मेयर हर्कराज राई (साम्पाङ)सँगको विवादले लगातार ३ पटक कार्यपालिका बैठक बस्न नसकेपछि धरानका वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले संयुक्तरुपमा पत्रकार सम्मेलन गरेका छन्।
धरान उपमहानगरपालिका परिसरमा वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले बिहिबार दिउँसो संयुक्त पत्रकार सम्मेलन गर्दै मेयर साम्पाङनिरंकुश, स्वेच्छाचारी र अराजक बन्दै गएको आरोप लगाएका छन्। उनीहरुले नगर प्रमुख साम्पाङको कार्यशैली परिवर्तन गरेर म नभै हामी भन्ने भावना अनुरुप धरानको विकास गर्न एकतावद्धरुपमा अघि बढ्ने वातावरण सृर्जना गर्न पनि माग गरेका छन्।
त्यसअघि, बिहान ८ बजे कार्यपालिका बैठक बोलाइएको थियो। उक्त बैठकमा ४ जना मात्र कार्यपालिका सदस्यहरु आएर मेयरले विगतमा कार्यपालिका सदस्यलाई बाहिर जानु भनेर दिएको अभिव्यक्ति फिर्ता लिने वा माफी नमागेसम्म बैठक नहुने बताएका थिए। यो विवादले कार्यपालिका बैठक लगातार ३ पटक स्थगित भइसकेको छ।
वडा नं १७ का अध्यक्ष एवं नगर कार्यपालिका प्रवक्ता सुर्य भट्टराई (मनोज)ले नगर प्रमुखले आत्मालोचना गरेर बैठक सुचारु गर्न माग गर्दा पनि आत्मालोचना नगर्ने भनेर स्वेच्छाचारी प्रवृत्ति देखाएकोले स्थगित भएको बताए। नेतृत्वको हैसियतामा पनि मेयर साम्पाङले वैठक सुचारु गर्न सहजीकरण गर्न पहल नगरेको र अराजक प्रवृत्ति देखाएकोले बैठक हुन नसकेको पनि भट्टराईले बताए। ‘नगर प्रमुखको कार्यशैली, व्यवहारर उहाँले प्रयोग गर्ने तुच्छ शब्दहरुको कारण समग्र मुलुकभरि नै धरानबासीहरुले लज्जित महशुस हुनुपरेको छ,’भट्टराईले भने,‘यस्तो प्रवृत्तिप्रति हामी खेद प्रकट गर्न चाहन्छौं, र नगर प्रमुखलाई कार्यशैली परिवर्तन गरि म होइन, हामी भन्ने भावना अनुरुप धरानको विकास गर्न एकतावद्धरुपमा अघि बढ्ने वातावरण सृर्जना गर्न पनि माग गर्दछौं।’
मेयर साम्पाङले कार्यपालिका बैठक सुचारु गर्न सहजीकरण नगरि तोक आदेशको भरमा नगर सञ्चालन गर्छु भन्ने गैरजिम्मेवारीपुर्ण अभिव्यक्ति दिएको पनि वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले बताएका छन्। साथै, मेयर साम्पाङले गैरसंवैधानिक र गैरकानुनीरुपमा तोकआदेशकै आधारमा काम गरिरहेको पनि उनीहरुले दाबी गरेका छन्। वडाअध्यक्षहरुले विभिन्न विकास निर्माणको लागि आवश्यक उपभोक्ता समिति गठनमा मेयर साम्पाङले रोक लगाएको जिकिर गरेका छन्। यस्तै, औद्योगिक ग्राम निर्माणको प्रक्रिया अघि बढाउने कार्यपालिकाबाट निर्णय भए पनि विना निर्णय साबुन उद्योगको निर्माण कार्य शुरु गरेको पनि प्रवक्ता भट्टराईले बताए।
