नेपाल पत्रकार महासंघ सुनसरी शाखाको १३ औं साधारणसभाले सदस्यता शुद्दीकरण अभियान थाल्ने प्रस्ताव पारित गरेको छ।
पत्रकारिता पेशलाई मर्यादित र व्यवसायिक बनाउनका निम्ति शुद्दीकरण अभियान थाल्ने प्रस्ताव पारित गरेको हो। महासंघ जिल्ला कार्यसमितिले केन्द्रीय कार्यसमितिको सकुर्लर अनुसार सवैको राय र सुझाव लिएर एक महिनाभित्र ठोस योजना ल्याएर शुद्दीकरण अभियान अघि बढाउने प्रस्ताव पारित गरेको हो। नेपाल पत्रकार महासंघ सुनसरी शाखामा २६२ जना सदस्य रहेका छन्।
महासंघ जिल्ला शाखा सचिव ध्रुव ढकालले पेस गरेको साङ्गठनिक र कोषाध्यक्ष अजित झाले पेस गरेको आर्थिक प्रतिवेदन पनि पारित गरियो। सो कार्यक्रममा नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले पत्रकारिता क्षेत्रलाई मर्यादित, व्यवसायिक र जवाफदेही बनाउन पत्रकार समय अनुसार परिस्कृत र परिमार्जित हुनुपर्नेमा जोड दिए।
सोही क्रममा बराहक्षेत्र नगरपालिकाले स्थापना गरेको दस हजार रुपैयाँ राशीको पुरस्कार पत्रकार बाबुराम कार्कीलाई प्रदान गरियो। पत्रकार सुभद्रा प्याकुरेल र बाबुराम सुवेदीले निधन भएका आफ्ना छोराको स्मृतिमा स्थापना गरेको नगद ११ हजार रुपैयाँसहितको रेमन्त सुवेदी स्मृति पत्रकारिता पुरस्कार–२०७९ सीमा बस्नेतलाई प्रदान गरियो।
यस्तै, २०७४ माघ २ गते निधन भएका अग्रज पत्रकार डम्बरबहादुर थापाको स्मृतिमा १५ हजार रुपैयाँसहित पत्रकारिता पुरस्कार–२०७९ शशी कोइरालालाई प्रदान गरियो। यसैगरी, २०७६ पुस १७ गते निधन भएका नेपाल पत्रकार महासङ्घ सुनसरीका पूर्व सभापति ९२०५३–०५५० तथा प्रेस स्वतन्त्र सेनानी याम प्रधानको स्मृतिमा नेपाल पत्रकार महासङ्घ सुनसरी शाखाले स्थापना गरेको नगद १५ हजार रुपैयाँसहित पत्रकारिता पुरस्कार–२०७९ पत्रकार खिलाराज विश्वकर्मालाई प्रदान गरियो। पत्रकार शालिग्राम पाण्डे र मेनका पाण्डेले स्थापना गरेको ११ हजार राशीको चन्द्र–लक्ष्मी स्मृति पत्रकारिता पुरस्कार गिरीराज आचार्यलाई प्रदान गरियो।
सो क्रममा प्रदेश नंं. १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले कलमको खबरदारीभन्दा बन्दुकको खबरदारी बलियो हुने बताए। मन्त्री कार्कीले पत्रकारले खबरदारी, बफादारी र इमान्दारी देखाउन जरुरी रहेको बताए। ’हामीले लेख्ने कलमको टुप्पोले नै समाज र राजनीति सहि बाटोमा लाग्छ,’ उनले भने, ‘नेतालाई भ्रष्ट बनाउने की सदाचार बनाउने पत्रकारकै हातमा रहेको छ।’
मन्त्री कार्कीले ठुलालाई चाकडी र सानालाई दमन गर्ने परम्परा अझैसम्म पनि हाबी भएकाले त्यसलाई त्याग्न जरुरी रहेको बताए। ’तपाई (पत्रकारको) क्यामेराले राम्रो बाटो कोर्न पनि सक्छ, ध्वस्त पार्न पनि सक्छ,’ उनले भने, ‘तपाईं कस्तो पत्रकारिता कस्तो गर्दै हुनुहुनुहुन्छ त्यसमा भर पर्दछ।’
फरक प्रसंग मन्त्री कार्कीले प्रदेश नं। १ मा पनि गठबन्धनकै सरकार बन्ने बताए। उनले अब बन्ने सरकारले जनभावना अनुसार काम गरी प्रदेश र संघीयताको भावनालाई मुर्त रुप दिने बताए।