वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुलाई मेयर साम्पाङको जवाफ–नैतिकताको आधारमा राजिनामा दिनुस्
०१ पौष २०७९
•
३ मिनेट पाठ
वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुलाई मेयर साम्पाङको जवाफ–नैतिकताको आधारमा राजिनामा दिनुस्
कार्यकक्षमा पत्रकार सम्मेलन गर्दै मेयर हर्कराज राई (साम्पाङ) । तस्बिर/ रोहित राई
मेयर हर्कराज राई (साम्पाङ) ले कार्यपालिका बैठक निरन्तर बहिष्कार गरेका वडाअध्क्ष तथा कार्यपालिका सदस्यहरुलाई नैतिकताको आधारमा राजिनामा दिएर मार्ग प्रशस्त गरिदिन आग्रह गरेका छन्।




कार्यपालिका सदस्यहरुले निरंकुश र अराजक बनेको आरोप लगाएपछि मेयर साम्पाङले पनि शुक्रबार कार्यकक्षमा पत्रकार सम्मेलन गर्दै यस्तो आग्रह गरेका हुन्। उनले कार्यपालिका सदस्यहरुले कानुन विपरीत बैठकमा भाग नलिएर कर्तव्य पुरा नगरेको साथै अनुशासनहिनता र लापरवाही गरेको कारण सच्चिन आवश्यक भएको पनि बताए। ‘सबै कार्यपालिका सदस्यहरु तुरुन्त सच्चिन आवश्यक देखिन्छ, अन्यथा नैतिकताको आधारमा राजिनामा दिएर मार्ग प्रशस्त बनाई धरानको विकासको लागि बाटो प्रशस्त गरिदिन अपरिहार्य रहेको जानकारी गराउँदछुँ,’मेयरले भने,‘हाम्रा काम कारबाहीको मुल्यांकन गर्न पनि धराने जनतालाई अनुरोध गर्दछुँ।’

मेयर साम्पाङले आफुले कुनै पनि गल्ती नगरेको कारण माफी नमाग्ने अडान पुनः दोहोर्याए। महिनामा कम्तीमा एक पटक कार्यपालिका बैठक बस्नुपर्ने नियमलाई उल्लंघन गर्दै कार्यपालिका सदस्यहरुले बैठक बहिष्कार गरेर धराने जनताको आदेश अनुरुप आचरण नगरेको र विधिको शासन पनि नमानेको भन्दै मेयर साम्पाङले खेदसमेत प्रकट गरे।  

‘विगत २५ बर्षदेखि बिर्सिएको अवस्थामा रहेको पार्कलाई सबै जातजातिको मौलिक पहिचान झल्कने गरि बहुसाँस्कृतिक पार्ककोरुपमा पुर्ननिर्माण गर्ने प्रस्ताव गर्दा नियोजित तरिकाले खण्डन गर्न लगाउने, जातीय संघसंस्थाहरुसँगको छलफलमा समेत फरक मत राख्न लगाउनु खेदजनक छ,’मेयर साम्पाङले भने,‘उक्त प्रस्तावबारे आफ्नो विचार राख्दा कार्यपालिका सदस्यले मर्यादा मिचेर अभद्र शैलीमा अनुशासनहिनता देखाउदा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को धारा १६ उपधारा ४ को खण्ड क को ६ ले नगर प्रमुखलाई दिएको अधिकार प्रयोग गरि रोक्न खोज्दा कार्यपालिका विधिको धज्जी उडाएर होहल्ला गरिनु गैरकानुनी, आपत्तिजनक र खेदजनक घटना हो।’

मेयर साम्पाङले आफु बैठक बस्नको लागि निरन्तर आह्वान गरेपनि कार्यपालिका सदस्यहरुले बहिष्कार गरिरहेको भन्दै जनमतको अनादार भइरहेको पनि बताए। उनले आफु बैठक बस्ने पक्षमा नै रहेको र फेरि ३ दिनमा बैठक आह्वान गर्ने उनले बताए। ‘म त बैठक बसाउने पक्षमा नै छुँ। बैठक बोलाएकै छुँ, उहाँहरु नै बहिष्कार गर्नुहुन्छ। अझै ३ दिनमा फेरि बैठक बोलाउछुँ,’मेयर साम्पाङले भने। दलित समुदायलाई अपमान हुने गरि सामाजिक सञ्जाल (फेसबुक) मा चमारे बुद्धि लेखेको प्रशंगमा पनि मेयर साम्पाङले कुनै समुदायलाई लक्षित गरेर आफुले नलेखेको जिकिर गरे।

मेयर साम्पाङ र कार्यपालिका सदस्यहरुबीचको विवादले लगातार ३ पटक कार्यपालिका बैठक बस्न सकेको छैन। मेयर साम्पाङले कार्यपालिका सदस्य अनुप देवानले बोल्दै गर्दा रोकेको र गैरजिम्मेवारपुर्वक बाहिर जानु भनेर अपमान गरेको भन्दै माफी माग्नुपर्ने माग गर्दै कार्यपालिका सदस्य तथा वडाअध्यक्षहरुले बैठक बहिष्कार गर्दै आएका छन्। मेयर साम्पाङले भने आफुले गल्ती नगरेकोले माफी नमाग्ने अडान लिदै आएका छन्। स्वतन्त्रबाट निवार्चित मेय साम्पाङ र राजनीतिक दलहरुबाट निवार्चित वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुबीचको द्धन्दले कार्यपालिका बैठक बस्न सकेको छैन।बैठक नहुदा महत्वपुर्ण निर्णयहरु रोकिएको छ भने उपमहानगरपालिका अनिर्णयको बन्दी बनेको छ।  
अर्को समाचार
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
२९ मिनेट अघि
•
१ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
सुनसरी। गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।




अनुगमनका क्रममा उनले प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीको सुरक्षा, उपचार सेवाको सहजता तथा हुन सक्ने बिचौलियाको प्रभावबारे चासो राखे।

त्यस अवसरमा गृहमन्त्री गुरुङले बिरामीको हित र  स्वास्थ्य सेवा तथा सुरक्षालाई उच्च प्राथमिकता दिई कार्यसम्पादन गर्न निर्देशन दिए।

बिचौलियाले बिरामीलाई अन्यत्र लैजाने तथा अनावश्यक रूपमा एम्बुलेन्स प्रवेश गराउने जस्ता गतिविधि नियन्त्रण गर्न उनले निर्देशन दिए।

त्यस अवसरमा उपकुलपति प्राडा स्मृति कार्की र निर्देशक इन्द्रकुमार बिचौलियालगायत प्रतिष्ठानका पदाधिकारीले अस्पतालबाट प्रवाह भइरहेको स्वास्थ्य सेवा, गर्न लागिएको प्रयास र अन्य भावि योजनाबारे जानकारी गराएका थिए।

त्यस क्रममा गृहमन्त्री गुरुङले प्रतिष्ठानमा एमआरआई सेवा सञ्चालनबारे जानकारी लिए। उक्त सेवासम्बन्धी प्रक्रियामा कुनै समस्या भए जानकारी गराउन पनि निर्देशन दिए।

यसैबीच, गृहमन्त्री गुरुङले धरान उपमहानगरपालिका–१८ स्थित नेपाल बौद्ध गुम्बाको समेत अवलोकन गरे। उनी आजै  इटहरीस्थित तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्को १५औँ राष्ट्रिय पार्षद् सभामा सहभागी हुने कार्यक्रम छ।
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
यो पनि पढौँ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस