला सुरक्षा र सशक्तिकरण गर्न तथा वैज्ञानिक र दिगो पूर्वाधार विकासका प्रतिवद्धता बाँडेका थिए। उनले आफ्नो पाँच वर्षको कार्यकालमा सप्तरीलाई पूर्ण साक्षर जिल्ला बनाउने पनि वाचा पनि गरेका थिए।  

राउतको नारा र वाचा मधेसका जनता लोभ्याउन लोकप्रिय भएपनि  पूरा गराउन निकै चुनौती रहेको राजनीतिज्ञ मण्डल बताउँछन्। ‘यस निर्वाचनमा राउतलाई यस क्षेत्रका मतदाताको प्रतिक्रियात्मक मत पोखिएको हो’, मण्डल भन्छन्, ‘यो मतले राउतलाई जसरी चमात्कारिक उचाइमा पुर्यायो बाचा पूरा नहुँदा मतदाता त्यसैगरी प्रतिक्रिया जनाउने छन्।’

राउतका लागि अर्को चुनौती हो– जसपा नेतृत्वको मधेस सरकारले सप्तरीमा लागु गरेका योजनाहरु। जसमध्ये अधिकांश निर्माणधीन छन्। राजविराजमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाका लागि सिलान्यास भएपनि सुुरुवात हुन नसकेको निर्माण कार्यलाई सुरुवात गराउनु पनि उनका लागि चुनौती हुनेछ। यस्तै राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको स्तरोन्नती, नर्सिङ, इन्जिनियरिंग तथा प्राविधिक कलेजको निर्माणाधिन संरचना पूरा गराउने कार्यपनि उनका लागि चुनौती थप्नेछ। यस्तै ठूला योजनाहरुमा तत्कालिन मधेस प्रदेश सरकारले सप्तरीमा सञ्चालन गरेको कृषि विश्वविधालयको लागि पनि राजविराज नगरपालिकाले जग्गा प्रदान गरिसकेको छ। यस जग्गामा विश्वविधालयको भवन खडा गर्नु पनि उनका लागि चुनौती हुनेछ।  

यसबाहेक वर्षेनी बाढीको समस्यासँग जुध्दै आएका सप्तरीबासीको साझा पिरलो खाँडो नदी ब्यवस्थापन पनि राउतका लागि अर्को चुनौती देखिएको छ। हुन त आगामी पाँच वर्षभित्र नदी व्यवस्थापन गर्न भारत सरकारको सहयोगमा सिचाइँ विभागले डिपिआर स्वीकृत गराइसकेको छ। तर, उक्त काम चाँडो भन्दा चाँडो कसरी पूरा गराउने विषय पनि पेचिलो छ।

अहिलेको निर्वाचन नतिजाले जनप्रतिनिधि परिवर्तनसँगै यी योजनाहरुको काम अब कसरी पूरा हुने विषय राउतको काँधमा सरेको छ।

मधेस प्रदेश स्रोत र साधनका दृष्टिले निकै धनी भएपनि अपेक्षित विकास हुन नसक्दा गरिब प्रदेशको रुपमा दर्ज छ। यस प्रदेशमा मानवस्रोत, प्राकृतिक स्रोत, पर्यटकीय सम्भावना, कृषि, धार्मिक पर्यटनजस्ता थुप्रै सम्भावना छन्। त्यसैले यो प्रदेश साधन र स्रोतका हिसाबले धनी छ।

यहाँबाट सबैभन्दा बढी युवा वैदेशिक रोजगारी रहेकाले सबैभन्दा बढी रेमिट्यान्स मधेस प्रदेशमै भित्रिन्छ। अन्न उत्पादनको उर्वरभूमि यसै प्रदेशमा छ। माछापोखरी र आँपको बगैंचाले यस प्रदेशको स्रोतलाई झन् सुनौलो बनाएको छ।