यस्तै, विपी पार्कको नाम परिवर्तन गरि विना निर्णय आफ्नो फोटो राखेर श्रम सँस्कृति पार्क नामकरण गरेको, सामाजिक सञ्जाल (फेसबुक)मा तुच्छ शब्दहरु प्रयोग गरि गाली गलौज गर्दै प्रस्तुत भएको, जातीय सद्भाव खलबलिने गरि चमारे भन्ने शब्द प्रयोग गरि दलित समुदायको आत्मासम्मानमा चोट पुर्याएको, सेवाग्राहीहरुलाई हप्कीदप्की गर्नुका साथै राष्ट्र सेवक कर्मचारीहरुलाई अपमानित गर्ने गरेको पनि वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले दाबी गरेका छन्। ‘जनताहरुले आफ्ना गुनासा तथा कामहरु लिएर आउदा हप्कीदप्की गर्दै प्रहरी बोलाएर धरपकड गर्ने र मुद्दा हाल्ने काम भएको छ,’भट्टराईले भने,‘यसरी गैरकानुनीरुपमा भए गरेको कार्यहरु धरान उपमहानगरपालिका नगर कार्यपाकिला जवाफदेही हुदैन। साथै सहमति र सहकार्यको आधारमा उपमहानगरपालिका सञ्चालन होस् भन्ने म्याण्डेटलाई आत्मसात गरी नगरपालिका सञ्चालनको वातावरण बनाउन नगर प्रमुखलाई आग्रह पनि गछौं।’
गत असोज १३ गतेको बैठकमा कार्यपालिका सदस्य अनुप देवानले बोल्दै गर्दा मेयर साम्पाङले रोक्दै बस्न आग्रह गरेका थिए। तर, देवानले आफु नबस्ने र आफ्नो कुरा राख्न पाउने भन्दै अडान लिएपछि मेयर साम्पाङले नबस्ने भए बाहिर जानु भनेका थिए। उनको यही अभिव्यक्तिले त्यसयता ३ पटक बोलाइएको बैठक बस्न सकेको छैन। वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले माफी माग्नुपर्ने माग गरिरहेका छन् भने मेयर साम्पाङ माफी नमाग्ने अडानमा छन्। स्वतन्त्रबाट निवार्चित मेय साम्पाङ र राजनीतिक दलहरुबाट निवार्चित वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुबीचको द्धन्दले कार्यपालिका बैठक बस्न सकेको छैन। बैठक नहुदा महत्वपुर्ण निर्णयहरु रोकिएको छ भने उपमहानगरपालिका अनिर्णयको बन्दी बनेको छ।
दुवै पक्षको हठले प्रत्येक महिना कम्तीमा एउटा बैठक बस्नुपर्ने भएपनि प्रभावित भइरहेको छ। मेयर साम्पाङले भने आफुले काम, कर्तव्य भित्र रहेर अघि बढीरहेको दाबी गर्दै माफी माग्ने गरि केही नबोलेको जिकिर गरेका छन्। ‘मैले माफी माग्नुपर्ने गरि केही गल्ती गरे भन्ने लाग्दैन,’मेयर साम्पाङले भने,‘नगर प्रमुखले माफी मागेरै मात्र बैठक अगाडि बढ्छ भन्ने अडान हो भने म माफी माग्दिन, प्रष्ट छुँ।’
उपमेयर अइन्द्रबिक्रम बेघाले पुरानै कुरा लिएर कार्यपालिका सदस्य र मेयरबीचको द्धन्द रहिरहेमा धरान अनिर्णयको बन्दी हुने भन्दै चिन्ता व्यक्त गरे। उनले समन्वयात्मक ढंगले एकअर्कामा संवाद गरेर निकास निकाल्न पनि आग्रह गरे। ‘मेयर र वडाअध्यक्षहरुले मेरो गोरुको बाह्रे टक्का हुनुहुदैन । जनताको मुद्दा ओझेलमा पर्नुहुदैन। मेयर र वडाअध्यक्षहरुले पुर्नविचार गर्नुपर्छ । व्यक्तिगत इगो साधेर हुदैन,’उनले भने। कार्यपालिका बैठक नबस्दा शिक्षकहरुको तलब, स्वास्थ्यकर्मीहरुको तलब, करार कर्मचारीहरुको दैनिक भत्ता रोकिएको छ भने प्रत्येक महिना एक पटक बस्नुपर्ने बैठक नबस्दा मुल्यांकनको अंक पनि घटिरहेको उपमेयर बेघाले बताए। ‘छनौट गरिएको योजनाहरु कार्यान्वयन नभई टेवलमा थन्किएको छ। यसले समग्रमा नगर अनिर्णयको बन्दी बनेको छ, यसरी हुदैन। दुवै पक्ष मिलेर जानुपर्छ,’उनले भने।