समृद्धिको सम्भावना

क्षेत्रफलका हिसाबले सातवटा प्रदेशमध्ये सबैभन्दा सानो मधेस प्रदेशको क्षेत्रफल ९,६६,१०० हेक्टर छ। जुन नेपालको कुल भूभागको ६.५६ प्रतिशत हो। २०७८ को जनगणनाअनुसार यस प्रदेशको जनसंख्या ६१,२६,२८८ छ। यो जनसंख्या देशको कूल जनसंख्याको करिब २१ प्रतिशत हुन आउँछ। जनघनत्वका हिसाबले यो प्रदेश पहिलो स्थानमा रहेको छ। मानव विकास सूचकांकका हिसाबले यो प्रदेश अन्य प्रदेशहरूको तुलनामा कमजोर अवस्थामा पर्छ।  

मधेस प्रदेशमा ६ लाख १३ हजार हेक्टर कृषियोग्य जमिन छ। व्यावसायिक कृषिको अथाह सम्भावना हुँदाहुँदै पनि आजसम्म निर्वाहमुखी कृषि उत्पादनमा जोडबल छ। यहाँका अधिकांश युवा विदेश पलायन भएर वैदेशिक रोजगारमार्फत घरव्यवहार चलाउन बाध्य छन्। उपलब्ध खोला र भूमिगत पानीको स्रोतलाई अधिकतम सिचाइँमा प्रयोग गर्ने व्यवस्था नहुँदा तथा कृषिमा ऋण प्रवाह गर्ने प्राविधिक ज्ञानको सहज पहुँज कृषकसम्म नहुँदा भारतको पंजाबझैँ अन्नको भण्डार बन्ने क्षमता भएर पनि मधेस प्रदेश कृषि प्रणालीमा पछि परेको छ।  

कृषिलाई समृद्धिको आधार भनेपनि जसपा नेतृत्वको मधेस प्रदेश सरकारले पहिलो पाँच वर्षको कार्यकालमा कृषिको व्यवसायीकरण तथा विविधीकरण गर्न सकेनन्। कृषिमा नवीनतम प्रविधि तथा ज्ञानको सहयोग लिएर कृषि पेसालाई निर्वाहमुखीबाट बजारमुखी तथा निर्यातमुखी बनाउन सकिन्छ। तर यसतर्फ प्रदेश सरकारले नतिजामूखि कार्य गरेको देखिदैन।

हुन त मधेस सरकारले कृषिलाई प्रदेश समृद्धिको पहिलो आधार मानेर पाँच वर्षे कार्यकाल बितायो। मधेस सरकारले मुख्यमन्त्री किसान उत्थान आयोजना, दूध मिसन कार्यक्रम, नवप्रवर्तन रोजगार कृषि÷उद्यमशीलता तथा प्रवद्र्धन, खेतखेतमा सिँचाइ, हातहातमा कामल जस्ता लोकप्रिय योजना तथा कार्यक्रम ल्यायो।

प्रदेशको उत्पादकत्व बढाएर मधेसमा उत्पादित धान, गहुँ, दलहन, तेहलन उत्पादन विभिन्न प्रदेशमा निर्यात गर्ने योजना बनायो। मधेस प्रदेशको पहिलो आवधिक योजनामा कृषि क्षेत्रको आर्थिक वृद्धिदर केवल ४.३ प्रतिशत थियो । प्रदेश सरकारले आर्थिक वर्ष ०८०/८१ सम्ममा त्यसलाई बढाएर ७.९ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ । आर्थिक वर्ष ०७५/७६ मा कृषि क्षेत्रको उत्पादन मूल्य १७७.८ अर्ब थियो, ०८०/८१ सम्ममा २२१.२७ अर्ब पुर्‍याउने लक्ष्य छ । मधेस प्रदेशको दोस्रो कार्यकालका लागि आउने सरकारका लागि यो लक्ष्य पूरा गराउने चुनौती हुनेछ।

०७५/७६ मा यस प्रदेशको प्रतिव्यक्ति खाद्यान्न उत्पादन १६१.९ प्रतिकिलो थियो । प्रदेश सरकारले ०८०/८१ सम्ममा त्यसलाई बढाएर २०६.६३ प्रतिकिलो पुर्‍याउने लक्ष्य लिएको छ। अहिले ४३.२ प्रतिशत कृषियोग्य जमिनमा मात्र दिगो र भरपर्दो सिँचाइ सुविधा छ। ०८०/८१ सम्ममा त्यसलाई ७५.५ प्रतिशतमा पुर्‍याउने योजना छ। मधेस प्रदेशमा प्रतिवर्ष ३५ हजार ५०९ मेट्रिकटन खाद्यान्न उत्पादन हुँदै आएको छ । प्रदेश सरकारले त्यसलाई ६६ हजार मेट्रिकटन पुर्‍याउने लक्ष्य लिएको छ । सात हजार १५१ हेक्टर जलाशय क्षेत्रलाई नौ हजार २०० पुर्‍याउने प्रदेश सरकारको लक्ष्य छ । जसलाई अब आउने सरकारले पूरा गर्ने चुनौती हुनेछ।  

मधेस प्रदेशलाई नेपालको गरिब प्रदेशमध्ये नभई तरकारी, धान र गहुँ, दलहन र तेलहन उत्पादनको भण्डारका रूपमा चिनाउन प्रदेश सरकार परिणाममुखी कार्ययोजनालाई इमान्दारका साथ अघि बढाउन सके समृद्ध मधेसको नारा पूरा हुन बेर लाग्दैन।

स्रोतले समृद्ध यो प्रदेश संघीय सरकारको अनुदानमा निर्भर छ। आन्तरिक आम्दानीको दायरा बढाउन नसक्दा यो परदेश परनिर्भर हुन बाध्य छ। आर्थिक वर्ष २०७८/७९ का लागि मधेस प्रदेश सरकारले ल्याएको ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार रुपैयाँको बजेटमा  संघीय सरकारबाट १३ अर्ब ९० करोड ३४ लाख अनुदान प्राप्त भएको छ। यसलाई परिणाममूखि ढंगले उपयोग गर्न सके मधेस प्रदेश समृद्धिको बाटोतर्फ बढ्ने पक्का छ।
अर्को समाचार
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
१ मिनेट अघि
•
१ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।




गत असोज ८ देखि ११ गतेसम्मको वर्षापछि आएको बाढीपहिरो र नदी कटानले निसीखोला, गलकोटलगायत क्षेत्रमा पुर्‍याएको क्षतिको अवस्था बुझ्न शनिबार बागलुङ पुगेका मन्त्री श्रेष्ठले प्रभावित क्षेत्रको संरक्षण र पुनःनिर्माणका लागि आवश्यक बजेट उपलब्ध गराउन पहल गर्ने बताए।

बागलुङमा आयोजित सरोकारवालासँगको अन्तरक्रियामा उनले बाढीपहिरोका कारण ऊर्जा क्षेत्रमा ठूलो क्षति पुगेको र जिल्लामा विद्युत् आपूर्ति अनियमित भएको गुनासो आएको उल्लेख गर्दै वितरण प्रणाली व्यवस्थित गर्न समन्वय भइरहेको जानकारी दिए।

विद्युत् प्रयोग बढेसँगै दुर्घटनाको जोखिम पनि बढेकाले विद्युतजन्य दुर्घटना न्यूनीकरण गर्न विद्यालयस्तरदेखि नै सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने श्रेष्ठले बताए।

नाङ्गा तार विस्थापन, विद्युत् तार भूमिगत गर्ने र जनचेतनामूलक कार्यक्रमलाई सरकारले प्राथमिकता दिएको उल्लेख गर्दै उनले विद्युत् सुरक्षाका लागि आम नागरिक पनि सचेत हुनुपर्ने धारणा राखे।

अन्तरक्रियामा स्थानीयवासीले विद्युत् अनियमितता, नाङ्गा तार व्यवस्थापन, सिँचाइ तथा खानेपानी आयोजनामा भएको ढिलाइ र उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना निर्माणमा ध्यान दिन आग्रह गरेका थिए।

मन्त्री श्रेष्ठले सोमबार पश्चिम बागलुङका प्रभावित क्षेत्रको अवलोकन गर्ने कार्यक्रम रहेको छ।
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
यो पनि पढौँ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस